Wednesday, April 21, 2021
- बिज्ञापन -
गृह कोरोना अपडेटघर फर्कनेको लर्काे सँगै काँकरभिट्टा नाकामा कडाई

घर फर्कनेको लर्काे सँगै काँकरभिट्टा नाकामा कडाई

दैनिक एक हजार देखि १५ सय जना यो नाकाबाट भित्रिइरहेको प्रहरीको भनाई

मेचीनगर, १९ चैत | छिमेकी मुलुक भारतका विभिन्न मुख्य शहरहरुमा नोवल कोरोना भाइरस कोभिड १९ सक्रमणको दर बढ्न थालेपछि भारतसँग सीमा जोडिएका नेपालतर्फका नाकाबाट हुने आवत जावतमा कडाइ गर्न थालिएको छ ।
केहि दिनयतादेखि भारतको पश्चिम बंगालस्थित रानीगञ्ज पानीट्याँकीसँग सीमा जोडिएको नेपाल प्रवेशको पुर्वीद्वार काँकरभिट्टामा समेत कडाइ गर्न थालिएकोे छ । स्थानीय प्रशासनका अनुसार छिमेकी मुलुक भारतका विभिन्न मुख्य शहरहरुमा नोवल कोरोना भाइरस कोभिड १९ सक्रमणको दर बढ्न थालेपछि कामको खोजीमा गएका नेपालीहरु केही दिनयता यो नाका भएर घर फर्कने थालेका छन् ।

संक्रमण देखिएका ठाउँबाट नेपालीहरु स्वदेश फर्कन्छन कि भनेर  आवतजावतमा कडाई गरिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक सुनिलसिहं दाहालले बताउनुभयो । खुला सिमानाका कारण त्यहाँबाट मानिसको आवतजावत हुनसक्ने प्रहरीको भनाई छ । अहिले भारतका विभिन्न ठाउँबाट आउने वा नेपालका विभिन्न ठाउँबाट भारततर्फ जाने सवैको अभिलेख राख्नुका साथै आफ्नो परिचय खुल्ने परिचय पत्र अनिवार्य गरिएको छ ।

मेचीनगर नगरपालिकाको कोभिड १९ रोगथाम नियन्त्रण व्यवस्थापन समितिले नगरपालिकाले यसअघि सीमानाकामा सञ्चालनमा ल्याएको हेल्पडेक्सलाई थप प्रभावकारीरुपमा सञ्चालन गरेको छ । कोभिड १९  सक्रमणको सम्भावनालाई मध्यनजर गदैं पहिले सञ्चालनमा आएका क्वरेन्टाइन र आइसोलेसन केन्द्रलाई तयारी अवस्थामा राख्ने, स्वास्थ्य केन्द्रबाट प्रवाह हुने सेवालाई अझ प्रभावकारी बनाउनेलगायतका निर्णय छ ।

अहिले भारतबाट नेपालतर्फ आउनेहरुको थर्मल गनबाट तापक्रम मापन गर्न थालिएको छ । यसका लागि सीमानाकामा मेचीनगर नगरपालिकाको र सशस्त्र प्रहरीको सहायता कक्षमा स्वस्थ्य परीक्षण गरिने व्यवस्था मिलाईएको छ । भारततर्फ जानेहरुको समेत तापक्रम मापन गर्ने व्यवस्था मिलाईएको छ । पछिल्लो ७२ घण्टाको पीसीआर रिपोर्ट अनिवार्य गरेको छ । नेपाली सेनाले मेची पुलमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको छ । सीमा नाकाबाट हुने आवतजावत र चेकजाँचलाई थप व्यवस्थित गर्न होल्डिङ सेन्टर सञ्चालन गरेको हो । नेपाली नागरिकहरुलाई अत्यावश्यक काम बाहेक भारत प्रवेशमा रोक छ । त्यस कामको लागि समेत प्रक्रिया पुरा गरेरमात्र जाने पाइन्छ ।  घरायसी सामाग्री खरिदका लागि भारतीय बजार जानेहरुलाई भने कडाइ गरिएको छ । मास्क, सेनिटाइजर, सामाजिक दूरी लगायत स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड कडाईका साथ लागू गरिएको छ ।

भारतको पश्चिम बंगालस्थित रानीगञ्ज पानीट्याँकीसँग सीमा जोडिएको नेपाल प्रवेशको पुर्वीद्वार काँकरभिट्टा नाका खुला सिमानाकै कारण कोभिड १९ संक्रमणको जोखिममा रहेको छ । भारतका मुख्यःशहरमा कोभिड १९ बढ्न थालेपछि फेरि काम बन्द र लकडाउन हुने आशंकामा नेपाल घर फर्कने नेपालीको संख्या दैनिक बढ्दो छ । सीमामा खटिएका सुरक्षाकर्मीका अनुसार छिमेकी मुलुक भारतका विभिन्न मुख्य शहरहरुमा नोवल कोरोना भाइरस कोभिड १९ सक्रमण तीब्र बनिरहेका बेला केहि दिनयता नाकामा घर फर्कने क्रम बढेको छ ।

स—शस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट काँकरभिट्टाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रेम राईका अनुसार दिनहुँ ६ देखि ८ सयजना यो नाकाबाट भित्रिइरहेका छन् । घर फर्कनेको संख्या बढिरहेकै बेला कामको खोजीमा भारततर्फ जाने क्रम पनि चलिरहेको उहाँको भनाई छ । नेपाल प्रहरीका अनुसार आइतबार १ हजार ६ सय २६ जना यो नाका भएर बाहिरिएका थिए भने ९ सय ५३ जना नेपाल प्रवेश गरेका थिए । सोमबार १ हजार १ सय १४ जना भारततर्फ लागे भने १ हजार ८३ जना नेपाल प्रवेश गरको तथ्याङ्क प्रहरीसँग छ । मंगलबार २ हजार ३ सय ९३ जना भारत गएका छन् । १ हजार ६८ जना नेपाल प्रवेश गरेको इलाका प्रहरी कार्यालय काँकरभिट्टासँग तथ्याङ्क सँग छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक राकेश थापाका अनुसार बुधबार १ हजार ६ सय ८० नेपालतर्फबाट भारत गएका थिए भने १ हजार ९ सय ७५ जना नेपाल प्रवेश गरेका छन् ।

पुनः दोस्रो चरणको कोरोना संक्रमण बढ्दै गए पछि तथा मानिसहरुको भीडभाड र आवगमन बढेंपछि नोवल कोरोना भाइरस कोभिड १९ सम्बन्धि सचेतनामुलक र्याली मेचीनगरमा  विहीबार सम्पन्न गरिएको  छ । कोभिड १९ संक्रमण फैलिने भन्दैं नगरको प्रमुख व्यपारिक केन्द्रविन्दु काँकरभिट्टामा सचेतनामुलक र्याली र मास्क वितरण कार्यक्रम सम्पन्न गरिएको हो ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु