Wednesday, April 14, 2021
- बिज्ञापन -
गृह मुख्य समाचारप्रधानमन्त्रीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालकाे उद्घाटन, एक वर्षमा २७ सयको उपचार

प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालकाे उद्घाटन, एक वर्षमा २७ सयको उपचार

झापा । ६ अर्ब रुपैयाँको लगानीमा एक वर्ष अघिबाट सञ्चालनमा आएको पूर्वाञ्चल क्यान्सर अस्पतालको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ ।

निजी लगानीमा बिर्तामोडका व्यवसायी दुर्गा प्रसाईंले बिर्तामोड नगरपालिका–५ मा सञ्चालनमा ल्याउनुभएको ३ सय शय्याको अस्पताल प्रधानमन्त्री ओलीले उद्घाटन गर्नु भएको हो ।

अस्पताल उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अब नेपालमा क्यान्सरको विश्वस्तरीय उपचार सम्भव हुने बताउनुभयो । उहाँले विदेशी नागरिकलाई समेत स्वास्थ्य उपचारका लागि नेपालमा आउन आग्रह गर्नुभयो । नेपालमा सबैखाले उपचार सस्तो र राम्रो हुने बताउँदै उहाँले जस्तोसुकै स्वास्थ्य सेवा पनि अब नेपालमा पाइने दावी गर्नुभयो ।

अस्पतालबाट एक वर्षको अवधिमा करिब दुई हजार सात सय बिरामीले सेवा लिएका छन् । जसमध्ये करीब एक हजार तीन सय झापाकै बासिन्दा रहेको बताइएको छ ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु

error: Alert: Content is protected !!