२८ पौष, झापा : मेची मासु उत्पादक सहकारी संस्था लि झापाले महिला राष्ट्रिय क्रिकेट खेलाडी अप्सरी बेगमलाई शनिबार नगदसहित सम्मान पत्र प्रदान गरेको छ । संस्थााको १६ औँ वार्षिक साधारणसभाको अवसर पारेर क्रिकेट खेलको माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउन सफल भएको भन्दैं नगद ५ हजार रुपैयाँ र सम्मान–पत्रले खेलाडी वेगमलाई पुरस्कृत तथा सम्मान गरेको हो । संस्थाको आर्थिक वर्ष २०७५/०७६ मा बनेको सम्मान तथा पुरस्कार नीति संशोधन आर्थिक वर्ष ०७७/०७८ अनुसार विगतका वर्षहरु झै यसवर्ष प्रतिभा सम्मान गर्ने निर्णय अनुसार वेगमलाई सम्मान गरिएको संस्थाले जनाएको छ ।
सोहि अवसरमा संस्थाका ज्येष्ठ सदस्यहरु देवीप्रसाद उप्रेती, काजीमान भुजेल, लीला कार्की, जगमाया खड्का र सीता तिम्सीनालाई नगद, जिन्सीसहित सम्मान पत्र प्रदान गरियो । यसअघिका वर्षहरु झै यस वर्ष पनि संस्थामा कारोबार गर्ने जेष्ठ सदस्यहरु मध्येबाट छनौट हुनुभएका उहाँहरुलाई नगद २ हजार रुपैयाँ, न्यानो ब्ल्याङ्केट तथा सम्मान पत्र मार्फत सम्मान गरीएको थियो ।
आर्थिक वर्ष २०७५/०७६ मा बनेको सम्मान तथा पुरस्कार नीति (संशोधन २०७७/०७८)अनुसार विगतका वर्षहरु झै यस वर्षको वर्ष उत्कृष्ट कर्मचारीको रुपमा मेची मिट मार्ट तर्फका कर्मचारी विनोद राना मगर नगद ५ हजार रुपैयाँ र प्रशंसा–पत्रले सम्मानित हुनुभयो । सम्मानित तथा पुरस्कृत सबै कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका लेखा सुपरीवेक्षण समिति संयोजक एवम् नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि का प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती, विशिष्ट अतिथि संस्थाका संस्थापक अध्यक्ष नारायणप्रसाद प्रसाईलगायतले नगद र सम्मान प्रदान गर्दै फूलमाला अविर टीका र माला पहिर्याउनुभयो ।
कार्यक्रममा बोल्दैं प्रमुख अतिथि उप्रेतीले केही सहकारी संस्थाहरु सहकारीका मूल्य, मान्यता र सिद्धान्त अनुसार सञ्चालन हुन नसकेकका कारण असफल भएको भन्दैं हरेक सहकारी संस्थाहरु आफ्ना उद्घेश्य अनुसार अघि बढे सफल हुने बताउँनुभयो । ‘थुप्रै सहकारी संस्था सहकारीको उद्धेश्य अनुसार नचल्दा असफल भएका हुन् ’ प्रमुख अतिथि उप्रेतीले भन्नुभयो—‘मेची मासु सहकारी संस्था आफ्नो उद्धेश्य र सहकारीका मूल्य, मान्यता र सिद्धान्त अनुसार चलिरहेकोले अप्ठयारो स्थितीमा पनि सहज रुपमासञ्चालन भईरहेको छ । संस्थासफल बनाउन सदस्यहरुको योगदान महत्वपूर्ण रहेको छ ।’
सहकारी संस्थाहरुको भाग्य र भविष्य वा संस्था बचाउने सहकारी सदस्यहरुले नै भएको भन्दैं उहाँले त्यसको लागि संस्थाका सदस्यहरुले आफ्नो संस्था चिन्नु पर्ने विचार राख्नुभयो । संस्थाले उपलब्ध गराएका सेवाहरुको उपयोग सदस्यहरुले गर्नुपर्ने, आफ्नो कारोवार आफ्नै संस्थामा केन्द्रित गर्नुपर्ने उहाँको भनाई थियो । मानिसको सबैभन्दा ठूलो सम्पति स्वास्थ्य भएको र स्वास्थ्यले धेरै हदसम्म खानपिनमा निर्भर गर्ने, त्यसमा पनि मासु र दुग्धजन्य पदार्थ बढी संवेदनशील हुने भन्दैं मासुजन्य पदार्थको शुद्धता र गुणस्तर कायम राख्न र जनचेतना अभिवृद्धि गर्न मेची मासु सहकारीले अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँले विश्वास व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष भगिरथ राईले उद्घाटन सत्रको सभापतित्व गर्दै सञ्चालक समितिकोतर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । देशको तीनखम्बे अर्थ नीतिभित्र सहकारी पनि एउटा दर्बिलो खम्बाको रुपमा स्थापित हुन सफल भए पनि विश्वव्यापी रुपमा देखा परेको विभिन्न प्रभावहरुका कारण सहकारी क्षेत्रलाई पारेको प्रभाव र केही नीतिगत समस्याहरुले गर्दा सहकारी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परेको नकरात्मक प्रभावका कारण सानो पूँजी संकलन गरी चलिरहेका संस्थाहरु लाई भने प्रत्यक्ष प्रभाव परेको प्रतिवेदनमा उल्लेख छ । प्रत्यक्ष परेको प्रभावका कारण विगत दुईवर्षयता सदस्य केन्द्रित भई सदस्यको चाहानाअनुरुप सेवा सुविधाहरु पर्याप्तमात्रामा दिन नसक्नुले सहकारी सञ्चालकहरु चिन्तित बनेको अध्यक्ष राईले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले नाम अनुसारको काम गर्नेक्रममा मेची मिट मार्ट नामको मासु बिक्री केन्द्र सञ्चालन गर्दै आएको दोश्रो वर्ष सम्म आइपुग्दा २ वटा कुखुराको खोरबाट वार्षिक रुपमा लगभग १२ हजार वटा ब्रोइलर कुखुरा उत्पादन गरी बिक्री गरेको,सदस्यहरुले उत्पादन गरेको लगभग १५ हजार केजी ब्रोइलर कुखुराको मासु २ वटा मासु बिक्री केन्द्रबाट बिक्री वितरण गरेर सदस्यहरुलाई आर्थिक कारोबार र उत्पादनमा सहजीकरण गर्ने कोशीस गरिएको प्रतिवेदनमा उल्लेख छ । संस्थाले आर्थिक वर्ष २०७९/०८० असार मसान्तको वास्तविक र आर्थिकवर्ष २०८०/०८१ को अनुमानित कारोबार समेत अध्यक्ष राईले प्रस्तुत गर्नुभयो । संस्थाका विभिन्न योजनाहरु पुरा गर्नका लागि आवश्यक वितिय तयारीका लागि हामीले कारोबार गरिरहेका वितिय संस्थाहरु राष्ट्रिय सहकारी बैंकबाट दुई करोड ऋण लिई उत्पादनमुखी व्यवसायहरु सञ्चालन गर्ने उहाँको प्रतिवेदनमा उल्लेख छ ।
शीर्षक अनुसारको कर्जा लगानीको अवस्था, २०८० साल असार मासान्तको वासलात पूँजी तथा दायित्व, सम्पति तथा जायजेथा, शीर्षक अनुसार निक्षेपकारोबार, निक्षेपको प्रकार र व्याज विवरण, आर्थिक वर्ष ०८०/०८१ को अनुमानित पूँजीगत बजेट, आर्थिक वर्ष २०८०/०८१ को बैंकिङ तर्पmको अनुमानित आम्दानी तथा खर्च र संस्थाका भावी कार्यक्रमहरु प्रतिवेदनमा समेटिएको छ । थप कुखुरा पालन तथा मेची मिट मार्टको बिक्री केन्द्र थप गर्ने , अनुदान माग गर्ने कर्मचारी तथा बजार प्रतिनिधि थप गर्ने र विधान संशोधनलाई भावी कार्यक्रमका रुपमा प्रस्तुत गरिएको छ ।
कार्यक्रममा संस्थाका लेखा समिति संयोजक दुर्गाबहादुर लुइटेलले लेखा समितिको आर्थिक वर्ष २०७९/०८० वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । अघिल्लो साधारण सभाको निर्णयहरुको कार्यान्वयनको अवस्था,आर्थिक वर्ष २०७९/०८० मा बसेको सञ्चालक समितिको बैठक संख्या, निर्णयहरु र निर्णयहरुको कार्यान्वयनको अवस्था , ऋण लगानी प्रक्रिया, ऋण वापतको सुरक्षण वा धितो सम्बन्धी व्यवस्था, सहकारी विभागबाट जारी गरिएका मापदण्डहरुको पालना सम्बन्धि संक्षिप्त विवरण, सहकारी कार्यालय, विभागवा सम्वन्धित संघले अनुगमन गरी दिइएको प्रतिवेदन अनुसारका निर्देशन/सुझावहरु कार्यान्वयन सम्बन्धि विवरणहरु, पदाधिकारीहरुको पारिश्रमिक, भत्ता र अन्य सुविधाहरुको विवरण , कर्मचारी प्रशासन सम्बन्धी व्यवस्थाहरु व्यवस्थापक, कार्यालय सहायक, फिल्ड कर्मचारीहरु, लेखा समितिले यस अघि दिइएका प्रतिवेदन बमोजिमका सुझावहरुको कार्यान्वयनको अवस्था, लेखा समितिले उल्लेख गर्न चाहेका अन्य विवरणहरु र लेखा समितिको सुझावहरु प्रतिवेदनमा समेटिएको छ ।
साधारणसभाको उद्घाटन सत्रमा नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि का अध्यक्ष ठाकुरप्रसाद शिवाकोटी, संस्थाका संस्थापक अध्यक्ष नारायणप्रसाद प्रसाई, मेचीनगर नगरपालिकाका सहकारी विभाग प्रमुख दीपेन्द्र कार्की, ह्चारी संघका केन्द्रीय सदस्य बोधाज निरौला, मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । संस्थाका व्यवस्थापक अनिता गुरागाईँले सञ्चालन गर्नुभएको उद्घाटन सत्रमा सहभागी सबैलाई उपाध्यक्ष राजकुमार पराजुलीले शब्दमार्फत स्वागत गर्नुभयो ।