३० फागुन, मेचीनगर : झापाको मेचीनगर नगरपालिका मेचीनगर नगरकार्यपालिकाको दोस्रो नगरसभाको चौथो अधिवेशन बुधबारबाट शुरु भएको छ । नगरपालिकाको सभाहलमा मेचीनगर नगरकार्यपालिकाको दोस्रो नगरसभाको चौथो अधिवेशन कार्यक्रमका अध्यक्ष नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले गर्नुभएको थियो । २०७९ साल बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन पश्चात जनप्रतिनिधी आएपछिको यो दोस्रो नगरसभाको चौथो अधिवेशन हो ।
कार्यक्रममा सशर्त अनुदान, विशेष अनुदान, प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रम सशत को उहाँले विभिन्न उपशीर्षकमा संघीय सरकारबाट हस्तान्तरित अनुदान समपुरक अनुदान स्वरुप बजेट प्राप्त भएको छ भने वडागतरुपमा विनियोजन गरिएको बजेट प्रस्तुत गर्नुभएको थियो ।
हाल सम्मको वित्तिय प्रगति विनियोजनतर्फ चालु खर्च ८३ करोड ८७ लाख ६४ हजार ५२ रुपैयाँ २४ पैसा, पूजीँगत खर्च ५१ करोड ७६ लाख ९६ हजार ५ सय २ रुपैयाँ ७६ पैसा तथा वित्तिय व्यवस्थातर्फ २५ लाख रुपैयाँ रहेको उपप्रमुख उप्रेतीले जानकारी गराउनुभयो ।
विनियोजनतर्फको कुल रकम १ अर्ब ३५ करोड ८९ लाख ६० हजार ५ सय ५५ रुपैयाँ र खर्च भएको रकम ४६ करोड १० लाख३९ हजार ७६ रुपैयाँ १४ पैसा घटाउँदा मौज्दात ‐बाकी) रकम ८९ करोड ७९ लाख २१ हजार ४ सय ७८ रुपैयाँ ८६ पैसा रहेको छ ।
कार्यालयको क्षेत्र/उपक्षेत्र अन्तर्गत आर्थिक विकाश शाखातर्फ वार्षिक बजेट ७ करोड ५ लाख ६७ हजार ६ सय ६९ रुपैयाँ ९३ पैसा मध्ये ७६ लाख ७५ करोड ७ सय १६ रुपैयाँ वा १० दशमलव ८८ प्रतिशत खर्च भई ६ करोड २८ लाख ९१ हजार ९ सय ५३ रुपैयाँ ९३ पैसा मौज्दात रहेको छ ।
यसैगरी, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा यो अवधिमा कुल ११ लाख ४० हजार १ सय २० रुपैयाँ वा ५ दशमलव ११ प्रतिशतमात्र खर्च भई २ करोड ११ लाख ५६ हजार ८ सय ८० रुपैयाँ मौज्दात रहेको यस नगरसभामा जानकारी गराउँनुभयो । चालु आर्थिक २०८०/०८१ का सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा कुल २ करोड २२ लाख ९७ हजार रुपैयाँ विनियोजन गरिएको थियो ।
साथै चालु आर्थिक वर्ष २०८०/०८१ का प्रमुख नीति तथा कार्यक्रमहरु कार्यन्वयनका लागि निरन्तरता दिइने काम भईरहेको पनि नगरसभामा जानकारी गराउनु भयो । नगरपालिकाको यस अघिको दोस्रो नगर सभाले नीतिगत निर्णयहरु गरी हामीलाई महत्वपूर्ण जिम्मेवारीहरु सुम्पेकोमा यस वीचमा नगरपालिका उल्लेख्य प्रगति हासिल गर्ने लक्ष्य तर्फ अघि वढिरहेको छ ।
प्रमुख प्रशासकीय अधिकृत तथा नगर सभाका सचिव अग्निप्रसाद अधिकारीले अधिवेशनका विषयमा सहभागी नगर सदस्यहरुलाई जानकारी गराउनुभएको थियो । आगामी चैत ७ गते पुनः बैठक बस्ने गरी बुधबारको सभा स्थगन गरिएको नगर प्रमुख तथा सभाका अध्यक्ष गोपालचन्द्र बुढाथोकीले जानकारी गराउनुभयो । सभामा वडानम्बर ७ का वडाध्यक्ष प्रल्हादमणि ओलीले विचार राख्नुभएको थियो ।