Tuesday, February 7, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह प्रदेश प्रदेश-१

आजदेखि ‘मेरो मेचीनगर डट कम अनलाइन पोर्टल’ तेस्रो वर्षमा : प्रतिवद्धता अनुसार काम गर्छौं

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • January 15, 2023
  • 4:58 AM
  • No Comments
भित्र प्रदेश-१, मुख्य समाचार, मेचीनगर अपडेट, राष्ट्रिय, सूचना / प्रविधि, स्थानीय समाचार
533 6
A A
Share on FacebookShare on Twitter
आजदेखि ‘मेरो मेचीनगर डट कम अनलाइन पोर्टल’ तेस्रो वर्षमा :   प्रतिवद्धता अनुसार काम गर्छौं

१ माघ, काँकरभिट्टा : हब डिजिटल मिडिया प्रालिद्वारा सञ्चालित न्यूज पोर्टल मेरो मेचीनगर डट कम आजदेखि तेस्रो वर्षमा प्रवेश गरेको छ । यो सुःखद सन्देश सगौरव मैले यहाँहरु समक्ष राख्न पाउँदा मैले धेरै गर्व महशुस गरेको छु ।

२०७७ माघ १ गते वा आजकै दिन माघे संक्रान्तिकै अवसर पारेर ‘मेरो मेचीनगर डट कम अनलाईन न्यूज पोर्टल ’सञ्चालनमा आएको थियो । हुन् त यो अनलाइन सन् २०१५ बाट नियमित अपडेट भए पनि कानुनी मान्यता प्राप्त गरी हब डिजिटल मिडिया प्रा.लि.ले आजभन्दा दुईवर्ष अघिदेखि सञ्चालनमा ल्याएको हो ।

यो अनलाइन दोस्रोवर्ष पुरा गरेर तेस्रोवर्षमा प्रवेश गरिरहदाँ यसले निक्कै आरोह अवरोह छिचोल्दैं र अनेक सारा गारा अप्ठयारा परिस्थितिलाई चिदैं सफलता पूर्वक यहाँसम्म आइपुगेको छ । यसका लागि हामीलाई हरेक दुःख सुखमा साथ दिनुहुने अनि अनलाइनलाई यहाँसम्म ल्याई पुर्याउनुहुने तपार्इं सम्पूर्ण कम्पनीका शेयर सदस्यहरु, पाठक, विज्ञापनदाता, समाचार शाखामा कार्यरत पत्रकार मित्रहरु, स्तम्भकार लगायत तपाईं सबैबाट पाएको न्यानो माया, साथ सहयोग उत्प्रेरणा, विश्वास र खबरदारीलाई कम्पनीले अमूल्य निधिका रुपमा ग्रहण गरेको छ । आगामी दिनमा यहाँहरुबाट सिकेको सीप यहाँहरुबाट पाएको साथ सहयोगलाई आत्मसाथ गर्दै अघि बढ्ने प्रण गर्दछौ । र प्रत्यक्ष परोक्षरुपमा हामीलाई रचनात्मक र सकरात्मक सल्लाह सुझाव दिनुहुने सबैप्रति हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्दछु ।

आज दोस्रो वर्ष पुरा गरेर तेस्रो वर्षमा प्रवेश गर्दै गर्दा पूर्व प्रधान सम्पादक सि.एन.(चेतनाथ) गौतम लगायतले पु¥याउनुभएको योगदान पनि ताजै छ । कम्पनीले शुरु गरेको पर्खालमा उहाँले थप्नुभएको एउटा इँटाले होला सायद कम्पनी अहिले निक्कै मजवुत र शक्तिशाली अनि हामी बलियो जगमा उभिन सफल भएको छ भन्दा फरक नपर्ला ।

हामीले सुरुमै यहाँहरु समक्ष एउटा प्रतिवद्धता व्यक्त गरेका थियौ ‘मेरो मेचीनगर डट कम अनलाइन न्यूज पोर्टल’ लाई ग्रामीण पत्रकारिताको पर्याय बनाउँछौ भनेर । यो प्रतिवद्धता कति पुरा गर्न सक्यौं कति सकेनौ यसको छिनोफानो र मुल्याङ्कन गर्ने जिम्मा तपाईंहरुको काँधमा सुम्पेको छु । ग्रामीण पत्रकारितामा नेपाली पत्रपत्रिकाले उचित स्थान दिन्छन् भन्ने सन्देश छर्न पनि हामी ‘मेरो मेचीनगर डट कम अनलाइन न्यूज पोर्टल’ मार्फत हरेक पल हाम्रो कोशिस रहन्छ । नेपाली पत्रकारिताले ग्रामीण पत्रकारिताको क्षेत्रमा स्थान दिन जरुरी देखिनु पर्छ । हामीलाई थाहा छ सञ्चार माध्यम भनेको आवज विहीनहरुको आवज बन्नु पर्छ । भुई मान्छेहरु देखिने थलो बन्नुपर्छ । आर्थिक पक्ष बलियो नभए अपेक्षा अनुसार परिणाम दिन नसकिने रहेछ । मोफसलबाट यस्ता सञ्चारमाध्यम सञ्चालनमा ल्याउनु भनेको फलामको चिउरा चपाउनु जतिकै रहेछ । यस्ता सञ्चारमाध्यमको आम्दानीको मुख्यः स्रोत नै विज्ञापन रहेछ । विज्ञापनदाताहरुले विज्ञापन उपलब्ध नगराउने हो भने सञ्चारमाध्यम चल्न सक्ने अवस्था छैन । यी सञ्चारमाध्यमलाई लामो समयसम्म टिकाई राख्न र निरन्तरताका लागि तपाईंहरुको साथ सहयोग चाहिन्छ । यसका लागि हामी तपार्इंहरुको साथ सहयोगको अपेक्षामा छौ ।

झापा जिल्लामा रेडियो, दैनिक पत्रिका, साप्ताहिक, टेलिभिजन र अनलाइन गरी ६ दर्जन हाराहारीमा सञ्चार माध्यम छन् । यी सञ्चारमाध्यमसँगै राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा कार्यरत पत्रकार पनि झापामा उत्तिकै छन् । ती सञ्चारमाध्यम र सञ्चारकर्मीको भीडमा ‘मेरो मेचीनगर डट कम अनलाइन न्यूज पोर्टल’ पनि अघि लम्किरहेको महशुस गरेको छु ।

‘मेरो मेचीनगर डट कम अनलाइन न्यूज पोर्टल’को भविष्य उज्ज्वल छ । अनेक बाधा र अप्ठेराका बाबजुद कोभिड १९ को महामारीले विश्व थला परेका बखत चुनौति नै चुनौतीका बीच उदायको ‘मेरो मेचीनगर डट कम अनलाइन न्यूज पोर्टल’ अहिले पनि उत्तिकै अघि बढेको छ । नेपालमा सञ्चारमाध्यमले भोगिरहेका चुनौती र पूरा गर्नुपर्ने जिम्मेवारी थुप्रै छन् । वर्तमान सन्दर्भमा कोभिड १९ को विश्वव्यापी महामारीबाट सबै भन्दा बढी प्रताडित सञ्चारकर्मी र सञ्चार क्षेत्र बन्न पुगेको सबैलाई जगजाहेर नै छ ।

महामारीले कैयौं सञ्चारकर्मीले ज्यान गुमाए, कैयौं संक्रमित भए । यसले सिर्जना गरेको अवस्थाले धेरै सञ्चारमाध्यम बन्द भए, कैयौंको रोजगारी गुम्यो, कैयौंले श्रमको मूल्य पाएनन् । पत्रकार र मिडिया हाउसलाई सरकारले खास राहत प्रदान गर्न सकेको अवस्था छैन । यो बेला मिडियाकर्मी तथा मडिया हाउसलाई विशेष राहत प्याकेज घोषणा गर्न, मिडियाको संरक्षण र विकासमा विशेष भूमिका निर्वाह गर्न म सम्बन्धित पक्षको र तीनै तहका सरकारको ध्यानाकर्षण गराउछु ।

देशमा धेरै राजनीतिक परिवर्तनहरु भए । यसमा नेपाली सञ्चारमाध्म र नेपाली सञ्चारकर्मीहरुले खेलेको भूमिकाका बारेमा जति नै लेखे पनि अपूर्ण हुन्छ । तर सञ्चार क्षेत्र अझै पनि सुरक्षित छैन । लोकतन्त्रको स्थापनापछि नेपाली सञ्चारक्षेत्र निकै हौसिए पनि नेपाली पत्रकारिता क्षेत्र अझै असुरक्षित छ । गणतन्त्रको स्थापना पछि पनि समाचार लेखेकै कारण कैयौं पत्रकारहरु मारिएका छन् । प्रविधिको विकाससंगै पत्रकारितामा चुनौति थपिएको छ । यसकारण पनि हामी यस अनलाइनमा कार्यरत पत्रकारहरुलाई प्रविधिमैत्री बनाउन चाहान्छौ ।

प्रविधिमा अपडेट नहुनेहरु पत्रकार हुन नसक्ने अवस्थाको सिर्जना भएका कारण कम्पनी यसप्रति सधै सजग रहने छ । आयातनमा बृद्धि, गुणस्तरमा जोड, प्रविधिमा अपडेट र अन्य माध्यमहरुको पनि प्रयोगमा हामी जोड दिने छौ । यो दुईवर्षे समयमा तपाईं हाम्रो सञ्चारमाध्यमले पाठकहरुको मन जित्न कति सक्यो कति सकेन् ? यहाँहरुमाझ अनलाइन कति लोकप्रिय बन्यो कति बनेन् ? आफूलाई निरन्तर समावेशी लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता, नागरिकका मौलिक हक, मानवअधिकार, सुशासन, सीमान्तकृतका पक्षमा उभ्याउने प्रयत्न कति गर्यौं ? यसमा हामी कति सफल भयौं कति हुन सकेनौ यसको मूल्यांकन गर्ने जिम्मा पनि हाम्रा पाठकमाझ लगाएका छौ ।

अन्त्यमा पुनः म यस अवसरमा तपाईं सबैप्रति हार्दिक र आभरसहित धन्यवाद व्यक्त गर्दछु ।

उदयकुमार श्रेष्ठ

अध्यक्ष

हब डिजिटल मिडिया प्रा.लि.

 

Share99Tweet62SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित
अर्थ / वाणिज्य

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित

February 5, 2023
भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा
धर्म / संस्कृति

भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा

February 5, 2023
एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम
प्रदेश-१

एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम

February 4, 2023
शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड
मुख्य समाचार

शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड

February 3, 2023
चैत ५ गते स्ववियू निर्वाचन
मुख्य समाचार

त्रिभुवन विश्वविद्यालयमा फागुनदेखि अनिवार्य विद्युतीय हाजिरी

February 3, 2023
असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया
कानून / अपराध

असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया

February 3, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
मन्त्रालयको बाँडफाँट आजै साँझ सकिने, मन्त्रीहरुको नाम प्रधानमन्त्रीलाई बुझाइने

मन्त्रालयको बाँडफाँट आजै साँझ सकिने, मन्त्रीहरुको नाम प्रधानमन्त्रीलाई बुझाइने

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In