एउटा हार्मिनियम
एउटा बैँस ढ्ल्कदै गरेको मान्छे,
सुमधुर धुन !
अनेकौं मानिस विद्या आर्जनमा लालइत
अनि
विद्यालय डोर्याउन तयार सर !
बुद्धिनाथ सर !
कति जानेका थिए थाह भएन
चाइने जति सिकाए यो पक्का हो !
भर्खर बस्तै गरेको बस्तिमा
खुसुक्क धुन बज्दथ्यो
मानिस एकाग्र हुन्थे
समाज बन्दैथियो !
क, ख …..पढ्ने मेलो मिलाउदै थिए
१, २….. सिकाउदै थिए
गाउँ सिक्दै थियो,
सिकाउने सर बुद्धिनाथ सर !
आरोह आवरोह चल्छ नै जिन्दगीमा
हर बिघ्नका तगारा सके जति भत्काउदै
सर बुद्धिनाथ सर !
पढेर पढाए कि पढ्नु पर्छ भनेर पढाए
तर पढाए !
आजको शिक्षित काँकरभिट्टा
नमन गर्दैछ सरलाई
त्यो हार्मोनिएम पनि रुन्चे सुर निकाल्दै होला
काँकरभिट्टा रोएको बेला !
सर अब सम्झनामा ……!
अनि कति कति सम्झना मानसपटलमा
भुरा भुरी पढाएको
उमेरले हुर्किएकालाई शिक्षाले सवारेको
हार्मुनिएमको धुनमा संस्कृति सिकाएको
स्वावलम्बी काँकरभिट्टा आज
हार्दिक श्रद्धाजली भन्दैछ
मन हिक हिक्कएर !
सरको आत्माले शान्ति पाओस !
समग्र काँकरभिट्टा बासीको तर्फबाट
श्रद्धाका सुमन सहित हार्दिक श्रद्धाञ्जली !!