मेचीनगरआलइन दोस्रो वर्षमा प्रवेश

१४ फागुन, मेचीनगर : पाउ पाथिभर सञ्चार प्रा.लि.को ब्यानरमा गतवर्षबाट सुरु भएको मेचीनगरआलइन आजबाट दोस्रो वर्षमा प्रवेश गरेको छ ।

गतवर्ष फागुन १४ गते धुलाबारी स्थित मेची उद्योग वाणिज्य संघको सभा हलमा मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीको बाहुलीबाट शुभारम्भ भएको थियो ।

खोजमुलक र ताजा समाचारहरु अनलाइनको माध्यमबाट पढ्ने पाठकहरुको रुचीलाई ध्यानमा राखि सञ्चालन गरिएको मेचीनगर अनलाइनमा छोटो समयमा धेरै पाठकहरु माझ जोडिन सफल भएको छ । व्यवसायीक पत्रकारितालाई शिरमा राखेर स्थानीय समाचारलाई बढी प्राथमिकता दिइरहेको छ ।

सबै राजनीतिक दल, पेशा, व्यवसाय, धर्म संस्कृति, भाषाभाषी, जातजाति, क्षेत्र, वर्ग, लिंग लगायतका समाचारहरुलाई समावेशी ढंगबाट प्राथमिकतामा राखेर प्रकाशन प्रसारण गर्दै आएको अनलाइनका सम्पादक एवम् सञ्चालक अर्जुन कार्कीले जानकारी दिए ।

संघीय लोकतान्त्रिक गणतन्त्रमा सुशासनको परिकल्पना, विकास, समाजमा हुने रुढीवादी प्रथालाई हटाउन र भ्रष्टचार विरुद्ध निरन्तर खबरदारी गर्ने अभियान जारी रहेको सम्पादक कार्कीको भनाई छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.