Thursday, May 6, 2021
- बिज्ञापन -
गृह स्थानीय समाचारचारअालीमा रक्तदान कार्यक्रम सम्पन्न

चारअालीमा रक्तदान कार्यक्रम सम्पन्न

काँकडभिट्टा ६ मंसिर/ सत्य साई बाबाको ९५ औं जन्मोत्सवका अवसरमा शनिवार झापाको चारआलीमा वृहद रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सत्य साई केन्द्र चारआलीको व्यवस्थापनमा श्री सत्य साई संगठन नेपाल श्री सत्य साई १ नम्वर प्रदेश समिति “क” ले आयोजना गरेको कार्यक्रममा ५ महिला सहित ४२ जनाले रक्तदान गरेको आयोजक संस्थाका उपाध्यक्ष सुरेशराज श्रेष्ठले बताउनुभयो । नेपाल रेडक्रस सोसाईटि विर्तामोड उपशाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा झापा मेचीनगर -१० धुलावारीका ४१ वर्षीय विष्णुप्रसाद पौडेलले २६ औं पटक रक्तदान गर्नुभएको थियो । रक्तदान गरि मानवीय सेवाको कार्यमा विशिष्ट योगदान पुर्याएको भन्दै रक्तदाताहरूलाई फलफूल तथा प्रशंसा पत्र प्रदान गरिएको थियो भने संकलित रगत नेपाल रेडक्रस सोसाईटि विर्तामोड उपशाखालाई हस्तानतरण गरिएको उपाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु