काँकरभिट्टा । मेचीनगर-6, काँकरभिट्टा शान्ति टाेल निवासी श्याम कार्कीकाे आज मिति २०७७ साल असाेज १८ गतेका दिन निधन भएकाे छ । कार्की काँकरभिट्टा स्थित हाेटल अतिथि र हाेटल ताज इन्टरनेशनलका समेत सञ्चालक हुनुहुन्थ्यो । वहाँका जेठा छाेरा दिपक कार्की ताज हाेटलकाे प्रबन्ध निर्देशक हुन भने कान्छा छाेरा राजु कार्की युव संघ नेपालका पूर्व केन्द्रीय सचिव एवम् नेकपाका स्थानीय नेता हुन । कार्कीलाई २ दिन अघि काठमाडौंकाे टिचिङ्ग अस्पतालमा उपचार सम्भव नभए पछि घर ल्याईएकाे थियाे । वहाँकाे आज अपरान्ह ४ बजे स्थानीय मेची नदीमा अन्त्येष्टी गरिने पारिवारिक स्राेतले जनाएको छ ।