बाँदर आतंकका कारण मेचीनगरबासी हैरान

२४ असार, मेचीनगर : झापाको मेचीनगरमा दैनिकजसो हुने बाँदर आतंकले स्थानीयबासी हैरान भएका छन् । मेचीनगर नगरपालिका वडा नम्बर ५, ११ र १२ मा बाँदरले खेतबारीमा लगाएको बालीमा क्षति पु¥याउन थालेपछि स्थानीयवासी हैरान भएका हुन् । नजिकैको जंगललबाट ठूलो संख्यामा आउने गरेको बाँदरले मेचीनगरका विभिन्न वडाका गाउँ र बस्तीमा पसेर स्थानीयवासीको घरको अन्न तथा फलफूलसमेत खाइदिने गरेका कारण उनीहरु त्रसित बन्न थालेका छन् । पछिल्लो समय कोदोको खेती समेत किसानले गर्न छाडेका छन् । बादरले किसानले लगाएको कोदो खेतीमा क्षति पुर्यउान थालेपछि कोदो खेती गर्न छाडेको वडानम्बर—५ की तेजीमाया राउतले बताउनुभयो । मेचीनगर ५ घोडाजीन टोल विकास संस्थाका वासी बाँदर आतंकबाट बढी मारमा परेको एक रुपता महिला समूहका अध्यक्ष समेत रहनु भएका राउतको भनाई छ ।

किसानहरु खेतबारीको मात्र होइन बाँदरका कारण घरभित्र राखेको अन्नवाली समेत कसरी जोगाउने भन्ने चिन्तामा छन् । घर नजीकैको जंगलबाट गाउँ छिरेर बाँदरले अन्नबालीमा नोक्सानी पुर्याउन थालेपछि बाँदर आतंकका कारण गाउँ नै छाड्न बाध्य हुनुपर्ने अवस्थाको सिर्जना हुन् लागेको पीडितहरुको भनाई छ ।

‘गाउँको बीचमा भएको खेती मात्र होइन घरभित्र भण्डारण गरिएको अन्नवाली समेत जोगाउन नसकेर हैरान परिसक्यौँ, अब त गाउँ नै छाड्नुपर्ने अवस्था सिर्जना भएको र गाउँ छाड्नु बाहेक विकल्प छैन ।’ स्थानीय बन्धनध्वज राई बताउनुहुन्छ । बगैचामा लगाएका आप लिची कटहरलगायतका फलफूल समेत बाँदरले खाएर नष्ट गर्ने गरेका छन् ।

घरमा भित्र रहेको अन्नपात, फलफूल केही बाँकी नराखेर घर–घरमै भित्रै पसेर समेत खान थालेपछि स्थानीय बाँदर आतंकले गर्दा उत्पादन गर्न नपाएपछि बाँच्ने विकल्प नभएका कारण गाउँ नै छाड्ने अवस्थामा पुगेकोे वडा नम्बर —११ का बासिन्दा योगेश भट्राईको भनाई छ । कानूनले बाँदर मार्न पाइँदैन, बाँदरले स्थानीयलाई बाँच्न नदिए पछि अब सबै गाउँले मिलेर हेरालु राख्ने अभियान चलाउने स्थानीयवासीले सोच बनाएका छन् । बिहानदेखि बेलुकीसम्म बारीमा बसेर बाँदर हेर्दासमेत अन्न जोगाउन नसकिएको भट्टराईको भनाई छ । मेचीनगरका यी तीनवटा वडासहित अन्य वडाहरु लगायत नगरका अधिकाशं क्षेत्रमा बाँदरले सताउने गर्दछ ।

वनजंगलमा खानेकुरा नपाएपछि बाँदर बस्ती पस्न सुरु गरेको र घरभित्र पसेर खानेकुरा खाने गरेको गुनासो स्थानीयको छ । केही दिनअघि फाट्टफुट्टरुपमा देखिएको बाँदरको सख्या पछिल्लो समय हवात्तै वृद्धि भएको छ । गाउँमा बाँदरको संख्या बढे पछि अन्नबाली बचाउनै मुस्किल परेको स्थानीय रमा धिमालको भनाई छ । मेचीनगरकी स्थानीय हरिमाया कार्की भन्नुहुन्छ “साँझ बिहान ठूलो संख्यामा आउने बाँदरहरुले घरभित्र पसेर अन्न तथा फलफूलसमेत खाइदिने गरेका कारण आफूहरु हैरान भएका छौं“ । बाँदरले गाउँलेमाथि पनि आक्रमण गर्ने गरेको उहाँले बताउनुभयो । गाउँलेलाई बाँदरले दुःख दिन थालेपछि स्थानीय प्रशासन तथा प्रहरीसँग स्थानीयवासीले सुरक्षा मागेका छन् ।

स्थानीयको मुख्यः पेसा नै कृषि भएकाल बाँदरबाट बर्सेनि कृषि उपज नष्ट गर्ने कारण समस्या भएको उहाँको भनाइ छ । बाँदर नियन्त्रणका लागि देशका अन्य स्थानमा बाँदर धपाउने यन्त्र ल्याएको सुनेको भएपनि आफ्नो ठाउँमा चाँहि नपाएको स्थानीको भनाई छ । वडावासीले स्थानीय सरकार र डिभिजन बन कार्यालय झापालाई बाँदर नियन्त्रण गर्ने उपाय खोजी गर्न आग्रह गरेका छन् । बाँदरका कारण मेचीनगरको ७ र ८ नम्बर वडावासीसमेत प्रभावित भएकाले पीडित किसानको माग अनुसार बजेट व्यवस्था गरेर बाँदर नियन्त्रणका लागि योजना अघि सार्न स्थानीयले मेचीनगर नगरपालिकासँग माग गरेका छन् ।

डिभिजन बन कार्यालय झापाका डिभिजनल बन अधिकृत मेघराज राईले जिल्लामा बाँदर नियन्त्रणको लागि कुनै कार्यक्रम नभएको प्रतिक्रिया दिनुभयो । बाँदर नियन्त्रणको लागि अहिलेसम्म अपनाएका सबै उपाय दीगो नभएकोले कार्यालयले पनि कुनै ठोस कार्यक्रम नराखेको उहाँको भनाई छ । ‘नेपाल सरकारले हानिकारक जनावरको सूचीमा राखेका १४ वटा जनावारमा बाँदर पर्दैन’ डिभिजनल बन अधिकृत राईले भन्नुभयो—‘सूचीमा नपरेका जनावरबाट बालीनाली तथा मानवमा क्षति पुर्याए राहत दिने निर्देशिकामा उल्लेख नभए पछि बाँदरबाट पीडितले सरकारबाट कुनै पनि राहत पाउँदैनन् ।’

सरकारले हात्ती, अर्ना, बाघ, भालु चितुवा, ध्वाँसे चितुवा, अजिंगर, हिम चितुवा, गौरीगाई बदेललगायतका १४ वटा जनावरलाई हानिकारक जनावरको सूचीमा राखेको छ । बाँदर नियन्त्रणका लागि घरेलु विधि तथा पासो अप्नाउनु पर्ने राईको भनाई छ । तर,अन्य जनावरको तुलनामा बाँदर अलि बाठो हुने भएकाले पासो थापेको थाहा पाउने वित्तिकै वैकल्पिक मार्ग खोज्न थाल्ने उहाँको भनाई छ । अहिले पनि बाँदर पीडितहरु डिभिजन बन कार्यालयमा समस्या लिएर आउने गरेको उहाँको भनाई छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.