धुलाबारी : होलिवेल अंग्रेजी माध्यमिक विद्यालयले आफ्नो २४औं वार्षिक उत्सव बुधबार भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयको शैक्षिक उत्कृष्टता र विद्यार्थीको प्रतिभा प्रस्तुत गर्ने यो विशेष कार्यक्रम धुलाबारीस्थित टाउनहलमा आयोजना गरिएको थियो।
उत्सवका अवसरमा विद्यालयबाट एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान एवं पुरस्कृत गरिएको थियो। साथै, साना र ठूला कक्षाका विद्यार्थीहरूले एकल तथा सामूहिक नृत्य, गायन, झाँकी तथा विभिन्न क्षमताका प्रस्तुति दिएर कार्यक्रमलाई थप मनोरञ्जनपूर्ण बनाए।
कार्यक्रमको विशेष क्षणमा विद्यालयका संस्थापक स्वर्गीय अरुण प्रधानको सम्झनामा दीप प्रज्वलन गरिएको थियो।
समारोहको स्वागत मन्तव्य अध्यक्ष गोपाल बस्नेतले राखेका थिए भने कार्यक्रमको आकर्षक सञ्चालन चन्द्रमाया सिटौलाले गरेकी थिइन्।