मेचीनगरमा वित्तिय साक्षरता र मनोसामाजिक परामर्श २१ हप्ते कक्षा समापन : वैदेशिक रोजगारीमा जानुअघि आवश्यक कागजातमा ध्यानदिनुपर्नेमा जोड

२४ वैशाख, मेचीनगरः झापाको मेचीनगर नगरपालिकाका विभिन्न वडामा सञ्चालित वैदेशिक रोजगारमा रहेका व्यक्तिहरु र उनीहरु र परिवारहरुलागि लक्षित वित्तिय साक्षरता र मनोसामाजिक परामर्श २१ हप्ते कक्षा नगरका तीनवटा वडामा आइतबार समापन भएको छ । मेचीनगरको वडानम्बर ९, ७, ६ र १ मा २१ हप्ते कक्षा सञ्चालन भएपनि वडानम्बर १ बाहेक तीन वटा वडाको कक्षा समापन भएको हो ।

यसअघि नगरको वडानम्बर १३, १४, १५ तथा वडानम्बर ४ को विभिन्न टोलमा यो कक्षा सञ्चालन थियो । सुरक्षित आप्रवास परियोजना सामीको विभिन्न चरण अन्तर्गत वैदेशिक रोजगारीमा रहेका व्यक्तिका परिवारहरुकालागि सञ्चालन गरिने वित्तिय साक्षरता र मनोसामाजिक परामर्श कक्षा समापन समारोहका प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले

वित्तिय साक्षरताको महत्वका बारेमा बोल्दैं मानिसले पैसा वा उस्को आफ्नो धन दौलत र सम्पतिको सही उपयोग भएको छ भने उ सुखी भविष्यको बाटोतर्फ लाग्ने स्पष्ट पार्नुभयो । रोजगारको अवसर खोज्दैं हरेक मानिस विदेशिनु उस्को बाँध्य भएको र वैदेशिक रोजागरी र विप्रेषणको प्राप्तिले घरपरिवार, समाज, तथा राष्ट्रमा नै विभिन्न प्रकारका सकरात्मक प्रभाव परिरहने उहाँले बताउनुभयो । अहिले झापाको मेचीनगर, भद्रपुर र दमक नगरपालिका तथा गौरीगञ्ज गाउँपालिकामा यो परियोजना सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो ।

वित्तिय साक्षरताले पैसाकोसही उपयोग गर्न सिकाउने, आधारभूत आवश्यकता र चाहानाको फरक छुट्टयान सहयोग गर्ने, आफ्ना अल्पकालीन तथा दीर्घकालीन आवश्यकताहरुको आधारमा लक्ष्य तथा योजना बनाउन सिकाउने, प्राप्त आम्दानीलाई उत्पादनमूलक तथा आम्दानीमूलक क्षेत्रमा लगानी गर्न सिकाउने उपयुक्त वित्तिय सेवा छनोट गर्न क्षमता अभिवृद्घि गर्ने, आम्दानी बढाउँदैं लैजना उत्साहित गर्न र जोखिम पहिचान र व्यवस्थापन गर्ने उपायहरु समेत सिकाउने हुनाले वित्तिय साक्षरताको ठूलो महत्व हुने उपप्रमुख उप्रेतीको भनाई थियो । सामी परियोजना नेपाल सरकार र स्वीस सरकार बीच भएको द्विपक्षीय सम्झौता अनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा सञ्चालित रहेको उहाँले जानकारी गराउनुभयो । वैदेशिक रोजगारीबाट प्राप्त रेमिटेन्सले पारेको सकारात्मक प्रभाव र बिदेशबाट आएको पैसाको सहि ब्यवस्थापन गर्न नसक्दा त्यसले घर परिवार र समाजमा विकराल समस्या सिर्जना हुने गरेको उहाँको भनाई थियो । वैदेशिक रोजगारीबाट प्राप्त रेमिटेन्सको सही सदुपयोग हुन नसक्दा धेरैको पारिवारिक समस्या सिर्जना हुने गरेको छ ।

कक्षा समापन समारोहको अध्यक्षता गदैं मेचीनगर वडानम्बर —७ का वडाध्यक्ष प्रल्हादमणि ओलीले हरेक मानिसले हरेक कुराको महत्व बुझ्न जरुरी रहेको बताउनुभयो । मानिसले आफ्नो कमाईको आम्दानीलाई उचितरुपमा व्यवस्थापन गर्न सके आर्थिक संकटलाइ सहजै हल गर्न सकिने उहाँको भनाई थियो । वडाध्यक्ष ओलीले सिकेको सीपलाई ब्यवहारमा उतार्न आग्रह समेत गर्नुभयो । सातको १ दिन दुईघण्टा २१ हप्तासम्म सञ्चालन हुने कक्षामा सहभागीहरुलाई वित्तिय साक्षरता सहजकर्ता एवम् परियोजनाका मेचीनगर फोकल पर्सन प्रमि पाठक कट्टेल र मनोसामाजिक परामर्शकर्ता प्रतिभा राईले प्रशिक्षण दिनुभएको थियो । वित्तीय ब्यवस्थापनका बारेमा पाठक र मनोसामाजिकका बारेमा राईले प्रशिक्षण दिनुभएको थियो । वैदेशिक रोजगारीको क्रममा व्यक्ति स्वयम्ले वा परिवारका सदस्यले भोग्ने मनोसामाजिक समस्याहरू पहिचान गरी सो को निराकरणका लागि राईले मनोसामाजिक परामर्श उपलब्ध गराउनुभयो । सहभागीहरुलाई बैदेशिक रोजगारीमा जाँदा कागजी प्रक्रियामा ध्यान दिनु पर्ने कुराहरु, विदेशबाट प्राप्त रेमिटेन्सको सही ब्यवस्थापन, र मनोपरामर्शलगायतका विषयमा प्रशिक्षण दिएको थियो । २१ हप्ता सम्म चलेको तालिममा करिव ९० जना सहभागि थिए । समापन कार्यक्रममा सहभागीका तर्फबाट बविता मैनाली, ज्योती खरेललगायतले कार्यक्रम प्रभावकारी भएको अनुभव प्रस्तुत गर्नुभयो । कार्यक्रमको सञ्चालन सामीका सामाजिक परिचालन अधिकृत शेखर बुढाथोकीले गर्नुभएको थियो ।

वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित, उपलब्धिमुलक एवम् शोषणरहित बनाउन नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय सम्झौता अनुसार सुरक्षित आप्रवासन परियोजना नेपालमा सन २०११ देखी सञ्चालनमा आइरहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत नेतृत्व, प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको समन्वयमा सम्बन्धित स्थानीय तहहरूको व्यवस्थापन तथा कार्यान्वनमा यस परियोजनाका कार्यक्रमहरू सञ्चालनमा रहेको छ । हेल्भेटास नेपालले प्रभावकारी कार्यक्रम सञ्चालनका लागि प्राविधिक सहयोग उपलब्ध गराएको छ ।

वैदेशिक रोजगारीमा रहेका कामदार र कामदारका परिवारको उचित संरक्षण गर्ने, गन्तव्य मुलुकमा सुरक्षित र सम्मानजनक रुपमा काम गर्न सक्ने गरी कामदारलाई सूचना, सीप, परामर्श लगायतका सहयोग प्रदान तथा वैदेशिक रोजगारमा सम्वद्ध निकायहरुको क्षमता अभिवृद्धि मार्फत वैदेशिक रोजगारीका प्रतिफल बृद्धि गर्ने परियोजनको उद्देश्य रहेको वित्तिय साक्षरता सहजकर्ता प्रमि कट्टेलले जानकारी दिनुभयो ।

वैदेशिक रोजगारमा जाने सम्भावित कामदार, वैदेशिक रोजगारमा रहेका कामदार , वैदेशिक रोजगारबाट फर्केका कामदार तथावैदेशिक रोजगारमा रहेका कामदारका परिवारका सदस्यहरु लक्षित वर्ग हुन् ।

सुरक्षित वैदेशिक रोजगारीका लागि आवश्यक सुचना उपलब्ध गराउने, आवश्यकता अनुसार परामर्श प्रदान गर्ने, सामी परियोजनाद्वारा सञ्चालित खाना तथा आवास सहितको निःशुल्क सीप तालिमहरूबारे जानकारी दिने, सीपको महत्व तथा आवश्यकता बारे बताउने साथै सीपका लागि सिफारिश गर्ने, वैदेशिक रोजगारीका विभिन्न चरणमा समस्यामा परेकाहरूलाई न्यायको पहुँचमा पु¥याउने, ठगी, विदेशमा अलपत्र, विदेशमा मृत्यु भएकाको शव ल्याउने, आर्थिक सहायताको लागि सहजीकरण गरिदिने तथा वित्तीय साक्षरताः विप्रेषण प्राप्त गर्ने विशेषगरी महिला सदस्यहरू लक्षित वित्तीय साक्षरता कक्षा सञ्चालन गर्ने परियोजनाका मुख्य कार्यहरू रहेको बताइएको छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.