प्रेस क्लब मेचीनगरको अधिवेशन सम्पन्न : अध्यक्षमा प्रकाश पौडेल

७ फागुन, काँकरभिट्टा : प्रेस क्लब मेचीनगरको अध्यक्ष प्रकाश पौडेल सर्वसम्मत चयन भएका छन् ।

आज काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा आयोजित प्रेस क्लब मेचीनगरको १० औँ साधारणसभा तथा छैटौं अधिवेशनले पौडेललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

अध्यक्षमा निर्वाचित पौडेल प्रेस क्लबका क्रियासिल सदस्य एवम् प्रेस चौतारी नेपालका कोशी प्रदेश सदस्य हुन् ।

समितिको उपाध्यक्षमा उपाध्यक्षमा खगेन्द्र घिमिरे, महिला उपाध्यक्षमा मनिषा गौतम, सचिवमा प्रविण अधिकारी, सहसचिवमा नवराज सुवेदी र कोषाध्यक्षमा दिलीप थापा चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा सुजन प्रधान, भोला तिम्सिना, सेवन्ता घिमिरे, पुष्कर गुरागाईं रहेका छन् ।

कार्यसमिति सदस्यमा एक जना पछि थप गरिने निर्वाचन समितिले जनाएको छ । ११ सदस्यीय कार्यसमितिको कार्यकाल २ वर्षको रहने छ ।

अध्यक्षमा डम्बर बराल, प्रकाश पौडेल र जीआर धिताल, सचिवमा दिलिप थापा र प्रविण अधिकारी र कोषाध्यक्षमा पुस्कर गुरागाई र सुजन प्रधानले उम्मेदवारी दिएका थिए । सहमतिका आधारमा कार्यसमिति सर्वसम्मत भएको थियो ।
क्लबका पूर्व अध्यक्ष ज्ञानेन्द्र निरौलाको संयोजकत्वमा निर्वाचन समिति चयन भएको थियो । समितिको सदस्यमा शिशिर चौलागाई र प्रकाश उप्रेती रहेका थिए ।

सह सम्पादक प्रधान सदस्यमा
यस मेरो मेचीनगर डटकम अनलाइनका सहसम्पादक सुजन प्रधान प्रेस क्लब मेचीनगरको सदस्यमा चयन हुनु भएको छ । वहाँ प्रेस ब्लब मेचीनगरको संस्थापक सह सचिव समेत हुनुहुन्छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.