२२ असार, मेचीनगर : परिवारमा सन्तानको जन्म भएपछि सवैभन्दा बढी कोह खुशी हुन्छन भने उस्का आमाबाबु नै हुन्छन । त्यसपछि अन्य परिवारका सदस्यहरु । बच्चा जन्मनु खुसीको कुरा हो । बच्चाकै कारण घरमा खुसी छाउने गर्छ । अझ बढि खुसी त त्यो समयमा हुन्छ जतिबेला घरमा एउटा मात्र हैन दुई—दुई वटा जुम्ल्याह बच्चाको आगमन एकैचोटि हुन्छ ।
झापाको मेचीनगर —१४ दुहागढीमा रहेको बाल सुबोधिनी माध्यमिक विद्यालय विभिन्न रचनात्मक कामले निक्कै चर्चामा छ । त्यस विद्यालयमा हरेक दिन फरक फरक र नयाँ कामको शुरु हुन्छ । जिल्लाका अन्य सामुदायिक विद्यालयहरु मध्ये यस विद्यालयले फरक रुपमा आफ्नो परिचयलाई स्थापित गरेको छ । त्यसकारण पनि प्रत्येक दिन जिल्लाभित्रका हुन या बाहिरका अन्य विद्यालयहरु बाल सुबोधिनीको सफल सिकाईका अनुभव आदान प्रदान गर्न भ्रमणका लागि वा अध्ययन अवलोकनका लागि अउने गरेका छन् ।
त्यस विद्यालयका शिक्षक शिक्षिकाहरुको सामूहिक नृत्यले होस वा विद्यार्थीहरुले विद्यालय परिसरमा लगाएको मौसम अनुसारको खेती, अनि दिवा खाजाका रुपमा कहिले सिमल तरुल र सुठुनीदेखि तीलका लड्डु होस वा खिर अनि असार १५ मा खान दही चिउरा, केरा, र कटहर तथा सामुदायिक विद्यालय भएपनि परीक्षाको परिणाम र पोशाकले निजी भन्दा कम नरहेकोलगायतका थुप्रै विषयले बाल सुबोधिनी माध्यमिक विद्यालय चर्चामा छ ।
पछिल्लो समय यो विद्यालय अर्काे एउटा कारणले अन्य विद्यालय, विद्यार्थी र शिक्षक शिक्षिकाका लागि मात्र होईन सर्वसाधारण र अभिभावकहरुका लागि पनि आर्कषणका रुपमा रहेको छ । त्यो हो त्यस विद्यलयमा अध्ययनरत पाँच जोडी जुम्ल्याह विद्यार्थीहरु । विद्यालयका प्रधानध्यापक विश्व थापाका अनुसार अहिले त्यस विद्यालयमा फरक फरक कक्षमा पाँच जोडी जुम्ल्याह विद्यार्थी अध्ययनरत छन् । अध्ययनरत विद्यार्थीहरुमध्ये निशान घिमिरे, र निर्जल घिमिरे, गंगा डाँगी र लक्ष्मण डाँगी तथा गंगा घिमिरे र जमुना घिमिरेगरी तीन जोडी कक्षा ७ को अंग्रेजी माध्यमको सेक्सन ‘बी ’ मा अध्ययनरत छन् । निशान र निर्जल दाजुभाई हुन । गंगा र लक्ष्मण दिदी भाई, गंगा र जमुना दिदी बहिनी हुन् ।
आइसा र फिरोजा दिदी बहिनी हुन । उनीहरु नेपाली माध्यमको कक्षा ६ सेक्सन ए मा अध्ययनरत छन । त्यसैगरी, कक्षा १ मा अध्ययनरत गंगा र जमुना पनि दिदी बहिनी हुन् । यी पाँचै जोडीको रुची प्रायः समान छ । पढाईसँगै खेलकुदमा समेत उनीहरुको रुची रहेको प्रधानध्यापक थापा बताउनुहुन्छ । ‘ उनीहरुको हाउभाउँ चालचलन सवैको एकै प्रकारको भए पनि शिक्षण सिकाईमा समान छैन’ प्रधानध्यापक थापाले भन्नुभयो—‘कोहि अब्बल छन् त कोहि थोरै कमजोर छन् तर अन्य विद्यार्थीहरुको तुलनामा चाँहि नतिजा उत्कृष्ट नै छ । ’ जोडीमध्ये कोही एकजना विद्यालय नआउने भएमा दुवैजना आउदैनन् । विद्यालयमा सँगै बस्ने, हिडडुल गर्ने खाजा समेत सँगै खाने गर्ने गरेको प्रधानध्यापक थापा बताउँनुहुन्छ । उनीहरुको मुल्याङ्कन गर्ने क्रममा समेत शिक्षकलाई गाहे हुन्छ । शिक्षकलाई नाम थाहा भए पनि कुन विद्यार्थी हो भन्ने थाहा हुन गाहे हुने हुँदा उनीहरुलाई नाम भनेर उठाइन्छ र चिन्ने गरिन्छ । शिक्षकले नाम सोधेर मात्र चिन्ने गरिएको प्रअ थापाको भनाई छ । अन्य विद्यालयबाट अध्ययन अवलोकनका लागि आउने जो कोहिका लागि सवैभन्दा पहिला यी जुम्ल्याह विद्यार्थी नै रोजाईमा छन् । उनीहरु पनि जो कोहि सँग पनि खुलेरै बोल्छन् ।
जुम्ल्याह जन्मनुका कारणहरुमा सवै भन्दा पहिला वंशाणुगत गुण रहेको विज्ञहरुको भनाई छ । यदि परिवारमा कसैको बच्चा जुम्ल्याह छ भने उक्त परिवारमा फेरि जुम्ल्याह बच्चा जन्मने सम्भावना धेरै हुने महिला तथा प्रसुती रोग विशेषज्ञ डाक्टर ज्योतिकिरण राजकर्णीकारको भनाई छ ।
यस्तो सम्भावना प्राय आमा वा आमाको परिवारमा निर्भर रहन्छ । गर्भ बस्ने चक्कीको सेवन गर्नाले यो औंषधीको प्रयोग गर्दा महिलाको पाठेघरमा एक भन्दा बढि अण्डा निस्कने सम्भावना धेरै हुने गर्दछ । जब ती अण्डा लाखौ शुक्रकिटको सम्पर्कमा आाउँछ र ती लाखौं शुक्रकिट मध्ये एक दुईवटा शुक्रकिट उक्त अण्डाको सम्पर्कमा आएर विकसित हुन्छ । जसले गर्दा जुम्ल्याह बच्चा जन्मने सम्भावना बढि हुने बताईएको छ । टेष्टुयुब बेबी र आईभीएफ प्रविधि आईभीएफ इनभिट्रो फर्टीलाइजेशन प्रक्रिया अन्तर्गत बच्चा जन्माउँदा अण्डालाई बाअिर फर्टीलाईज गराएर पाठेघरमा हालिन्छ, जसले गर्दा पनि बच्चा जुम्ल्याह हुने सम्भावना धेरै हुने विज्ञहरुको भनाई छ ।