Tuesday, February 7, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह स्थानीय समाचार

धुलावारी क्याम्पसमा प्राविधिक कलेज स्थापना, यसै वर्षदेखि पठनपाठन

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • September 6, 2020
  • 4:26 AM
  • No Comments
भित्र स्थानीय समाचार
192 2
A A
Share on FacebookShare on Twitter

मेचीनगर, २१ भदौ । मेचीनगरको धुलावारी क्याम्पसमा सीटीइभीटीसँगको साझेदारीमा मेचीनगर नगरपालिकाले प्राविधिक कलेज सञ्चालन गर्ने भएको छ ।

कलेज सञ्चालनको सम्पूर्ण व्ययभार नगरपालिका आफैले व्यहोर्ने जनाएको छ ।

कलेजको नाम ‘मेचीनगर पोलिटेक्निकल इन्स्टिच्यूट’ राखिएको छ । आफ्नै भवन र जग्गा नहुञ्जेलसम्म यो प्राविधिक कलेज मेचीगर–१० स्थित धुलावारी क्याम्पसकै भवनमा सञ्चालन हुने क्याम्पसका प्रमुख पुष्प पौडेलले बताएका छन् ।

प्राविधिक शिक्षाको माग बढिरहेको अवस्थामा मेचीनगरमा सरकारी स्तरमा कलेजको सञ्चालन हुन लागेको यो पहिलोपटक हो ।

यस अघि धुलावारीमै पाथिभरा इन्स्टिच्यूटको नाममा निजी क्षेत्रबाट प्राविधिक कलेज सञ्चालन हुँदै आएको थियो ।

मेचीनगरका नगरप्रमुख विमल आचार्यले यसै वर्षबाट नगरले प्राविधिक कलेज सञ्चालन गर्ने निर्णय भइसकेको बताए ।

सर्वसाधारण नागरिकका छोराछोरीले सर्वसुलभ रुपमा आफ्नै नगरमा रोजगारीमूलक शिक्षा पाउन सकुन् भनेर नगरपालिका आफै प्राविधिक कलेज स्थापनामा अग्रसर भएको नगरप्रमुख आचार्य बताउँछन् ।

के के हुन्छ पढाई ?
धुलावारी क्याम्पसमा हालसम्म शिक्षा सङ्कायको बीएड, कमर्सको बीबीएस र सीटीइभीटीकै सम्बन्धनमा २०७२ सालदेखि सिभिलतर्फको सब–ओभरसियर विषयको पठनपाठन भइरहेको क्याम्पस प्रमुख पौडेलले जानकारी दिएका छन् ।

धुलावारी क्याम्पस परिसरमा दुईवटा ब्यानरमा कलेज हुने भएपछि मेचीनगर पोलिटेक्निकल इन्स्टिच्यूटमा एसईई पास भएर आउने विद्यार्थीले ३ वर्षे प्राविधिक डिप्लोमा तहको दुईवटा विषय अध्ययन गर्न पाउनेछन् ।

एउटा विषय ‘डिप्लोमा इन आर्टिटेक्चर इन्जिनियर’ हुनेछ भने अर्को विषय ‘डिप्लोमा इन आइटी इन्जिनियर’ हुनेछ ।

धुलावारी क्याम्पससँग सहकार्य
प्राविधिक कलेज सञ्चालनका लागि मेचीनगर नगरपालिका र सीटीइभीटी बीच साझेदारीको सम्झौता भइसकेको छ ।

यसैगरी, नगरपालिकासँग सहकार्य हुने गरी धुलावारी क्याम्पसले पनि औपचारिक रुपमा सहमति प्रदान गरिसकेको छ ।

प्राविधिक कलेज स्थापनाका लागि सीटीइभीटीले नगरपालिकालाई आफ्नै स्वामित्वमा कम्तीमा ५ बिघा जग्गा र आफ्नै भवन हुनुपर्ने शर्त राखेको थियो ।

नगरभित्रका शिक्षालयहरुको अभिभावक संस्था नगरपालिकाले धुलावारी क्याम्पसको भब्य भवन र पर्याप्त जग्गालाई कलेज बनाउनयोग्य ठहर गर्यो ।

त्यसपछि प्रक्रियागत रुपमा धुलावारी क्याम्पसले आफ्नो ७ बिघा जग्गामध्ये ५ विघा जग्गा प्राविधिक कलेजका लागि प्रदान गर्ने निर्णय गरेको क्याम्पस प्रमुख पौडेल बताउँछन् ।

‘धुलावारी क्याम्पसलाई प्राविधिक कलेजमा रुपान्तरण गर्न हामीले पहिल्यैदेखि प्रयास गर्दै आएका थियौं’, पौडेल भन्छन्– ‘नगरपालिकाले गरेको प्रयास आम नगरवासीको हितमा हुने ठानेर क्याम्पसले सहकार्यको प्रस्तावमा सहमति जनाएको हो ।’

मेयर अध्यक्ष हुने समिति गठन
प्राविधिक कलेज सञ्चालनको अनुमति आइसकेपछि यसै वर्षदेखि पढाई चालु गर्न नगरपालिका र धुलावारी क्याम्पसले गृहकार्य अघि बढाइसकेका छन् ।

नगरपालिकाको बोर्डले यसै साता नगरप्रमुख अध्यक्ष र उपप्रमुख उपाध्यक्ष रहनेगरी ९ सदस्यीय कलेज सञ्चालक समिति गठन गरिसकेको छ ।

समितिको सदस्य सचिवमा नगरका शिक्षा शाखा प्रमुख रहने र सदस्यमा नगरको सामाजिक विकास समितिका अध्यक्ष, मेचीनगर–१० का वडाध्यक्ष, धुलावारी क्याम्पसका प्रमुख, धुलावारी क्याम्पसका अध्यक्ष, प्रोग्राम को–अर्डिनेटर र सीटीइभीटीका प्रतिनिधि रहने निर्णय भइसकेको छ ।

विद्यार्थी कोटा ९६ मात्र
मेचीनगर पोलिटेक्निक इन्स्टिच्यूटले आर्किटेक्टमा ४८ र आइटी इन्जिनियरमा ४८ गरी जम्मा ९६ जनाको कोटा पाएको छ ।

यो कोटाभन्दा बढी विद्यार्थी भर्ना गर्न पाइने छैन । यसमा गरीव, पिछडिएको समुदाय र बढी अङ्क ल्याउने विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था समेत हुनेछ ।

विद्यार्थीको भर्ना खोल्ने, प्रवेश परीक्षा लिने र भर्ना गर्ने काम सीटीइभीटी आफैले गर्ने भएको छ भने मेचीनगर नगरपालिकाले भौतिक पूर्वाधार, प्रयोगशाला र अन्य वातावरण तयार पार्ने जिम्मेवारी लिनुपर्नेछ ।

सञ्चालक समितिले शिक्षक र कर्मचारीको नियुक्ति गर्ने बताइएको छ ।

Share36Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

अवैध रुपमा नदी उत्खनन गर्ने सवारी साधन कारबाहीमा : दशदिनमा दुईलाख रुपैयाँ बढी राजस्व जम्मा
मुख्य समाचार

ठेक्कादारद्वारा नगरपालिका कार्यालयमा तालाबन्दी

February 7, 2023
जेष्ठ नागरिक समितिद्वारा उत्कृष्ट सासुबुहारीलाई सम्मान
प्रदेश-१

जेष्ठ नागरिक समितिद्वारा उत्कृष्ट सासुबुहारीलाई सम्मान

February 6, 2023
मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित
अर्थ / वाणिज्य

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित

February 5, 2023
भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा
धर्म / संस्कृति

भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा

February 5, 2023
एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम
प्रदेश-१

एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम

February 4, 2023
ज्यामिरगढी मा.वि.को जग्गा विवाद समाधान गर्न ‘माकुरा’द्वारा पहल शुरु
प्रदेश-१

ज्यामिरगढी मा.वि.को जग्गा विवाद समाधान गर्न ‘माकुरा’द्वारा पहल शुरु

February 3, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

नेटफ्लिक्समा निःशुल्क रुपमा यसरी हेर्नुहोस्, फिल्म र सिरिज

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In