स्थानीयद्धारा झापा सदरमुकाम चन्द्रगढी तीन घण्टा बन्द

२८ भदौ, मेचीनगर : झापा जिल्ला सदरमुकाम चन्द्रगढीका स्थानीय र व्यवसायीले तीन घण्टा मुख्य सडक बन्द गरेका छन्। ठेकेदारले समयसम्म कालोपत्रे नगर्दा सडकबाट आएको धुलोले पीडित भएको भन्दै स्थानीय र व्यवसायीले सोमबार बिहान ८ बजेदेखि ११ बजेसम्म सडक बन्द गरेको स्थानीय व्यवसायी रमेश न्यौपानेले जानकारी दिए।

उनीहरुले मेची राजमार्गको चारआली–केचना सडक खण्डअन्तर्गत कृषि विकास बैंक अगाडि देखि ट्रेड युनियन चोकसम्मको करिब ३०० मिटर सडकमा डोरी लगाएर बन्द गरेका थिए। सदरमुकाम जोड्ने मुख्य सडक बन्द हुँदा सवारीसाधन अवरुद्ध भएको थियो।

पीडितले मुख्य सडक बन्द गराएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सडक खुलाउन सहजीकरण गरेको डिएसपी राकेश थापाले बताए। त्यसपछि भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको रोहबरमा निर्माण कम्पनीका प्रतिनिधि मेघराज भट्टराई र पीडित स्थानीयबीच एक बुँदे लिखित सहमति भएको छ। सडकको निर्माण मंगलबारदेखि सुरु गर्ने र सहमतिअनुसार काम नभए फेरि सडक बन्द गर्ने सहमति भएको स्थानीय नवराज घिमिरेले जानकारी दिए।

चारआलीदेखि केचनासम्मको ४० किलोमिटर कालोपत्रे सडक निर्माण कार्यअन्तर्गत २० किलोमिटर सडक निर्माणको ठेक्का कालिका, कनकाई र याकथुमहाङ जेभीले २०७३ असोज १७ गते ३० महिनामा काम सक्ने गरी लिएको हो। सम्झौताको अवधि सकिए पनि निर्माण कम्पनीले म्याद थपेर अहिले पनि ठाउँ–ठाउँमा कालोपत्रे गरिरहेको हुलाकी राजमार्ग आयोजना क्षेत्रीय कार्यालय इटहरीले बताएको छ। भद्रपुरको सदरमाथाचोकदेखि संगमचोक, भानुनगर हुँदै गिरी चोकसम्म कालोपत्रे गर्ने काम बाँकी छ।

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.