१५, असोज मेचीनगर : चाडपर्वको समयमा यात्रुलाई सहज र सुरक्षित यात्राका लागि झापा जिल्लाका अलग अलग छ स्थानमा यात्रु सहायता कक्ष कक्ष (हेल्प डेक्स) स्थापना गरिएको छ । मंगलबारबाट बसपार्क, मुख्य राजमार्ग तथा सहायक मार्गको विभिन्न स्थानमा सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । समस्यामा परेका यात्रु, चालक तथा सहचालक सबैले प्रारम्भिक जानकारी गराउने ठाउँ यात्रु सहायता कक्ष ‐हेल्प डेक्स) हो ।
जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, मातहतका प्रहरी कार्यालय तथा यातायात व्यवसाय सम्बद्ध संस्थासमेतको समन्वय र सहकार्यमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । सुरक्षित सडकको प्रत्याभूतिका लागि विभिन्न संघ सस्थाहरुको सहकार्यमा सञ्चालनमा ल्याइएका यात्रु सहायता कक्षको झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले उद्घाटन गर्नुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी नायव निरीक्षक पूर्ण गौतमका अनुसार मेचीनगर—६ स्थित काँकरभिट्टा बस टर्मिनल, अर्जुनधारा नगरपालिका—११ स्थित टेकबहादुर गिरी बसपार्क, विर्तामोड नगरपालिका—१ स्थित पश्चिम बस स्टेण्ड, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा मतहतका ट्राफिक प्रहरी कार्यालय दमक, चन्द्रगढी, ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टा बुधबारेलगायतक स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । काँकरभिट्टा बस टर्मिनलबाट विभिन्न स्थानका लागि लामो तथा छोटो दूरीका सवारी साधान छुटने गर्छन् ।
यात्राका क्रममा यात्रुलाई कुनै प्रकारको असहज वा असुरक्षित महसुस भएमा र सामान छुटेमा नजिकैको यात्रु सहायता कक्षमा सम्पर्क गर्नसमेत प्रहरीले अनुरोध समेत गरेको छ । यात्रुसहायता कक्षको शुभारम्भ गर्दै झापाका प्रमुख जिल्ला अधिकारी बास्तोलाले गन्तव्यमा हिँडेका यात्रुहरुलाई ठगीमा पर्नबाट यसले जोगाउने विश्वास व्यक्त गर्नुहुदैं हरेक स्थानको भाडा दर र समय यात्रु सहायता कक्ष ‐हेल्प डेक्स) मा अनिवार्य सवैले देख्ने गरी राख्न निर्देशन दिनुभयो ।
ट्राफिक र प्रहरीलेमात्र सहयोग गरेर यात्रुलाई सहज नहुने हुँदा सवारी धनी, चालक र यातायात कम्पनिले पनि पर्वका बेला सहजिकरण गर्नुपर्ने भन्दैं प्रजिअ बास्तोलाले पर्वका बखत हुन सक्ने दुघर्टनाका बारेमा सजेत हुन र सवैले टाफिक नियमको पालना गरेमामात्रै सहज तरीकाले पर्व मनाउन सकिने विषयमा गम्भीर भएर यात्रा गर्न र सवारी चलाउन पर्नेमा जोड दिनुभयो ।
प्रजिअ बास्तोलाले २४ सै घण्टा सेवा प्रदा गर्न, यात्रुहरको पूर्ण सुरक्षाको प््तयाभूति र जिल्लाभरि यातायात व्यवस्थापनमा समन्वय गरी यात्रु ठगिन नदिन र जुनसुकै सहयोगका लागि समन्वय गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
चाडपर्वमा हुने घटना लाई न्यूनीकरण गर्नको लागि, चाडपर्वमा हुने यात्रुहरुको तिव्र चापबाट घट्न सक्ने घटनाहरुलाई न्यूनीकरण गर्नको लागिलस्थापना गरिएको सहायता कक्ष हरेक यात्रु एवम नागरिकहरुको लागि पुर्णरुपमा सहजता बनाउन सवै लाग्नुपर्नेमा उहाँको जोड थियो । सवारी साधनमा अप्ठ्यारोमा परेका यात्रु र नागरिकहरुलाई यात्रु सहायता कक्ष र नागरिक सहायता कक्षमा सम्पर्क राख्न समेत उहाँले अनुरोध गर्नुभएको छ । यात्रु सहायता कक्षमा रहेका प्रहरी, यातायात मजदुर र ट्राफिकको सहयोगले ठगिनवाट जोगिएर सही गन्तव्यमा पुग्न मद्दत पुग्ने प्रजिअ बास्तोलाले विश्वास व्यक्त गर्नुभयो ।
यात्रा गरिरहँदा चोरी भएमा, सवारीसाधनले वृद्धवृद्धा, महिला, अपांगता भएकालाई दिनुपर्ने सहुलियत तथा सेवा नदिएमा,गन्तव्यमा पुर्याउन सवारीले ढिलाइ गरेमा जस्ता समस्या समाधान गर्न सहायता कक्षले सहयोग पुर्याउने उहाँको भनाई थियो ।
कार्यक्रमको अध्यक्षता गदैं जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले दसैँ–तिहार र छठ विशेष सुरक्षा योजना सुरु गरेको बताउनुभयो । दसैँ–तिहारमा यात्रु सहायता कक्षलगायत सञ्चालनसँगै विभिन्न क्षेत्रमा प्रहरी परिचालन गरिने बताएको छ । साथै, चाडपर्वलाई लक्षित गरी जिल्लामा एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट पनि जिल्लाका विभिन्न स्थान तथा राजमार्गमा सुरक्षा गस्तीहरू बढाइएको बताईएको छ । यात्रु सहायता कक्षको शुभारम्भ भएपछि गन्तव्यमा हिँडेका यात्रुहरुलाई ठगीमा पर्नबाट यसले जोगाउने विश्वास गरिएको छ ।
उहाँले चाडपर्वका बखत स्वदेश एवम् विदेशबाट यात्रा गर्ने यात्रुहरु ठगिन नपाउने व्यवस्था गर्न प्रभावकारी रुपमा यात्रु सहायता कक्ष सञ्चालन गर्ने निर्देशन दिनुभयो । यातायात व्यवस्था कार्यालय झापाका प्रमुख प्रेमप्रसाद सापकोटाले सबैले आ आफ्नो क्षेत्रबाट जिम्मेवारी पुरा गर्दा सवारी दुर्घटना न्यूनिकरण हुन सक्ने बताउनुभयो । कार्यक्रममा मेचीनगर नगरपालिका वडा नम्बर—६ का वडाध्यक्ष ललितबहादुर तामाङ, पूर्व मेची बस व्यवसायी प्रािलका निवर्तमान अध्यक्ष विष्णुकुमार श्रेष्ठ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष राजकुमार बस्नेत, मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाका अध्यष मुक्तिनाथ पौडेललगायतले बोल्नुभएको कार्यक्रमको सञ्चालन जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका ट्राफिक प्रहरी निरीक्षक गणेश पौडेलले गर्नुभएको थियो ।
सोहि अवसरमा लामो समयसम्म सडक सुरक्षा र अनुशासन कायम राख्दैं कुशल सावरी चालकका जिम्मेवारीमा इमान्दारिता र निष्ठापूर्वक सवारी चलाउने लामो तथा छोटो दुरीका युरो यातायात डिलक्सका चालक मेचीनगर —६ का गोपाल पौडेल र नागरिक यातायातका चालक मेचीनगर —१० का विष्णु सार्कीलाई सम्मान गरियो ।