Tuesday, February 7, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह प्रदेश प्रदेश-१

मेचीनगरमा मेलमिालप सम्बन्धि ८ दिवसीय आधारभूत तालिम शुरु

सूचिकृत मेलमिलापकर्तालेमात्र मेलमिलापकर्ताको रुपमा काम गर्न नसक्ने

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • January 23, 2023
  • 8:37 PM
  • No Comments
भित्र प्रदेश-१, मेचीनगर अपडेट, समाज
199 2
A A
Share on FacebookShare on Twitter
मेचीनगरमा मेलमिालप सम्बन्धि ८ दिवसीय आधारभूत तालिम शुरु

९ माघ , मेचीनगर : मेचीनगरका १५ वटै वडामा रहेका मेलमिलापकर्तालाई दक्ष अनुभवी बनाएर गुणस्तरीय न्याय सम्पादन गर्ने उद्घेश्यले झापाको मेचीनगरमा सोमबारबाट मेलमिालप सम्बन्धि ८ दिवसीय आधारभूत तालिम शुरु भएको छ ।

उपप्रमुख मीना पोखरेल उप्रेतीको सचिवालयले दिएको जानकारी अनुसार मेचीनगर नगरपालिकाको न्यायिक समितिले आफ्नै सभाकक्षमा शुरु गरेको तालिममा नगरका १५ वटा वडाका ३५ जना मेलमिलापकर्ता सहभागी रहेका छन् । तालिम उद्घाटनको अवसरमा न्यायिक समिति संयोजक तथा उपप्रमुख मीना पोखरेल उप्रेतीले आठदिनसम्म चल्ने तालिमबाट अधिक से अधिक फाइदा लिन सहभागीलाई सुझाव दिनुभयो ।

नेपालको संविधान २०७२, को धारा २४१ (१२) तथा अनुसूची ८ मा उल्लेखीत स्थानीय तहको अधिकारहरु र मेलमिलाप सम्बन्धी ऐन २०६८ तथा नियमावली २०७०, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ को उपदफा २ बमोजिमका विवादहरु मेलमिलापको माध्ययमबाट समाधान गर्नका लागि मेलमिलाप कार्य सञ्चालनको व्यवस्था छ ।

मेलमिलापकर्ताले पक्ष विपक्षबीचको विवादलाई छलफल गराई सहज वातावरण सिर्जनागर्न तथा सो विषयमा सहमति कायम गर्नका लागि उत्प्रेरित गर्न पनि जोड दिनुभयो । अब प्रमाण पत्र वेगर मेलमिलापकर्ताले मेलमिलापकर्ताको रुपमा काम गर्न नसक्ने भएकाले अनुमति प्राप्त संस्था तालिमको सहजिकरणको भूमिका रहेको स्पष्ट पार्नुभयो । उहाँले न्याय सम्पादनमा मेचीनगर नगरपालिकाको न्यायिक समिति अग्र स्थानमा रहेको स्पष्ट पार्नुभयो ।

सुचिकृत मेलमिलापकर्ता मध्येबाट विवादका पक्षहरुलाई मेलमिलापकर्ता छनौट गर्न लगाएर मेलमिलाप प्रक्रियामा सहजीकरण गर्ने पनि उहाँको भनाई थियो । पछिल्लो समय धेरैजसो वादविवादहरु वडामै छलफल भएर समाधान हुने भएकोले नगरस्तरीय न्यायिक समितिमा निवेदन कम हुदैं गएको उपप्रमुख उप्रेतीको भनाई थियो । अहिले दैनिक १० देखि १५ वटा निवेदन छलफलका लागि न्यायिक समितिमा दर्ता हुने गरेका छन् । यो तालिमले आगामी दिनमा प्रत्येक वडामा न्याय सम्पादनमा सहज हुने बताउनुभयो ।

मेचीनगर स्तरीय न्यायिक समिति सदस्य कुन्दन निरौलाले सञ्ञ्चालन गर्नुभएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत होमनाथ भण्डारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, मेचीनगर वडानम्बर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीलगायतले बोल्नु भएको थियो । उहाँहरुले न्याय सम्पादन पारदर्शी र विश्वसनिय हुनुपर्नेमा जोड दिनुभयो । न्याय सम्पादन गर्दा निष्पक्ष हुनुपर्ने कुनै दल, वर्ग, जात, लिङ्गका आधारमा निर्णय र निष्कर्शमा पुग्न नहुने उहाँहरुको भनाई थियो ।

स्थानीय सरकार सञ्चालन ऐनले वडामा मेलमिालप र नगर तथा गाउँपालिकामा न्यायिक समितिको व्यवस्था गरेकाले स साना बादविवाद आफसी छलफलबाट आफ्नै वडाबाट समाधान हुने भएकाले धेरैले सहज महशुस गरेको उहाँहरुको भनाई थियो । उहाँले तालिमलाई प्रमाण पत्र लिने अवसरकारुपमा मात्र नलिएर तालिममा सीकेको सीपलाई व्यवहारमा उतार्न समेत सहभागीलाई आग्रह गर्नुभयो । प्रमाणपत्र लगेर सिरानीमा राखेर मात्र तालिम लिएको उद्घेश्य पुरा नहुने र यहाँबाट सिकेको ज्ञान सीप र दक्षतालाई व्यवहारमा उतार्नुपर्ने उहाँहरुको जोड थियो । उद्घाटन सत्रमा नगरकार्यपालिका सदस्य, वडाध्यक्ष, वडा सदस्य लगायतको सहभागिता रहेको थियो । उद्घाटन सत्रमा सहभागी सवैलाई न्यायिक समिति सदस्य हरिनारायण न्यौपानेले स्वागत गर्नुभएको थियो ।

माघ १६ गतेसम्म चल्ने तालिमको सहजीकरण प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालले गरेको छ । झापा जिल्ला अदालतका प्रमुख न्यायाधिस चुडामणि ज्ञावली, सहजकर्ता चेतराज विष्टले मेलमलिाप समिघतिसँग ऐन कानुनको सम्बन्ध, प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालका राष्ट्रिय श्रोत व्यक्ति संगीता थापाले मेलमिालप सम्बन्धि आधारभूत तथा अन्य विषयमा र मेचीनगर नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अन्नतप्रकाश वस्तीले सामाजिक न्याय र मनोसामाजिकलगायतका विषयमा प्रशिक्षण प्रदान गर्नुहुने उपप्रमुख मीना पोखरेल उप्रेतीको सचिवालयले जनाएको छ ।

Share37Tweet23SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित
अर्थ / वाणिज्य

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित

February 5, 2023
भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा
धर्म / संस्कृति

भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा

February 5, 2023
एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम
प्रदेश-१

एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम

February 4, 2023
ज्यामिरगढी मा.वि.को जग्गा विवाद समाधान गर्न ‘माकुरा’द्वारा पहल शुरु
प्रदेश-१

ज्यामिरगढी मा.वि.को जग्गा विवाद समाधान गर्न ‘माकुरा’द्वारा पहल शुरु

February 3, 2023
शिवसताक्षीमा सवारी दुर्घटना हुँदा २ को मृत्यु
दुर्घटना / विपद्

शिवसताक्षीमा सवारी दुर्घटना हुँदा २ को मृत्यु

February 3, 2023
झापाका प्रजिअ तथा सुरक्षा प्रमुखहरुसँग अन्तरक्रिया
प्रदेश-१

झापाका प्रजिअ तथा सुरक्षा प्रमुखहरुसँग अन्तरक्रिया

February 1, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
सन्दीप लामिछानेको मुद्दामा पुनरावेदनमा जाने सरकारी वकिलको राय

सन्दीप लामिछानेको मुद्दामा पुनरावेदनमा जाने सरकारी वकिलको राय

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In