१४ माघ, मेचीनगर : आगामी दुईवर्षे कार्याकालकालागि अध्यक्षमा पुनःकमल गुभाजुलाई चयन गर्दैँ नेवा समाज समिति मेचीनगरकाे ३२ ओैँ साधारणसभा शनिबार सम्पन्न भएकाे छ ।
झापाकाे मेचीनगरस्थित पर्यटकीय स्थल बाँसवारीमा नेवा: देव दबुका केन्द्रीय सचिव दिनेश शाक्यकाे प्रमुख आतिथ्यता भएकाे साधारणसभाकाे बन्दसत्रले समाजकाे उपाध्यक्षमा मुक्ति श्रेष्ठ , सचिवमा उषा श्रेष्ठ ,सहसचिवमा भुवनलाल श्रेष्ठ र काेषाध्यक्षमा प्रलाद श्रेष्ठलाई सर्वसम्मत चयन गरेकाे निर्वाचन समितिका सदस्य उदयकुमार श्रेष्ठले जानकारी दिनुभयाे ।
सदस्यमा क्रमस सुजन प्रधान, जिवन श्रेष्ठ , प्रमाेद श्रेष, दिलीप श्रेष्ठ , रश्मी श्रेष्ठ , अनिता श्रेष्ठ र पूजा श्रेष्ठ चयन हुनुभएकाे छ । नयाँ नेतृत्व चयनका लागि अशाेककुमार श्रेष्ठकाे संयाेजकत्वमा विष्णुकुमार श्रेष्ठ र उदयकुमार श्रेष्ठ सदस्य रहेकाे तीन सदस्यीय निर्वाचन समिति गठन गरिएकाे थियाे । समितिले प्रक्रियागतरूपमा निर्वाचन कार्यतालिका सार्वजनिक गरेकाे थियाे । सबै पदमा एक/एक जनाकाे उम्मेदवारी दर्ता भएपछि १२ सदस्य नेतृत्व सर्वसम्मत चयन गरिएकाे समितिका सदस्य विष्णुकुमार श्रेष्ठले जानकारी दिनुभयाे ।
कमलकुमार गुभाजुले अध्यक्षताकाे आसनबाट उद्घाटन सभामा प्रस्तुत गर्नुभएकाे अध्यक्षकाे सांगठनिक र समाजका काेषाध्यक्ष प्रलाद श्रेष्ठले प्रस्तुत गर्नुभएकाे आर्थिक प्रतिवेदन बन्दसत्रबाट सर्वसम्मतरूपमा पारित भएकाे थियाे ।
समाजकी सचिव उषा श्रेष्ठले सञ्चालन गर्नुभएकाे कार्यक्रममा प्रमुख अतिथि शाक्य, विशिष्ट अतिथि समाजका पुर्व अध्यक्ष जगतलाल गुभाजु, गाेविनमान कुल श्रेष्ठ , नेपाल एशाेसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टा १ नम्वर प्रदेश अध्यक्ष उदयकुमार श्रेष्ठ पूर्व मेची बस व्यवसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठले बाेल्नु भएकाे थियाे । उहाँहरूले नेवार समुदायले आफ्नाे धर्म, पहिचान, कला, संस्कृति रितीरिवाजलाई बचाई राख्नुपर्नेमा जाेड दिनुभयाे । नवनिर्वाचित अध्यक्ष कमलकुमार गुभाजुले यसअघि अधुरा रहेका समाजका कामलाई याे कार्यकालमा पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।
कार्यक्रममा बलपास, म्यूचिकल चियर ठुला र साना बालबालिकाहरूका लागि अलग अलग प्रतियोगिता खेल सम्पन्न भएकाे थियाे । प्रतियोगितामा विजयी सवैलाई पुरस्कार प्रदान गरिएकाे थियाे । सहभागी सवैलाई समाजका उपाध्यक्ष मुक्ति श्रेष्ठले स्वागत गर्नुभएकाे थियाे ।