१४, वैशाख मेचीनगर : झापा मेचीनगर नगरपालिका—८ सुनगाभा टोलका ४३ वर्षीय तीर्थराज तामाङ्गको दुईसाताअघि साउदीमा मृत्यु भयो । तर गत वैशाख १ गते मृत्यु हुनुभएका उहाँको अहिले सम्म पनि शव नेपाल ल्याउन सकिएको छैन् । जसले गर्दा परिवारमा झनै निराशा थपेको छ । उहाँकी श्रीमती तारा तामाङले आफ्नो श्रीमानको शव नेपाल ल्याईदिन सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ ।
२२ वर्षदेखि मृतक तामाङ वैदेशिक रोजगारीका लागि साउदी जादैं आउँदैं गर्नुभएको थियो । पछिल्लो समय उहाँ २०७९ वैशाखतिर घर आएर पुसमा पुनः साउदी फर्कनु भएको उहाँका भाञ्जा राजु तामाङले जानकारी दिनुभयो । इरानको सेनाले इजरायलमा ड्रोन र मिसाइल आक्रमणका बखत डिउटीका क्रममा बम लागेर तीर्थराजको मृत्यू भएको परिवारजनले जनाएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनी गुट्रेसले इरानले इजरायलमाथि गरेको आक्रमणको कडा निन्दा गरीसक्नु भएको छ । मृतक तामाङ भेडाका लागि आवश्यक दानापानी गोठ गोठमा पुर्याउने सवारी चालक हुनुहुन्थयो ।
नेपालमा रहेका उहाँको परिवारसँग २ गते सम्पर्क नआएपछि खोजतलास गर्ने क्रममा एउटै कम्पनिमा काम गर्ने मृतकका साथीसँग सम्पर्क गरी बुझ्न लगाईएको थियो । ३ गते बेलुका एकजना भारतीय नागरिकले मृतकका आमालाई हिन्दी भाषामा भ्वाईस म्यासेज पठाएपछि यहाँको परिवारले घटनाका बारेमा जानकारी पाएको थियो । ४ गते विहान उनै भारतीय नागरिकलाई सम्पर्क गर्दा वैशाख १ गते नेपाली समय अनुसार बिहान साढे ९ बजे मरेको अप्रत्यक्षरुपमा खवर आएको र पछि बाट मृत्यू भएकै पुष्टि भएको परिवारजनले जनाएको छ । मृत्यूको खवरसँगै तामाङ परिवारमा न भोक छ न निद्रा ।
गाउँमा नजिकिँदै गरेको नयाँ वर्ष र चैते दसैँको रौनकता बढ्दै थियो । नयाँवर्षको तयारी गरिरहेका बेला तारा आफ्नो पतिको मृत्यूको खवर सुन्न साथ छांगाबाट खसे झै हुनुभयो । मेचीनगर नगरपालिका कार्यपालिका सदस्य चित्रकुमार धिमालले उहाँको मृत्यूको खवरले गाउँ पुरै शोकमा डुबेको बताउनुभयो । ‘गाउँ पुरै शोकमा डुबेको छ, स्थिती एकदमै भयावह छ,’ उहाँले भन्नुभयो ‘मृतकका परिवारलाई भेटेर सान्त्वना दिने काम भइरहेको छ ।’ उहाँले शब ल्याउन जति ढिला ग¥यो, पीडा त्यति धेरै लम्बिने बताउनुभयो ।
घरको आर्थिक अबस्था कमजोर भएपछि रोजगारीको खोजी गर्दै साउदी जानु भएका उहाँको मृत्यु भएपछि परिवारको पनि बिचल्ली भएको छ । ‘घरको आर्थिक अवस्था कमजोर भएपछि बिदेश जानुभयो’ श्रीमती ताराले दुखेसो पोख्नुभयो ‘ तर उहाँको नै मृत्यु भएपछि अब छोराछोरीको पालपोषणदेखि शिक्षामा समेत समस्या र झनै बिचल्लीमा परिवार परेको छ । समयमै शब घरसम्म ल्याउन नसक्दा झन समस्यामा परेको छ ।’ अब नानीबाबुहरुलाई कसरी पढाउने, घरखर्च कसरी चलाउने,भन्ने पिरलो थपिएको उहाँले दुखेसो पोख्नुभयो । मृतक तामाङका एकजना २० वर्षका छोरा मनोज तामाङ र एकजना १७ वर्षका छोरी श्रृष्टिका तामाङ हुनुहुन्छ । आमा बृद्ध हुनुहुन्छ । घटना भएदेखि नै उहाँको घरमा रुवाबाँसी छ । परिवारका आँखा ओभाएका छैनन् । मानिसहरुको आउँजाउँ छ । बिहानदेखि मानिसहरु आउने गर्छन् । तामाङ परिवारलाई सम्झाउने, बुझाउने र सान्तवना दिने गर्दछन् । आज सुनगाभा टोल पुरै शोकमग्न छ ।
आफ्नो पतिको शब ल्याउन स्थानीय सरकारदेखि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसम्मलाई पटक पटक आग्रह गरिएको र शव ल्याउन आवश्यक प्रक्रिया शुरु भएको बताईएको छ । ‘उहाँको शब नेपाल ल्याईदिन स्थानीय सरकार मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले सम्बन्धित पक्षसँग आग्रह गदैं घटनाका विषयमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई जानकारी गराउदैं शव नेपालसम्म ल्याउनका लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो । परराष्ट्र मन्त्रालयदेखि दुतावाससम्म आवश्यक प्रक्रिया सुरु भएको भाञ्जा राजुले जानकारी दिनुभयो ।