विराटनगर । प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १६३ को उपधारा २ अनुसार झालाई प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन्।
यसअघि प्रदेश २ को प्रदेश प्रमुख रहेका तिलक परियारलाई हटाएर झालाई नियुक्त गरिएको हो।