१७ असार, काँकरभिट्टा : महिलाहरुलाई आर्थिक रुपमा सबल र सक्षम बनाउन उनीहरुलाई आत्मनिर्भर बनाउनु पर्ने र आत्मनिर्भर बन्न सिप अनिवार्य सर्त भएको मेचीनगर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष ललितबहादुर तामाङ्गले बताउनु भयो । नारी विकास सिप केन्द्रद्वारा आयोजित एक महिने व्यवसायिक सिलाई कटाई तालिमको समापन कार्यक्रममा वडा अध्यक्ष तामाङ्गले महिलाहरुलाई आत्मनिर्भर बन्नलाई सहयोग गर्न वडा कार्यालय सदैव साथ रहेको वहाँले बताउनु भयो ।
यही गत जेठ १४ गतेबाट सुरु भएको तालिमको समापन समारोहमा नेपाल स्काउटका राष्ट्रिय शैक्षिक पद्धति आयुक्त(महिला विभाग) भूवन सुब्बाको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा वडा सदस्यद्वय ध्रुबकुमार राई र भविन्द्रराज सुब्बाको आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाका सहसचिव लक्ष्मी श्रेष्ठ, संस्थाका सञ्चालक सदसय रमा तामाङ्ग, संस्थाका संचालक सदस्य बिमला राईको उपस्थिति रहेका थियो ।
एक महिने व्यवसायिक तालिमको प्रशिक्षण प्रशिक्षक भवानी खड्काले दिनु भएको थियो । तालिमबाट १५ जना महिलाले एडभान्स तालिम प्राप्त गरी लाभांवित भएका छन् ।
संस्थाको उपाध्यक्ष रीता थापाको स्वागत मन्तव्य रहेको कार्यक्रमको अध्यक्षता संस्थाको अध्यक्ष मीनाकुमारी कटुवालले गर्नुभएको थियो भने संचालन संस्थाका कोषाध्यक्ष दुर्गाबहादुर लुइटेल गर्नुभएको थियो ।





























