Saturday, June 3, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह प्रदेश कोशी प्रदेश

प्यारीभिट्टा बसपार्क सञ्चालनको तयारीमा : बस टर्मिनल तथा प्यारीभिट्टा बसपार्क व्यवस्थापन समितिको संयोजकमा घिमिरे

  • लक्ष्मी उप्रेती लक्ष्मी उप्रेती
  • May 17, 2023
  • 2:34 PM
  • No Comments
भित्र कोशी प्रदेश, मुख्य समाचार, मेचीनगर अपडेट, स्थानीय समाचार
188 1
A A
Share on FacebookShare on Twitter
प्यारीभिट्टा बसपार्क सञ्चालनको तयारीमा : बस टर्मिनल तथा प्यारीभिट्टा बसपार्क व्यवस्थापन समितिको संयोजकमा घिमिरे

३ जेठ, मेचीनगर : झापाको मेचीनगर—७ स्थित प्यारीभिट्टा बसपार्क सञ्चालनका लागि नयाँ समिति गठन भएको छ । मेचीनगर नगरकार्यपालिकाको वैशाख ८ गते सम्पन्न पूर्ण वैठकले गठित बस टर्मिनल तथा प्यारीभिट्टा बसपार्क व्यवस्थापन समितिको संयोजक तात्कालिन काँकरभिट्टा गाविसका अध्यक्ष डिल्लीराम घिमिरेलाई जिम्मेवारी प्रदान गरेको छ । बैठकले घिमिरेको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरेको छ ।

नगरपालिका स्रोतका अनुसार वैठकले समितिको सदस्यहरुमा बन्धनकुमार मुण्डा, माधवलाल अर्याल, सुशील आचार्य, सुरेन्द्र बुढाथोकी, ओमप्रकाश खापुङ्ग, बिरबहादुर श्रेष्ठ, राजु शिवाकोटी, विष्णुकुमार श्रेष्ठ, सुदर्शन खड्का, केशव गिरी, मोहन रिजाल, हाकिमप्रसाद तिम्सिना, निरबहादुर कार्की नेत्र, सुरेशकुमार श्रेष्ठलाई चयन गरेको छ ।

बुधबार मेचीनगर नगरपालिका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा मेचीनगर नगरपालिका र समितिको पहिलो बैठक सम्पन्न भयो । वैठकमा नगरप्रमुख बुढाथोकीले नगरपालिकाकोतर्फबाट नगर कार्यपालिकाको बैठकबाट गठित समितिका संयोजकसहित सवै पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

बैठकमा नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले विगतदेखि वर्तमानसम्मको वसपार्क र टर्मिनलका बारेमा सहभागीहरुलाई जानकारी गराउनुभयो । प्रमुख प्रशासकीय अधिकृत महेश पराजुलीले प्यारीभिट्टा बसपार्कमा बस किन पार्किङ्ग हुर्दैनन् वा किन सवारीका साधन प्रवेश गर्दैनन् ? किन लैजान सकेनौ,? बस छिर्न के कारणले गाहो भयो ? बीचमा बस गए पछि किन गएनन् ? कारण खोज्नुपर्ने बताउनुभयो । बस टर्मिनल तथा प्यारीभिट्टा बसपार्क व्यवस्थापन समिति संयोजक डिल्लीराम घिमिरेले समितिले तीव्ररुपमा काम शुरु गरेर चाडै बसपार्क सञ्चालनमा ल्याउने बताउनुभयो । उहाँले मेचीनगर वडानम्बर ६ र ७ का वडाध्यक्ष क्रमस ललितबहादुर तामाङ्ग र प्रल्हादमणि ओलीलाई समितिको पदेन सदस्यकारुपमा सहभागी गराउन नगरपालिकासँग आग्रह गर्नुभयो ।

बसपार्कलाई पूर्वाधारयुक्त बनाउन नगरपालिकाले धेरै संरचना निर्माण गरिसकेको छ । तर, समयमै बसपार्क सचालन नहुन सक्दा सामान चोरीहुने घटना बढेको, लागुऔषध सेवनकर्ताले बसपार्कषेत्र प्रयोग गर्न थालेको बैठकमा बताईएको थियो । वरिपरि पर्खाल निर्माण गरिएको छ । उत्तरतिर पसल निर्माण गरिएका छन् । पूर्वी किनारमा ग्यारेजका लागि पूर्वाधार निर्माण गरिएको छ । सुरक्षा बन्दोबस्तका लागि आवास भवनसहितको प्रहरी पोस्ट बसपार्कमा निर्माण गरिएको छ । रात्रिकालीन उज्यालोका लागि विद्युत् र सौर्यबत्तीको पर्याप्त व्यवस्था मिलाइएको छ । राजमार्गबाट बसपार्क जोड्ने पहुँचमार्ग कालोपत्र गरिएको छ । तर बसपार्क नै सञ्चालनमा नआएपछि ती संरचना सबै जीर्ण अवस्थामा पुगेको भन्दैं सहभागीहरुले अब तत्काल बसपार्क सञ्चालनमा ल्याउन जोड दिएका थिए ।

नवगठित समिति बसपार्क तत्काल सञ्चालनमा ल्याउन अघि बढ्ने र बसपार्कक्षेत्रमा रहेको विद्युत, खानेपानी शौचालयको उचित व्यवस्था मिलाउन नगरपालिका लाग्नुपर्ने संयोजक घिमिरेको भनाई छ । समितिका सदस्य एवम् पूर्वी नेपाल यातायात प्रालिका अध्यक्ष केशव गिरीले विगतमा थुप्रै ग्यारेजहरु नगरपालिकाले निर्माण गरिदिइएको टहरामा आए पनि विद्युत समस्याका कारण फिर्ता जानु परेको बताउनुभयो । उहाँले पूर्व पश्चिम लोकमार्गमा रहेका ग्यारेजहरु बसपार्क भित्र ल्याउन सके यातायातका साधन आफै बसपार्कभित्र प्रवेश गर्ने बताउनुभयो ।

सहभागीहरु सुरक्षा व्यवस्थाकालागि नेपाल प्रहरी र ट्राफिक प्रहरीको पोस्ट बसपार्क परिसरमै राख्ने निचोडमा पुगेका छन् । नेपालको पूर्वीनाका काँकरभिट्टाको बस टर्मिनलको सवारी चाप र यातायातलाई व्यवस्थित गर्ने उद्देश्यले प्याराभिट्टामा बसपार्क निर्माण गरिएको हा । भारत, भूटान र बङ्गलादेशसँगको व्यापारिक नाका काँकरभिट्टा पर्यटक भित्रिने प्रवेशमार्ग हो । प्याराभिट्टाबाट लामो तथा छोटो दूरीका दैनिक पाँच सयभन्दा बढी बस सञ्चालन हुँदै आएका छन् ।

बजारको बीच भागमा रहेको दुई दशक पुरानो बस टर्मिनल अहिले साँघुरो भइसकेको छ। बसको पार्किङ र यात्रुको व्यवस्थापन सकसपूर्ण हुने गरेको छ । पचासौँ वर्षपछिसम्मको आवश्यकतालाई दृष्टिगत गरी राजमार्ग छेउमा २०७० सालमा प्यारीभिट्टा बसपार्क निर्माण थालिएको थियो । झण्डै दुई सय बस एकैपटकमा पार्किङ गर्न सकिने क्षमताको उक्त बसपार्क निर्माण गरिएको थियो ।

मेचीनगर नगरपालिकाले आन्तरिक स्रोतबाट तीन करोड ३६ लाख र नगर विकास कोषको सात करोड ७७ लाख जुटाएर संयुक्त लगानीमा बसपार्क निर्माण अघि बढाइएको थियो । बसपार्क बनाउन स्थानीय शिवकुमार थापा, ध्रुव शिवाकोटीलगायत १२ जनाले करोडौँ मूल्य बराबरको पाँच बिघा चार कठ्ठा जग्गा नगरपालिकालाई निःशुल्क प्रदान गर्नुभएको थियो । विसं २०६८ असार १९ गते शिलान्यास गरेर दमकको लामा मैनाचुली शिवशक्तिले निर्माण थालेको थियो । दुई वर्षमा निर्माण भएको बसपार्क २०७४ भदौ १५ गते मेचीनगर नगरप्रमुख विमल आचार्य र संस्थापक नगरप्रमुख रविन कोइरालाले संयुक्तरूपमा उद्घाटन गर्नुभएको थियो ।

बैठकमा नगर प्रमुख गोपालचन्द्र बुढाथोकी नगर प्रमुख, उपप्रमुख मीना पोखरेल उप्रेती प्रमुख प्रशासकीय अधिकृत महेश पराजुली, वडानम्बर ५, ६ र ७ का वडाध्यक्षहरु क्रमस कनकबहादुर कार्की, श्री ललितबहादुर तामाङ्ग प्रल्हादमणि ओली, कार्यपालिका सदस्य हृदय राजवंशी, बस टर्मिनल तथा प्यारीभिट्टा बसपार्क व्यवस्थापन समिति संयोजक डिल्लीराम घिमिरे समितिका सदस्यहरु बन्धनकुमार मुण्डा, सुशील आचार्य, सुरेन्द्र बुढाथोकी , बिरबहादुर श्रेष्ठ, राजु शिवाकोटी , विष्णुकुमार श्रेष्ठ, सुदर्शन खड्का, केशव गिरी, मोहन रिजाल, हाकिमप्रसाद तिम्सिना, निरबहादुर कार्की नेत्र र सुरेशकुमार श्रेष्ठ सहभागी हुनुहुन्थयो ।

 

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

तत्काल पानी पर्ने सम्भावना न्यून, अधिकांश भूभागमा तापक्रम बढ्ने
जलवायु / मौसम

मौसम : अझै केही दिन गर्मी बढ्ने

June 3, 2023
माओवादी केन्द्रले नाम र चुनाव चिह्न फेर्ने
मुख्य समाचार

प्रधानमन्त्री प्रचण्ड आज साँझ ४ बजे स्वदेश फर्किंदै

June 3, 2023
भारतको ओडिशामा भयानक रेल दुर्घटना हुँदा २ सयभन्दा बढीको मृत्यु
अन्तर्राष्ट्रिय

भारतको ओडिशामा भयानक रेल दुर्घटना हुँदा २ सयभन्दा बढीको मृत्यु

June 3, 2023
मुख्य समाचार

आजको राशिफल (मिति २०८० साल जेठ २० गते शनिबार)

June 3, 2023
बुद्धशान्तिमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
कोशी प्रदेश

बुद्धशान्तिमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

June 2, 2023
ओलीलाई गगन थापाको जवाफ : मुखमा अँगार भएको व्यक्तिले ओकल्ने कालै हो
मुख्य समाचार

कांग्रेसभित्र पार्टी सुधार चाहने र परिवर्तन हुन नदिने दुई गुट छन् -गगन थापा

June 2, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
सात लाख बढी कारोबार गर्नेहरुको सूची तयार पार्दै राष्ट्र बैंक

व्यवसायीलाई कर्जाको ब्याज तिर्न ३ महिना थपियो, असारसम्म हर्जना नलाग्ने

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.

कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८

स्थायी लेखा नम्बर : ६०९८०६२१६

सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८

प्रेस काउन्सिल सूचीकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक / सह-सम्पादक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

संवाददाता
चेतनाथ गौतम

 

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, कोशी प्रदेश, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In