१५ माघ, मेचीनगर : झापाको मेचीनगर नगरपालिका —१४ स्थित दुहागढीमा रहेको बाल सुबोधिनी माध्यमिक विद्यालयले आफ्नो ५६ औँ वार्षिकोत्सव सोमबार विविध कार्यक्रम गरी मनाएको छ ।
साँस्कृति कार्यक्रम, अभिभावक, शिक्षक, कर्मचारी सम्मान, मार्चपास, खेल प्रदर्शनिसहित विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । विद्यालय परिसरमा आयोजित मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेती प्रमुख अतिथि रहनु भएको कार्यक्रममा यसवर्षको वर्षाेत्कृष्ट शिक्षकका रुपमा खगेन्द्र न्यौपाने र पवित्रा दाहाललाई सम्मान गरियो । यसैगरी, उत्कृष्ट कर्मचारीका रुपमा रोहित राजवंशी सम्मानित हुनुभयो ।
उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख उप्रेती,विशिष्ट अतिथिहरु मेचीनगर—१४ नम्बर वडाका वडाध्यक्ष बाबुलाल सुब्बा,शिक्षक महासंघ कोशी प्रदेश अध्यक्ष तथा धुलावारी माविका सहायक प्रधानध्यापक तेजप्रसाद चौलागाईँलगायतले अविर टीका पहिर्याएर सम्मान पत्र प्रदान गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य शंकरलाल राजबंशीको अध्यक्षतामा भएको कार्यक्रममा शर्मिला बिर्जा, निरा फूयाँल, बीना कार्की राजवंशी, अञ्जु लिम्बु, दीपा राजवंशी र नुरसैना खातुनलाई उत्कृष्ट अभिभावकका रुपमा सम्मान गरिएको थियो । विभिन्न प्रतियोगितामा सहभागी भएर उत्कृष्ट विचार प्रदान गरेको भन्दैं वक्तृत्वकलाका उत्कृष्ट विद्यार्थीका रुपमा रमेश नेपाललाई सम्मान गरियो । सवैलाई प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख,विशिष्ट अतिथिहरुले अविर टीका पहिर्याएर सम्मान पत्र प्रदान गर्नुभयो ।
एसईईमा उत्कृष्ट अंक प्राप्त गर्ने केलिना भुजेल,रिङ्कु खड्का, समिर दर्जी र वर्षाेत्कृष्ट छात्रतर्फ कक्षा ८ का अनिल खड्कालाई नारायणप्रसाद एवम् तुलसादेवी स्मृति पुरस्कार प्रदान गरियो । पुरस्कारको राशी जनही चार÷चार हजार रुपैयाँसहित सम्मान पत्र रहेको छ । रघुनाथ स्मृति अक्षयकोषबाट मनिका रावजंशी, जेनिस भट्टराई र एलिसा चौधरी सम्मानित तथा पुरसकृत हुनुभयो । पुरस्कारको राशी जनही दुई हजार पाँचसय रुपैयाँसहित सम्मान पत्र रहेको छ ।
जनही नगद दुई÷ दुईहजार रुपैयाँसहित सम्मान पत्र रहेको देवीप्रसाद–नैनकला अक्षयकोषबाट प्रविन बस्नेत, आलोक भुजेल, सन्ध्या हस्दा र रेजिना खातुनलाई सम्मान तथा पुरस्कृत गरियो । रामप्रसाद–शिवमाया अक्षयकोषबाट लक्ष्मण डाँगी, मोनिका न्यौपाने, सुभम थापा र फुर्मित तामाङ पुरस्कृत हुनुभयो । पुरस्कारको राशी जनही नगद दुई÷ दुईहजार रुपैयाँसहित सम्मान पत्र रहेको छ । रञ्जना कन्दङ्वा स्मृति अषयकोषबाट १६ जना विद्यार्थी पुरस्कृत र सम्मानित हुनुभयो । जनही नगद एक÷ एकहजार रुपैयाँसहित सम्मान पत्र रहेको उक्त पुरस्कार बन्दना लिम्बु, युक्ता चम्लागाईँ, एलिजा राजवंशी, ईल्सा लिम्बु, नेहा भुजेल, योजना फूयाँल, प्रतिमा अधिकारी, विनिसा रजवंशी, कल्पना फूयाँल, भिमा बुढाथोकी, लक्ष्मी विक, सुरेखा समरिया, नाजिया खातुन, योञ्जना रिमाल, रिना पौडेल, मोनिका खतिवडालाई प्रदान गरिएको थियो ।
यसैगरी, जयप्रसाद–राधादेवी अक्षयकोषबाट उषा लिम्बु, अनमोल सेडाईँ, सोहन विर्जालाई पुरस्कृत गरियो । पुरस्कारको राशी जनही नगद नगद दुई÷ दुईहजार रुपैयाँसहित सम्मान पत्र रहेको छ । जनही नगद एकहजार पाँचय र सम्मान पत्रको हिमादेवी अक्षयकोषबाट विद्या सिहं र रमेश नेपाल पुरस्कृत हुनुभयो । रमेशकुमार स्मृति अक्षयकोषबाट समिक्षा काफ्ले, विनिता निरौला, कविर राजवशी, निशिका चौधरी, मदन सुवेदी, शान्तु गुरुङ, नितेश कार्की, धिरज राजवंशी, जोन सिञ्च्युरी र नविल हवारी पुरस्कृत हुनुभयो । पुरस्कारको राशी जनही नगद एक÷ एकहजार रुपैयाँसहित सम्मान पत्र रहेको छ । पुरस्कृत विद्यार्थीहरुलाई प्रमुख अतिथि विशिष्ट अतिथि सम्बन्धित अक्षयकोष स्थापनाकर्ता तथा संरक्षकहरुले पुरस्कार प्रदान गर्नुभएको थियो ।
उद्घाटन सत्रमा कोल्दैं प्रमुख अतिथि मेचीनगर नगरपालिकाकी उपप्रमुख उप्रेतीले मेची नगरपालिकाको शिक्षा नियमावलीलाई संशोधन गरेर संकटमा परेका विद्यालयलाई मर्च गरेर जाने स्पष्ट पार्नुभयो । यसका लागि विज्ञ र शिक्षकहरुका संघ संगठनहरुसँग परामर्श र छलफल गर्ने बताउनुभयो ।
बाल सुबोधिनी माध्यमिक बिद्यालय आफैमा अब्बल र छुट्टै एउटा उदारहणीय विद्यालयको रुपमा पहिचान बनाउन सफल भएको भन्दैं यसलाई निरन्तर कायम राख्न सुझाँव दिनुभयो ।
नगरभित्र सञ्चालनमा रहेका प्रायः विद्यालयमा शिक्षक दरबन्दीलगायतका अनेक समस्या रहेको र यसबाट स्थानीय सरकार जानकार रहेको हुँदा क्रमस समाधानतर्फ लाग्ने बताउनुभयो । विद्यालयको भौतिक पूर्वाधार विकास र शैक्षिक गुणस्तर सुधारमा स्थानीय सरकार लागि परेको उहाँको भनाई थियो ।
नेपालको संविधानले गुणस्तरीय शिक्षा र स्वास्थ्य हरेक नागरिकको नैसर्गिक अधिकारको रुपमा स्पष्ट उल्लेख गरेकाले हरेक बालबालिका शिक्षाको उज्यालो घामबाट बञ्चित हुन नहुने उहाँले स्पष्ट पार्नुभयो । गुणस्तरीय एवम् सर्वसुलभ उच्च शिक्षा विद्यार्थीको पहिलो रोजाई रहेको भन्दैं उहाँले हरेक शैक्षिक संस्थाले गुणस्तरीय शिक्षामा लाग्नुपर्ने बताउनुभयो । उत्पादन एवम् उद्यमशिलता अभिवृद्घिमा टेवा पुगोस भनेर शिक्षालाई सीपसँग जोड्ने अभियान अब हरेक शैक्षिक संस्थाले शुरु गर्नुपर्ने विचार राख्नुभयो । कार्यक्रमका विशिष्ट अतिथि शिक्षक महासंघ कोशीका अध्यक्ष तेजप्रसाद चौलागाईंँले मेचीनगरभित्र शिक्षक दरबन्दीको समस्या हल गर्न सके विद्यार्थीको पठनपाठन र सामूदायिक विद्यालयको विकाससँगै संस्थागत विद्यालयसँग प्रतिस्पर्धामा फड्को मार्न सक्ने बताउनुभयो । विशिष्ट अतिथिहरु मेचीनगर—१४ नम्बर वडाका वडाध्यक्ष बाबुलाल सुब्बाले वडा सरकार विद्यालयको साथमा रहेको र विद्यालयको शैक्षिक सुधारमा सधै लागि रहने बताउनुभयो ।
प्रधानाध्यापक विश्व थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गदैं विद्यालयको विगतदेखि वर्तमानसम्मको अवस्थाका बारेमा विचार राख्नुभयो । विद्यालय व्यवस्थापन समितिका सदस्य लोकेश्वर चौधरी र विद्यार्थी मोनिका न्यौपानेले शब्दमार्फत स्वागत र राष्ट्रिय गीतमा नृत्य गर्दैं विद्यार्थीले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक पदमप्रसाद मिश्रले गर्नुभएको थियो । विद्यालयका शिक्षक शिक्षिको नृत्य, कक्षा नर्सरी, केजीदेखि देखि १० सम्मका विद्यार्थीहरुले कक्षगत प्रस्तुत दिएका थिए । उनीहरुले बाल गीत, राइम्स गीत, तेक्वान्दो पुम्सेलगायतका कला प्रस्तुत गरेका थिए । शिक्षक अभिभावक संघका सदस्य पुष्पा गौतमले नृत्य प्रस्तुत गर्नुभएको थियो । स्काउटको नेतृत्वमा तेक्वान्दो खेलाडीसहित विद्यार्थीहरुले मार्चपास गरेका थिए ।