Monday, June 21, 2021
- बिज्ञापन -
गृह स्थानीय समाचारप्रेस क्लब मेचीनगरको अधिवेशन असोज १० गते

प्रेस क्लब मेचीनगरको अधिवेशन असोज १० गते

मेचीनगर | प्रेस क्लब मेचीनगरको पहिलो अधिवेशन यही असोज १० गते शनिबार हुने भएको छ ।

प्रेस क्लब मेचीनगर समितिको असोज ५ गते बसेको बैठकले काँकरभिट्टा खानेपानी संस्थाको सभाहलमा अधिवेशन गर्ने निर्णय गरेको हो । मेचीनगरका सञ्चारकर्मीहरुको छाता संगठनको रुपमा रहेको क्लब तीन महिनाअघि एकीकरण भएको थियो ।

तत्कालीन मेची बोर्डर जर्नालिष्ट एसोसिएशन र प्रेस क्लब मेचीनगरबीचको एकीकरण भेलाले असोज १३ गतेभित्र अधिवेशन गर्ने म्याण्डेट दिएको थियो । सोही अनुरुप प्रेस क्लबको अधिवेशन सम्पन्न गर्ने तयारीमा लागिएको क्लबका सचिव झुलन रेग्मीले बताए ।

प्रेस क्लबका संयोजक मुक्ति पौडेलको अध्यक्षतामा बसेको बैठकले पुरानो सदस्यता नवीकरण तथा नयाँ सदस्यता प्रदान गर्नेगरी कानूनी प्रक्रियासमेत अघि बढाइएको सहसंयोजक ज्ञानेन्द्र निरौलाले बताए ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु