Thursday, June 24, 2021
- बिज्ञापन -
गृह समाजझापाको दमकस्थित लाइफलाइन स्वास्थ्य प्रतिष्ठानमा अध्ययनरत छात्राको रहस्यमय मृत्यु

झापाको दमकस्थित लाइफलाइन स्वास्थ्य प्रतिष्ठानमा अध्ययनरत छात्राको रहस्यमय मृत्यु

दमक, जेठ २७। झापाको दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत एक छात्राको रहस्यमयी मृत्यु भएको छ ।

दमक –५ स्थित कोठा भाडामा लिएर अध्ययन गर्दै आएकी इलामकी सेजला कोइरालाको बुधबार साँझ रहस्यमय मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालयका अनुसार सेजलाको शव परीक्षणका लागि धरानस्थित विपी प्रतिष्ठानमा पठाउने तयारी भइरहेको छ । प्रहरीले मृत्युको कारणबारे अनुसन्धान शुरु भइसकेको जनाएको छ ।

सेजलालाई बेलुकी साथीले मोबाइलमा सम्पर्क गरेका थिए । त्यसक्रममा मोबाइल नउठेपछि साथी कोठामा पुग्दा उनलाई शौचालयको कम्बोर्टमा बेहोस अवस्थामा भेटेको र तत्कालै लाइफलाइन अस्पताल पुर्‍याइए पनि बचाउन नसकिएको प्रहरीले जनाएको छ ।

मृतकका आफन्तले मृत्यु रहस्यमयी भएको भन्दै निष्पक्ष छानबिन गर्न प्रहरीमा जाहेरी दिएका छन् । प्रहरीले भने तत्काल मृत्युको कारण थाहा पाउन परीक्षणलाई प्राथमिकता दिएको बताएको छ ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु