लामोसमयपछि पाए अपाङ्गता भएका किशोरले नेपाली नागरिकता : २१ वर्षमा भए क्षितिज नेपाली

७ चैत, मेचीनगरः जिल्ला प्रशासन कार्यालय झापाले अपाङ्गता भएका एक किशोरलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गरेको छ । मेचीनगर नगरपालिका वडा नम्बर –३ दोकानडाँडाका २१ वर्षीय अपाङ्गता भएका क्षितिज राईलाई जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल, मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, मेचीनगर नगरपालिका वडा नम्बर –३ का वडाध्यक्ष हर्कबहादुर बस्नेत, जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत मोहनलाल पनेरुसहितको टोलीले बिहिबार साँझ उनको घरमै पुगेर नागरिकता प्रदान गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी नेपालले अपाङ्गता भएका व्यक्तिलाई कार्यालयसम्म आउन समस्या हुने भएकाले घरमै पुगेर नागरिकता प्रदान गरिएको बताए । विसं २०६० भदौ ६ गते जन्मिएका क्षितिज जन्मजात अपाङ्गता हुन् । बाबु विकास राई कहाँ छन् ? के गर्छन ? कुनै टुङ्गो छैन् आमा इन्द्रकुमारी लिम्बु वैदेशिक रोजगारीका लागि विदेश गए पनि लामो समयदेखि परिवारको सम्पर्कमा नभएको क्षितिजका मावली हजुरबुवा कुमार लिम्बुले बताए । उनका बुबा उनी अपाङ्ग भएको थाहा पाएपछि बेपत्ता भएको कुमारको भनाई छ । । आमा हाल बैदेशिक राजगारीका क्रममा कतारमा छिन् । उनलाई सानैदेखि हुर्काउने हजुरआमाको ४ वर्ष अघि निधन भएपछि क्षितिजको हेरचाह र पालनपोषणको जिम्मा समेत उनै कुमारको काँधमा छ ।

अति अशक्त, अपाङ्गता भएका क्षितिजको अवस्था निक्कै दयनीय छ । न कान सुन्छन न बोल्नै, न त आँखा नै देख्छन न राम्ररी खानपिन गर्न सक्छन । हिडडुल त उनको कल्पनादेखि निक्कै टाढाको कुरा हो । २०६० सालमा दोकानडाँडामै जन्मिएका उनी एउटा मुडाको साहरामा जीवन बिताउँदै आएका छन् । दिनभर मुडामा बसेर रेडियो सुन्ने क्षितिजको शरीरको कुनै पनि भाग चल्दैन ।

उनी १७ वर्ष पुगेपछि अपाङ्गतातर्फका सामाजिक सुरक्षा भत्ताका लागि कार्ड बनाइएको थियो । तर उनको उमेर र नेपाली नागरिकताले गर्दा बैंकको प्रक्रियाबाट खाता सञ्चालन हुन नसक्दा भत्ता पाउन सकेका थिएनन् । सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित हुनुपर्ने अवस्था थियो । नगरिकता नभएकै कारण उनी थुप्रै सरकारी सेवा सुविधाबाट उनी बञ्चित थिए । उमेर पुगेपछि राज्यको सेवा सुविधाबाट बञ्चित हुनु नपरोस भन्ने उद्धेश्यले स्थानीय सरकार मेचीनगर नगरपालिकाले उनको नागरिकताका लागि निक्कै अघिदेखि पहल गरेको थियो ।

पटक पटक पहल गर्दासम्म क्षितिज नागरिकता प्राप्त गर्नबाट बञ्चित भए । पछिल्लो पटक स्थानीय सरकारकातर्फबाट उपप्रमुख मीना पोख्रेल उप्रेती एकसाता अघिमात्र उनका हजुरबुबा, मेचीनगर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष हर्कबहादुर बस्नेतलाई लिएर जिल्ला प्रशासन कार्यालय झापा पुगेकी थिईन् । प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, नागरिकता शाखाका कर्मचारीसहितको छलफलमा प्रहरीको सर्जमिन मुचुल्का भए प्रक्रिया अघि बढाउन सकिने बताए पछि उपप्रमुख उप्रेतीले इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लामासँग टेलिफोन संवाद गरेकी थिईन् । प्रहरीको सर्जमिन मुचुल्कापछि सबै प्रक्रिया पुर्याएर क्षितिजलाई वंशजको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले बताए ।

नातिले नागरिकता प्राप्त गरेपछि हजुरबुबा कुमार सुब्बाले जीवनकै सबैभन्दा खुसी प्राप्त गरेको प्रतिक्रिया दिए भने स्थानीय सरकार प्रमुख उपप्रमुखले आफ्नो पालिकाका यस्ता नागरिकलाई नेपाली बनाउने प्रयास सफल भएको बताए । ‘नाति अब कहिलेसम्म बाँच्ला थाहा छैन् कुमारले भने ‘अब जहिलेसम्म बाच्छ नेपाली नै भएर बाच्ने भयो । ’ यति भन्दा उनको गला निक्कै अबरुद्ध बनिसकेको थियो । यसमा जिल्ला प्रशासन कार्यालय झापाप्रति धन्यवाद ज्ञापन गरिएको छ । क्षतिजले निक्कै लामो मिहिनेतपछि नागरिकता प्राप्त गरेका हुन् ।

यति भएपछि उनी सरकारी सेवा सुविधाबाट बञ्चित भएनन् उपप्रमुख उप्रेतीले भनिन् अपाङ्गता भएका व्यक्तिहरू नागरिकताबाट वञ्चित नहुन र सहज रुपमा नागरिकता प्राप्त गर्न सकुन् भनेर त्यस्ता व्यक्तिहरूलाई घरमै पुगेर नागरिकता प्रदान गर्न स्थानीय सरकार लाग्ने छ । अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने अभियान राम्रो भएको बताइएको छ । अपाङ्गता भएका नागरिकले सहज रुपमा नागरिकता प्राप्त गर्ने र राज्यबाट पाउने सेवा सुविधाबाट उनीहरु वञ्चित हुनु नपर्ने नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको भनाई छ । मेचीनगर नगरपालिकाले जिल्ला प्रशासन कार्यालय झापासँग सहकार्य गरेर शारीरिक अपाङ्गता भएका व्यक्तिलाई घर–घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्रका साथ अपाङ्गता परिचयपत्र प्रदान गर्ने नगर प्रमुख बुढाथोकीले बताए ।

अति अशक्त, अपाङ्गता भएका व्यक्ति जिल्ला प्रशासन कार्यालयसम्म पुग्न निकै समस्या हुने हुँदा उनीहरूको सहजताका लागि र उमेर पुगेर पनि समयमा नागरिकता नबनाई नबसुन् भनेर नगरपालिकाले अभियानको थालनी गरिने बताइएको छ । कतिपय अति अशक्त अपाङ्गता भएकालाई परिवारले नागरिकता बनाउन प्रशासनमा ल्याउन नसक्दा ती नागरिक नागरिकताविहीन हुने सहायक प्रजिअ नेपालको भनाई छ । उमेर पुगेपछि राज्यको सेवा सुविधाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले कर्मचारीसहित घरमै पुगेर नागरिकता दिएको उनले बताए ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.