काँकडभिट्टा, २१ चैत | काँकडभिट्टा खानेपानी उपभाेक्ता तथा सरसफाई संस्थाकाे नयाँ नेतृत्वका लागि आज भईरहेकाे निर्वाचनमा एकहजार बढी मत खसेकाे छ ।
काँकडभिट्टा माध्यमिक विद्यालय मतदान स्थलमा विहान ८ बजेदेखि शुरू मतदानमा अहिलेसम्म एकहजार एकसय मत खसेकाे निर्वाचन समिति संयाेजक लक्ष्मीप्रसाद उप्रेतीले जानकारी दिनुभयाे । कुल ५ हजार २ सय ७८ जना मतदाता रहेकाे र भाेली विहानदेखि मतगणना गरिने बताईएकाे छ ।