१७ जेठ, मेचीनगरः मेचीनगर नगरपालिकाले कोशी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र विभन्नि मन्त्रालयहरुमा आगामी आर्थिक वर्ष २०८०/ ०८१ मा मेचीनगरका विभिन्न योजना समावेश गरी वजेट व्यवस्था गरिदिनका लागि प्रस्ताव पेश गरेको छ ।
मंगलवार नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र विभन्नि मन्त्रालयका मन्त्रीहरुलाई भेटर प्रस्तावसहितको पत्र पेश गर्नुभएको हो ।
एकीकृत मौरीपालन तथा तोरी प्रवद्र्घन कार्यक्रम सञ्चालनदेखि लागू औषधको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्घिका कार्यक्रम र नगरका विभिन्न वडाहरुमा पुल, सामुदायिक भवन, सडक निर्माण, सिचाँई, पर्यटकीयक्षेत्र विकास र प्रवद्र्घन, खानेपानी, बसपार्क, प्लाष्टिकजन्य वस्तुको अन्त्य गर्ने योजना सहित प्रदेश सरकारलाई बजेटका लागि प्रस्ताव पेश गरिएको नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले बताउनुभयो ।
मेचीनगर नगरपालिकाक्षेत्रभित्र आगामी आर्थिक वर्ष २०८०/ ०८१ मा एकिकृत मौरीपालन तथा तोरी खेती प्रवद्र्घन कार्यक्रम सञ्चालन गर्न प्रस्तावना तयार गरी उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा पेश गरेका छौ’ नगरप्रमुख बुढाथोकीले भन्नुभयो —‘वर्तमान अवस्थामा थुप्रै युवायुवतीमा लागुऔषधको प्रयोग बढ्दै गएको छ । यसलाई न्यूनिकरण गर्न आवश्यक रहेको र समग्र मेचीनगर नगरपालिकामा लागुऔषध दुव्र्यसन बिरुद्घ अभियान सञ्चालन गर्न प्रदेश सरकारमार्फत समेत सहकार्य गर्नुपर्ने भएकाले लागुऔषध नियन्त्रण कार्यका लागि आवश्यक सहयोगका लागि प्रस्ताव पेश गरेका हौंँ ।’
युवाहरुमा सीप तथा प्रविधि विकाश गर्ने लक्ष्यका साथ युवाहरुमा सीप तथा प्रविधि हस्तान्तरण गर्ने उद्घेश्यले युवा नवप्रवर्तन विकाश केन्द्रका लागि समेत बजेट बिनियोजन गरिदिन कोशी प्रदेश सरकारको सामाजिक विकाश मन्त्रालयमा प्रस्ताव पेश गरिएको छ । मेचीनगर ८ मा निर्माण सम्पन्न भएको महिला सीप विकाश केन्द्रबाट विपन्न महिलाहरुलाई नवप्रवर्तनमा आधारित सीप तथा प्रविधि हस्तान्तरण गरी विपन्न महिलाहरुको आर्थिक स्थिति सुधार गर्ने लक्ष्यका साथ नगरपालिकाले तयार गरेको लक्ष्य प्राप्त गर्न आगामी आर्थिक वर्ष २०८०÷ ०८१ मा बजेट विनियोजनका लागि सामाजिक विका मन्त्रालयमा प्रस्ताव पेश गरिएको नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले जानकारी दिनुभयो । मेचीनगर नगरक्षेत्रभित्र धार्मिक एवम् पर्यटकीयक्षेत्र निक्कै भएकाले ती पर्यटकीय स्थलहरुको प्रवद्र्घ र विकाश गर्न सके नगरपालिकालाई आर्थिकरुपमा मजवुत बनाउन सकिन्छ भन्ने कल्पनाका साथ पर्यटकीय क्षेत्रको विकासकालागि समेत पर्यटन, वन तथा वातावरण मन्त्रालयमा बजेट माग गरिएको छ ।
मेचीनगरले जंगली हात्तीको आतंक दशकअघिदेखि व्यहोर्दै आएको छ । जंगली हात्तीकै कारण अहिलेसम्म धनजनको क्षति धेरै भएको छ । तसर्थ जंगली हात्तीको दिर्घकालिन समाधानकालागि बनजंगलमा हात्तीको आहारा रोपण गर्न सके केहीहदसम्म न्यूनिकरण हुने भएकाले हात्ती प्रकोप नियन्त्रणका लागि बनक्षेत्रमा हात्तीको आहार व्यवस्थापनकालागि विरुवा रोपण सञ्चालन र सिमाक्षेत्रमा हात्ती प्रवेश नियन्त्रण गर्न ट्याक्टर अन्य सवारी साधनहरुमा साइरनसहित सञ्चालनकालागि १८ किमि बाटो निर्माण गर्न समेत सोहि मन्त्रालयसँग बजेट माग गरिएको छ ।
समाधिस्थल निर्माणदेखि दाहासंस्कार गर्ने घाट निर्माणकालागि समेत बजेट माग गरिएको नगरपालिकाले जनाएको छ । खानेपानी विस्तार तथा पाइप लाइनका लागि तथा नदी नियन्त्रण तथा तटबन्धनतर्फ समेत कोशी प्रदेश सरकार खानेपानी सिँचाई तथा उर्जा मन्त्रालयसँग बजेट माग गरिएको छ । मेचीनगरलाई प्लाष्टिकमुक्त नगरका लागि विभिन्न योजनाहरु अघि सारेर काम भईरहेको भएपनि प्लाष्टिकले वातावरणलाई समेत नकरात्मक असर पर्ने भएकाले प्लाष्टिकको नियन्त्रणका लागि वैकल्पिक व्यवस्था गर्न सालको टपरी उद्योग सञ्चालनकालागि उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा बजेटकालागि प्रस्ताव पेश गरिएको छ । काँकरभिट्टा बसपार्क निर्माणकालागि समेत बजेट माग गरिएको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग उहाँको कार्य व्यवस्तताका कारण भेट हुन नसकेपछि मुख्यमन्त्रीको सचिवालयमा प्रस्ताव दर्ता गरिएको छ । उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला, सामाजिक विकाश मन्त्री बुद्घिकुमार राजभण्डारी, खानेपानी सिँचाई तथा उर्जा मन्त्री तिलकुमार मेन्याङ्बो, सडक पूर्वाधार तथा शहरी विकाश मन्त्री दुर्गाप्रसाद चापागाइँ लाई उहाँहरुकै कार्यकक्षमा भेट गरी नगरप्रमुख बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा बजेट मागसहितको प्रस्ताव हस्तान्तरण गर्नुभएको थियो ।
पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्य संघीय राजधानी जानु भएका कारण उहाँको सचिवालयमा प्रस्ताव दर्ता गरी सचिव डाक्टर सञ्जिवकुमार राईलाई जानकारी गराईएको छ । सचिव राईसँग नगरप्रमुख र उपप्रमुखले केहीबेर छलफल समेत गर्नुभएको थियो । एकीकृत मौरीपालन तथा तोरी प्रवद्र्घन कार्यक्रम सञ्चालनमा उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला निक्कै सकरात्मक देखिनु भएको उहाँका प्रेस संयोजक रञ्जित प्रसाईले जानकारी दिनुभयो । अन्य मन्त्री र सचिवहरु समेत नगरको योजनाका विषयमा सकरात्मक देखिनु भएको सम्बन्धित मन्त्रीहरुको सचिवालयले जनाएका छन् ।