मेचीनगरमा सिटी सफारीको सवारी दर्ता प्रमाण पत्र वितरण सुरु

२३ असोज, मेचीनगरः मेचीनगर नगरपालिकाले तीन पाङ्ग्रे ई– रिक्शा(सिटी सफारी) दर्ता प्रक्रिया अगाडि बढाए सँगै सफारीहरूको धमाधम दर्ता गरि सवारी दर्ता प्रमाण पत्र वितरण सुरु भएको छ ।

नगरपालिका क्षेत्राधिकारभित्र रहेका ई– रिक्साको व्यवस्थापन, दर्ता, नविकरण गर्ने जिम्मा प्रदेश सरकारले सम्बन्धित पालिकालाई हस्तान्तरण गरेपछि ऐन कार्यान्वयन गर्न मेचीनगरपालिकाले “ सिटी सफारी व्यवस्थापन सम्बन्धि कार्यविधि २०७९अनुसार दर्ता प्रक्रिया सुरु गरेको थियो ।

पहिलो चरण अन्तरगत कोशी प्रदेश सरकारले मेचीनगर पालिकालाई हस्तान्तरण गरेका दुईसय ५० वटा फायल (सिटी सफारी ) दर्ता गरि सवारी दर्ता प्रमाण पत्र प्रदान गरिने छ । मेचीनगरमा करीब एकहजार सिटी सफारी सञ्चालनमा छन् ।

लामो समयको मिहेनत र सम्बन्धित अनि सरोकारवालाहरूसँगको छलफल पछि मेचीनगर नगरपालिकाले बुधबार राजेशकुमार सुनुवारलाई सवारी दर्ता प्रमाण पत्र (ब्लु–बुक) हस्तान्तरण गरि सवारी दर्ता प्रमाण पत्र वितरण कार्य शुरू गरेको हो । नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेती , प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले संयुक्तरूपमा सुनुवारलाई सवारी दर्ता प्रमाणपत्र (ब्लु–बुक) हस्तान्तरण गरि सुरुवात गर्नुभएको थियो ।

अव्यवस्थित रूपमा रहेको ई– रिक्सा सवारी कार्यविधि अनुसार मात्र दर्ता गरि मेचीनगरका विभिन्न क्षेत्रमा चलाउन पाइने भएको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले बताउनुभयो । यसले गर्दा सिटी सफारी दर्ताका लागि अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य हुने स्थानीय तहमानै दर्ता नविकरण हुने उहाँको भनाई छ ।

अहिले मेचीनगरको मुख्य समस्यामा देखिएको ई– रिक्सा सवारी कार्यविधि बनेसँगै यातायात व्यवस्थापनमा सहजता हुने देखिएको छ । व्यवस्थित रूपमा लैजानलाई ई– रिक्सा दर्ता प्रक्रियामा नम्बरिङ पनि भएकाले ई– रिक्सा पहिचान गर्न ट्राफिक व्यवस्थापनमा सहजता हुने भएको छ ।

अव्यवस्थित रूपमा रहेको ई– रिक्सा सवारी कार्यविधि अनुसार मात्र दर्ता गरि मेचीनगरका विभिन्न क्षेत्रमा चलाउन पाइने भएको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले बताउनुभयो । अहिले मेचीनगरको मुख्य समस्यामा देखिएको ई– रिक्सा सवारी कार्यविधि बनेसँगै यातायात व्यवस्थापनमा सहजता हुने देखिएको छ । व्यवस्थित रूपमा लैजानलाई ई– रिक्सा दर्ता प्रक्रियामा नम्बरिङ पनि भएकाले ई– रिक्सा पहिचान गर्न ट्राफिक व्यवस्थापनमा सहजता हुने भएको छ ।

‘दर्ता नहुँदा मेचीनगरमा कति सिटी सफारी सञ्चालित छन् भन्ने एकिन विवरण नै पाइँंदैन । यसले ट्राफिक व्यवस्थापनमा पनि समस्या देखिएको थियो ’ उपप्रमुख उप्रेतीले भन्नुभयो —‘सिटी सफारी जथाभावी सञ्चालन हुँदा बजार अस्तव्यस्त बनेको छ भने अर्कातिरभाडादर पनि निश्चित नहुँदा यात्रुहरू ठगिएको गुनासो बढिरहेको छ । दर्ता नहुँदा दुर्घटनाका बेला झनै समस्या निम्तिने गरेको छ । यसको नियमनका लागि पनि कानूनअनुसार दर्ता हुनु आवश्यक छ ।’

अनुमति–पत्र विनै जसले पायो, त्यसले सञ्चालन गरिरहेको हुँदा यात्रुका लागि सिटी सफारी चढ्नु जोखिमपूर्ण थियो । यसले आमनागरिकलाई समस्या थपेको थियो । सहरमा छोटो दूरीको यात्रा सहज बनाउन भित्रिएका सिटी सफारी पछिल्लो समय सडक अस्त–व्यस्त बनाउने र दुर्घटनाको जोखिम बढाउने कारकका रूपमा देखिएका छन् । अझ स्थानीय तहले यसको दर्ता र नियमन नगर्दा समस्या थपिएको थियो । मेचीनगर नगरपालिकाले ऐन, कानूनबमोजिम सिटी सफारीलाई दर्ता प्रक्रियामा ल्याएर एउटा सकरात्मक सन्देश दिएको छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.