काँकरभिट्टा क्याम्पसमा आँखा शिविर सम्पन्न : ३५ जनाँ आँखामा समस्या

 २६ माघ, मेचीनगर : काँकडभिट्टा बहुमुखी क्याम्पसमा अध्ययनरत  विद्यार्थी र उनीहरुका अभिभावक मध्ये ३५ जनाकाे आँखामा माेतिबिन्दु र अन्य समस्या देखिएकाे छ । बुधबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन काँकरभिट्टा बहुमुखी क्याम्पस इकाई कमिटीले  काँकरभिट्टा आई केयर सेन्टर प्रा.लि. मेचीनगर- ६, काँकरभिट्टाकाे प्राविधिक सहयाेगमा भएकाे एकदिने निःशुल्क आँखा परीक्षण (आँखा शिविर) मा यस्ताे देखिएकाे विद्यार्थी नेता हरि भट्टराईले जानकारी दिनुभयाे ।

उहाँका अनुसार कुल ३११ जनाकाे आँखा परीक्षण गर्दा ३५ जनाकाे आँखामा माेतिबिन्दु तथा अन्य समस्या देखिएकाे हाे । अब माेतिबिन्दुकाे निःशुल्क शल्यक्रिया तथा अन्य समस्याकाे विशेष छुटका साथ उपचार गर्ने प्राविधिक सेवा उपलब्ध गराइएको काँकरभिट्टा आई केयर सेन्टर काँकरभिट्टाले जनाएकाे छ । अन्य शल्यक्रिया गर्नुपर्ने भएमा ४० प्रतिशत छुटकाे व्यवस्था मिलाइएको विद्यार्थी नेता विनम सरदारले जानकारी दिनु भयो । आँखा जाँचका क्रममा विद्यार्थीलाई ओैषधि निःशुल्करूपमा वितरण गरिएकाे तथा चश्मामा १५ प्रतिशत विशेष छुट दिईएकाे थियाे ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.