Saturday, June 3, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह प्रदेश कोशी प्रदेश

मेचीनगरमा १ सय ५३ नयाँ क्षयरोगी फेला : आगामी आर्थिक वर्ष २०८२/०८३ सम्ममा मेचीनगरलाई क्षयरोग मुक्त नगर हुने

  • लक्ष्मी उप्रेती लक्ष्मी उप्रेती
  • May 25, 2023
  • 5:13 PM
  • No Comments
भित्र कोशी प्रदेश, मुख्य समाचार, मेचीनगर अपडेट, राष्ट्रिय, स्थानीय समाचार, स्वास्थ्य / जीवन शैली
188 1
A A
Share on FacebookShare on Twitter
मेचीनगरमा १ सय ५३ नयाँ क्षयरोगी फेला : आगामी आर्थिक वर्ष २०८२/०८३ सम्ममा मेचीनगरलाई क्षयरोग मुक्त नगर हुने

११ जेठ, मेचीनगरः झापाको मेचीनगरमा चालु आर्थिक वर्ष २०७९/०८० को नौमहिनामा १ सय ५३ जना नयाँ क्षयरोगी थपिएका छन् । मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार गत आर्थिक वर्ष २०७८/०७९ को एकवर्षे अवधिमा १ सय ८६ जना क्षयरोगी फेला परेका थिए । स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा निरौलाका अनुसार अहिले नगरका स्वास्थ्यकर्मीहरु क्षयरोगका विरामी खोज्दैं प्रत्येक गाउँ—गाउँ जान थालेका छन् ।

आर्थिक वर्ष २०७८/०७९ को बजेट बक्तव्यको बुँदा नम्बर ३ मा आगामी ५ वर्ष भित्र सवै स्थानीय तहलाई क्षयरोग मुक्त घोषणा गरिने उल्लेख भए अनुसार मेचीनगर नगरपालिकालाई क्षयरोग मुक्त घोषणा अभियान सञ्चालन गर्न पनि क्षयरोगका विरामीहरु खोज्ने अभियान तीव्र छ । स्वास्थ्यकर्मीहरु गाउँ गाउँ जान थालेपछि क्षयरोगीहरु आफै खुलेर आउन थालेका छन् । यसलाई सकरात्मक लिनुपर्ने स्वास्थ्य शाखा प्रमुख सापकोटा बताउनुहुन्छ ।

हरेक वर्ष क्षयरोगका कारण हुने मानिसको मृत्यु र नयाँ रोगीको संख्यामा कमि गर्न सरकारले बिभिन्न दातृ संस्थाको सहयोगमा बर्षेनी करोडौ रुपैयाँ खर्च गर्ने गरेको छ । अन्य गैरसरकारी संघ संस्थाहरुले समेत संयुक्तरुपमा सचेतना अभियान सञ्चालन गर्ने गरेको छ । शुरुमा क्षयरोगको लक्षण देखिने वित्तिकै उपचारका लागि रोगी नआउँनु नै सबै भन्दा ठुलो चुनौती रहेको छ । क्षयरोगमुक्त पालिका घोषणा अभियान कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रमहरु नगरमा सञ्चालन भइरहेका छन् । आगामी आर्थिक वर्ष २०८२/०८३ मा मेचीनगरलाई क्षयरोग मुक्त नगर घोषणा गर्नुपर्ने छ ।

अहिले नगरपालिकाले क्षयरोगका बिरामीहरुलाई पोषणयुक्त खाद्य सामग्री वितरण र क्षयरोग कार्यक्रम सम्बन्धि विभिन्न संघ संगठन र समूहहरुसँग समिक्षालगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । क्षयरोग प्रभावित व्यक्ति र समुदायको सहभागितामुलक योजना अनुगमन मुल्याङ्कन कार्ययोजना समेत गरिएको प्रमुख सापकोटाले जानकारी दिनुभयो । यस्तै क्षयरोग सम्बन्धि जानकारीमुलक जनचेतना कार्यक्रम समेत निरन्तर सञ्चालन भइरहेको छ । क्षयरोग कार्यक्रमको रिभ्यु तथा स्थलगत अध्ययन र अनुगमन जारी छ । केही दिनअघिमात्र राष्ट्रिय क्षयरोग केन्द्र र विश्व स्वस्थ्य संगठनको संयुक्त टिमले क्षयरोग कार्यक्रमको अनुगमन तथा सहयोगात्मक सुपरिवेक्षण र आगामी कार्यक्रमको योजनाका बारेमा समेत छलफल गरेको थियो । स्वास्थ्यकर्मीहरुका लागि तीनदिने क्षयरोग आधारभूत मोडुलर तालिम सम्पन्न गरिसकेको उहाँको भनाई छ ।

नगरपालिकाभित्र रहेका स्वास्थ्य केन्द्रमा उपचारका लागि आएकाहरुको विभिन्न परीक्षणबाट नगरभित्र क्षयरोग पत्ता लाग्ने गरेको सापकोटाले जानकारी दिनुभयो । शंकाष्पद क्षयरोगीहरुको आम्दा मेची अस्पतालसँग सहकार्य गरेर नगरपालिकाले निःशुल्क एक्स रेको व्यवस्था गरेको छ । आर्थिक वर्षमा २०७७/०७८ मा १ सय ८८ र आर्थिक वर्षमा २०७६/०७७ मा १ सय ४५ जनामा क्षयरोग पत्ता लागेको हो ।

नगरमा महिलाको तुलनामा पुरुषमा क्षयरोग बढी देखिएको छ । ‘क्षयरोग अहिले जनस्तरमा निक्कै जटिल समस्याका रुपमा देखिएको छ ’ काँकरभिट्टा स्वास्थ्य केन्द्रका प्रमुख लेखनाथ खतिवडाले भन्नुभयो—‘यो धेरै पुरानो रोग भए पनि अझै नियन्त्रण गर्न सकिएको छैन् नियन्त्रण बाहिर छ । ’ अहिले पनि समाजमा निक्कै क्षयरोगी छन् । उनीहरु खुलेर उपचारका लागि आउने गरेका छैनन् । अनुसार तौल घटनु , छाती दुख्नु, राती राती ज्वरो आउनु, खकारमा रगत देखिनु, श्वासप्रशवासमा समस्या हुनु दुईहप्ता सम्म लगातार खोकी लागि रहनु लगायत क्षयरोगका लक्षण भएको प्रमुख खतिवडाको भनाई छ

सन् २०५० सम्ममा क्षयरोगलाई पूर्ण रुपमा निवारण गर्ने योजना अन्तर्गत नेपाल सरकारले २०५९ देखि २०६९ सालसम्म दशबर्षे दीर्घकालिन योजना अघि सारेको थियो । विसं २०२१ सालमा नेपाल सरकार, विश्व स्वास्थ्य संगठन र यूनिसेफबीच क्षयरोग नियन्त्रणका लागि त्रिपक्षीय सम्झौता भएको थियो । तर, यी अभियान खासै प्रभावकारी बनेका छैनन् ।

सरकारले प्रत्यक्ष स्वास्थयकर्मीको निगरानीमा क्षयरोगको औषधी सेवन गर्ने “डष्ट प्रोग्राम” पनि अघि सारेको थियो । तर, पनि कार्यक्रम खासै प्रभावकारी बन्न सकेको छैन् । नेपालबाट क्षयरोग क्रमस नियन्त्रण हुदै गईरहेका बेला विदेशबाट फर्किने नेपालीहरुबाट यो रोग नसरोस भन्नका लागि क्यानडा सरकारले नेपाल सरकार संग मिलेर विश्व स्वास्थ्य संगठनको आर्थिक सहयोगमा टिबी रीच परियोजना समेत शुरु गरेको थियो ।

राष्ट्रिय क्षयरोग कार्यक्रम अन्र्तगत भारतमा बसोबास गरि नेपाल फर्किने श्रमिक, संभावित यौनकर्मी, लागूऔषध प्रयोगकर्ता, तथा अन्य संभावित क्षयरोगीहरुको खोज पडताल गरि उपचारमा राख्न टिबी रिच कार्यक्रम झापासहित मोरङ्ग, पर्सा, कास्की, रुपन्देही, कैलाली र कञ्चनपुरमा यो अभियान शुरु गरिएको थियो । राष्ट्रिय क्षयरोग केन्द्रले प्रति एकलाख जनसंख्या बराबर २ सय ४५ जनामा क्षयरोग देखिने गरेको छ ।

डाक्टर पिताम्बर ठाकुरका अनुसार नेपालमा करिब ६० प्रतिशत वयस्क र ४५ प्रतिशत अन्य समूहका व्यक्ति क्षयरोगबाट संक्रमित छन् । डा ठाकुरका अनुसार कमजोर प्रतिरोधात्मक क्षमताका कारण शारीरिक दृष्टिकोणले कमजोर व्यक्ति क्षयरोगी संग बढी हेलमेल गरे सहजरुपमा यो रोग सर्न सक्छ । खकार, छाला तथा एक्स–रे बाट क्षयरोगका किटाणु पत्ता लाग्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । स्वास्थ्यकर्मीका अनुसार क्षयरोगको सबैभन्दा खतरा फोक्सोमा किटाणु फेला पर्नु हो । यसबाट पत्ता लागेका क्षयरोगीले समयमै उपचार नपाए एकवर्ष भित्रमा उस्ले १० देखि १५ जना निःरोगीलाई यो रोग सार्न सक्छ । फोक्सोमा तथा खकार परिक्षणमा किटाणु नदेखिने भए पनि विशेषज्ञहरुले मात्र शरिरका अन्य भागमा क्षयरोगका किटाणु फेला पार्ने गरेकाछन् ।

यस्ता किटाणु विशेषज्ञ बाहेक अन्य स्वास्थयकर्मीले चाडै पत्ता लगाउन नसक्ने स्वास्थ्यकर्मीको दाबी छ । खकार वा अन्य परीक्षणबाट फेला परेका सबैमा क्षयरोगका रोगीलाई स्वास्थ्यकर्मीको निगरानीमा राख्ने र डष्ट कार्यक्रम अन्तर्गत सबैको उपचार गर्ने गरिएको छ । राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तर्गत भारतमा बसोबास गरि नेपाल फर्किने श्रमिक, संभावित यौनकर्मी, लागूऔषध प्रयोगकर्ता, तथा अन्य संभावित क्षयरोगीहरुको खोज पडताल गरि उपचारमा राख्न टिबी रिच कार्यक्रम शुरु गरिएको थियो । यसका लागि भारतसंग सिमा जोडिएका र खुल्लाम खुल्ला नेपाल भारत आवत जावत गर्न सकिने सीमामा आउटरिच कार्यकर्ता परिचालन गरिएको थियो ।

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

बढ्यो बुद्धशान्तिमा सवारी दुर्घटनाको शृङ्खला फेरि एकको मृत्यु
कोशी प्रदेश

बढ्यो बुद्धशान्तिमा सवारी दुर्घटनाको शृङ्खला फेरि एकको मृत्यु

June 3, 2023
तत्काल पानी पर्ने सम्भावना न्यून, अधिकांश भूभागमा तापक्रम बढ्ने
जलवायु / मौसम

मौसम : अझै केही दिन गर्मी बढ्ने

June 3, 2023
माओवादी केन्द्रले नाम र चुनाव चिह्न फेर्ने
मुख्य समाचार

प्रधानमन्त्री प्रचण्ड आज साँझ ४ बजे स्वदेश फर्किंदै

June 3, 2023
भारतको ओडिशामा भयानक रेल दुर्घटना हुँदा २ सयभन्दा बढीको मृत्यु
अन्तर्राष्ट्रिय

भारतको ओडिशामा भयानक रेल दुर्घटना हुँदा २ सयभन्दा बढीको मृत्यु

June 3, 2023
मुख्य समाचार

आजको राशिफल (मिति २०८० साल जेठ २० गते शनिबार)

June 3, 2023
बुद्धशान्तिमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
कोशी प्रदेश

बुद्धशान्तिमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

June 2, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
सर्वोच्चले दियो २० जना मन्त्रीहरु पदमुक्तको आदेश

सर्वोच्चद्वारा ढाकाकुमारलाई गरिएको कारबाही सदर

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.

कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८

स्थायी लेखा नम्बर : ६०९८०६२१६

सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८

प्रेस काउन्सिल सूचीकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक / सह-सम्पादक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

संवाददाता
चेतनाथ गौतम

 

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, कोशी प्रदेश, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In