Wednesday, April 14, 2021
- बिज्ञापन -
गृह मुख्य समाचारएकमहिने सिलाई कटाई तालिम समापन

एकमहिने सिलाई कटाई तालिम समापन

काँकरभिट्टा,  १४ चैत |  मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले हरेक मानिसभित्र रहेको सीपलाई व्यवहारमा उतार्न सके आत्मनिर्भर र स्वरोजागरको अवस्था सिर्जना हुने बताउनुएको छ ।

शनिबार झापाको मेचीनगरमा रोटरी क्लब अफ काँकरभिट्टाले मेचीनगर वडानम्बर ६ को आर्थिक सहयोगमा आयोजना गरेको एकमहिने सिलाई कटाई तालिमको समापन समारोहको प्रमुख अतिथिको आसनबाट बोल्दैं नगर प्रमुख आचार्यले उक्त कुरा बताउनुभएको हो ।

उहाँले हातमा सीप भए कोहि पनि मानिस बेरोजगार बस्नु नपर्ने र कसैको भर नपर्नुपर्ने भन्दैं तालिममा सिकेको सीपलाई व्यवहारमा उतारेर सहभागीहरुलाई आत्मनिर्भर र स्वरोजगार बन्न आग्रह गर्नुभयो । समापन समारोहमा प्राप्त गरेको प्रमाणपत्रलाई राख्नै मात्रै गरियो भने समयको मात्र बर्बाद हुने भएकाले उहाँले यहाँ सीकेको सीपलाई अब हरेक महिलाहरुले व्यवहारमा उतार्न सुझाव दिनुभयो ।

विशिष्ट अतिथि वडानम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङले यस्ता सीपमुलक कामका लागि वडा जहिले पनि  हातेमालो गर्न तयार रहेको बताउनुभयो । रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्ष कृष्णकान्त खनियाँको अध्यक्षतामा भएको समापन समारोहमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुनिलसिहं दाहाल, प्रशिक्षक यञ्जना घिमिरे, विशिष्ट अतिथि डिष्ट्रीक गर्भनर इलेक्ट सन्तोश रिजाललगायतले बोल्नुभएको थियो । प्रशिक्षार्थीहरुकोतर्फबाट रोश्नी तामाङले आफ्नो अनुभव सुनाउनुभयो । कार्यक्रमको सञ्चालन आयोजक संस्थाका सचिव उदयकुमार श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा नगर सदस्य देविप्रसाद सुवेदी, लक्ष्मी थिङलगायतको उपस्थिती रहेको थियो ।

काँकरभिट्टास्थित सामुदायिक भवनमा  भएको तालिममा वडानम्बर ६ का १० जना सहभागी थिए । उनीहरुलाई दैनिक ४ घण्टा  सिलाई कटाई सम्बन्धि तालिम प्रदान गरिएको कार्यक्रम संयोजक तथा सञ्चालक सुजन प्रधानले बताउनुभयो । महिलालाई विभिन्न सीप सिकाएर स्वरोजगार र आत्मनिर्भर बनाउने उद्घेश्यले रोटरीले एकमहिने सिलाई कटाई तालिम मेचीनगरको काँकरभिट्टामा आयोजना गरेको थियो ।

 

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु

error: Alert: Content is protected !!