Wednesday, April 21, 2021
- बिज्ञापन -
गृह मुख्य समाचारएन प्याव्सन मेचीनगरको प्रथम बार्षिक साधारण सभा सम्पन्न

एन प्याव्सन मेचीनगरको प्रथम बार्षिक साधारण सभा सम्पन्न

काँकरभिट्टा, ६ चैत |  राष्ट्रिय निजी तथा आवसीय विद्यालय एशोसिएशन नेपाल (एन प्याव्सन) मेचीनगरको प्रथम बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । मेचीनगरस्थित होटल मेची क्राउनमा सम्पन्न साधारण सभाको प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन समारोहमा बोल्दैं नगर प्रमुख आचार्यले राष्ट्रिय निजी तथा आवसीय विद्यालय एशोसिएशन नेपाल (एनप्याव्सन) ले नगरको शिक्षा क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गदैं स्थानीय सरकार नगरभित्रका निजी, सामुदायिक तथा धार्मिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार्न लाग्ने प्रतिवद्घता व्यक्त गर्नुभयो । उहाँले अहिले विद्यालयले अभिभावक र विद्यार्थीलाई आर्कषणका लागि यातायातको व्यवस्था गरे पनि त्यसको व्यवस्थित रुपमा सञ्चालन नभएकोले यसको सञ्चालनमा ध्यान दिन विद्यालय सञ्चालकहरुलाई सुझाव दिनुभयो ।
विशिष्ट अतिथि मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेतीले निजीक्षेत्रले व्यवस्थितरुपमा विद्यालय सञ्चालन गर्न र सवै खाले शिक्षा प्रणाली लागु गर्न  सञ्चालकलाई आग्रह गर्नुभयो । राष्ट्रिय निजी तथा आवसीय विद्यालय एशोसिएशन नेपाल (एन प्याव्सन) मेचीनगर समिति अध्यक्ष भगिरथ राईको सभापतित्वमा भएको उद्घाटन सत्रमा सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन  प्रस्तुत गदैं अध्यक्ष राईले संगठनको प्राण भनेको नै यसको गतिशीलता भएकाले संगठनलाई गतिशील बनाउन सम्पुर्ण सदस्य विद्यालयहरूको भूमिका अपरिहार्य हुने कुरालाई नकार्न नसकिने बताउनुभयो ।

प्रशंसा र आलोचना दुवै संगठनका दुई पाङ्ग्राहरु भएकाले वाञ्छनीय प्रशंसा संगठन विकासको एक पाटो हो भने रचनात्मक आलोचना पनि विकासको अर्को पाटो हो भन्ने हामीले बुझ्न जरुरी रहेको उहाँले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । एनप्याब्सन संस्थागत शिक्षाक्षेत्रमा लागेका विद्यालयहरुको छाता सङ्गठन भएकाले संगठन समाजका निम्ति प्रेरणाको स्रोत बन्न सकोस् भन्ने कामना समेत अध्यक्ष राईले कामना गर्नुभयो । शैक्षिक सत्र २०७६ को चैत्र महिनाको ६ गतेबाट कोभिड १९ को कारण देशैभरीको शैक्षिक संस्था लामो समय सम्म ठप्प भई केही महिना अघिबाट सुचारुभएको भन्दैं उहाँले यो कोभिडको कहरले थोरै धेरै सबैलाई असर पारेको धारणा राख्नुभयो ।

हाल १६ वटा सदस्य विद्यालय रहेको यस संगठनले संगठन  विस्तारका लागि पहल गरिरहेको र छिट्टै उपलब्धि हासिल हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । एनप्याब्सन मेचीनगर अन्र्तगत सञ्चालित विद्यालयहरुले प्रदान गरेको विद्यार्थी संख्यालाई आधार मान्दा शैक्षिक सत्र २०७६ मा ६ हजार १ सय ५ जना विद्यार्थीहरु सदस्य विद्यालयहरु मार्फत् आफ्नो उज्वल भविष्य निमार्णकालागि अध्ययनरत रहेको प्रतिवेदनमा उल्लेख छ । सदस्य विद्यालयहरुले प्रत्यक्ष रुपमा ५ सय ९८ जना शिक्षक शिक्षिका १ सय १० जना विद्यालय कर्मचारी गरी कुल ७ सय ८ जनालाई रोजगारी प्रदान गरी रहेको र  राज्यलाई प्रत्यक्ष रुपमा लाखौं रुपैया कर तिरीरहेको बताईएको छ ।
उद्घाटन सत्रमा मेचीनगर शिक्षा शाखाका नगर शिक्षा अधिकारी होमनाथ भण्डारी, राष्ट्रिय निजी तथा आवसीय विद्यालय एशोसिएशन नेपाल (एन प्याव्सन)  झापाका अध्यक्ष खिवराज भट्टराई, शिक्षक महासंघका अध्यक्ष केशवप्रसाद पौडेल, एन प्याव्सन झापाका सल्लाहकार संयोजक सञ्जिव राई, प्याव्सनका मेचीनगर अध्यक्ष डम्वर रुचाललगायतले बोल्नुभएको थियो ।

राष्ट्रिय निजी तथा आवसीय विद्यालय एशोसिएशन नेपाल (एनप्याव्सन) मेचीनगर सचिव कविन्द्र श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा सहभागी सवैलाई सदस्य नवराज सुवेदीले स्वागत गर्नुभएको थियो ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु