मेचीनगरमा ५२औँ विश्व वातावरण दिवस मनाइयो: वृक्षारोपणसहित १२०० विरुवा वितरण, प्लास्टिक प्रदूषण न्यूनीकरणमा जोड

मेचीनगर, २२ जेठ: ५२औँ विश्व वातावरण दिवसको अवसरमा मेचीनगर नगरपालिकाले आज (बुधबार) बाहुनडाँगीमा वृक्षारोपणसहित एक हजार दुई सय विरुवा वितरण गरेको छ। ‘स्वच्छ सास फेर्न हरियाली बढाऔँ, प्लास्टिक प्रदूषण न्यूनीकरणमा हाम्रो दायित्व’ मूल नाराका साथ नगरपालिकाले यो कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रमकी प्रमुख अतिथि उपप्रमुख मीना पोखरेल उप्रेतीले विरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेकी थिइन्। उनले वातावरण स्वच्छ वा विषादी बनाउन व्यक्ति र समुदायको हातमा निर्भर हुने बताएकी छन्। “आफूले जस्तो बनाए, वातावरण त्यस्तै बन्ने हो,” उप्रेतीले भनिन्, “प्लास्टिक मुक्त नगर बनाउन धेरै अगाडिदेखिको प्रयास हो। सीप विकासको भवन बनिएको छ। त्यहाँबाट प्लास्टिकको झोलाको विकल्पका लागि कपडाको झोला उत्पादन गरिने छ।” उनले विरुवा रोपेर त्यसको संरक्षणका लागि र वातावरण प्रदूषणमुक्त बनाउन सबै लागि पर्नु पर्नेमा जोड दिइन्।

कार्यक्रममा डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठले संसारभरि प्लास्टिकजन्य पदार्थको प्रयोगका कारण वन विनाश, वातावरण प्रदूषणले भयावह रूप लिँदै गएको बताए। उनले हात्ती समस्या मात्र नभई यसलाई पर्यापर्यटनसँग जोड्नु पर्ने आफ्नो बुझाइ रहेको बताए।

प्रमुख अतिथि उपप्रमुख उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी लगायतले विरुवा रोपे भने अन्य विरुवाहरू सहभागी सबैलाई वितरण गरिएको थियो। वितरण गरिएका विरुवाहरूमा सरिफा, चिउरी, अम्बक, बयर, जडुल, गुलमोहर लगायतका फलफूल र अन्य प्रजातिका विरुवाहरू थिए।

सोही अवसरमा बालसुबोधिनी, सरस्वती मावि, विद्या विकास एकेडेमी, पूर्वाञ्चल बोडिङ स्कुल लगायतका विद्यार्थीहरूले चित्रकला, लुङ्गी दौड, नृत्य, बाँसुरीबाट गीत, फुटबल, साइकल रेस लगायतका प्रतियोगितामा समेत भाग लिएका थिए। त्यस्तै आरआरटी र नगरपालिकाको पशु तथा कृषि सेवा शाखाले कुकुरलाई टल्किने बेल्ट समेत लगाइदिएका छन्।

कार्यक्रममा हात्ती खेदाउँदा लडेर घाइते भएका नगर प्रहरी प्रकाश बानियाँलाई पनि सम्मान गरिएको थियो। नगरपालिकाले आयोजना गरेको यस कार्यक्रमको सहआयोजकका रूपमा कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय झापा, राष्ट्रिय प्रकृति संरक्षण कोष नेपाल रहेका थिए।

कार्यक्रमको स्वागत गर्दै मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले वर्षौंदेखि हात्तीले जनताको धनजनको क्षति गरेको र बाली परिवर्तन गर्नुपरेको बताउँदै अब हात्तीलाई करेन्ट लगाउने वा गोली हानेर मार्ने काम गर्नुभन्दा हात्तीमैत्री वातावरण बनाएर काम गर्नुपर्नेमा जोड दिए।

नगरपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक एवं मेचीनगर–१५ का वडाध्यक्ष गुणराज भट्टराई (राजन) को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वडा नम्बर ४ का वडा सदस्य पवन बराइलीले गरेका थिए।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.