एकदिने सहजीकरण बुधबार सम्पन्न

काँकरभिट्टा | झापाको मेचीनगर नगर कार्यपालिकामा आर्थिक वर्ष २०७७/२०७८ को वार्षिक कार्यक्रमको बजेट कार्यन्वयनका लागि एकदिने सहजीकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा उपप्रमुख मीना पोखरेल उप्रेतीले अब नगरपालिकाका जनप्रतिनिधिदेखि कर्मचारी समेत आ आफ्नो भूमिकामा बढी जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । नगरपालिकाक्षेत्रभित्र हुने स साना विकास निर्माणका योजनामा नगरपालिकामा धाउनै पर्ने वा नगर प्रमुख र उपप्रमुखको मुख ताक्नुपर्ने परम्परालाई पूर्णरुपमा अन्त्य गर्न नसकेपनि क्रमस अन्त्य गदैं लैजानुपर्ने उहाँको भनाई थियो ।

नगरका जनप्रतिनिधि, कार्यपालिकाका सदस्यहरु नगरपालिकाका शाखा प्रमुखसहितको छलफलमा बोल्दैं उपप्रमुख उप्रेतीले हरेक वडाका वडा सचिवहरुदेखि जनप्रतिनिधिहरुले आ आफ्नो काम कर्तव्य र अधिकारप्रति जिम्मेवार हुनुपर्नेमा जोड दिदैं उहाँले सवैजनाले आ आफ्नो कर्तव्य र अधिकारको अपनत्व ग्रहण गर्नुपर्ने बताउनुभयो ।

वडाका हरेक आयोजनामा सम्बन्धित वडाले अनुगमन गर्नुपर्ने नगरपालिकाले शाखा प्रमुख र जनप्रतिनिधिहरुलाई थप जिम्मेवारी बनाउने बताउनुभयो । घर नक्शा र कर व्यवस्थापनमा सवै लाग्नुपर्नै भन्दैं उहाँले हरेक कर्मचारी र जनप्रतिनिधिहर ऐन कानुन, नियमावली, कार्यविधि अनुसार चल्नुपर्ने जोड दिदैं यसैको अध्ययन गरी सवैजना आफ्नो जिम्म्ेवारी प्रति जवाफदेहि बन्नुपर्ने उहाँको भनाई थियो । अब हचुवा र फितलो ढंगले आयोजना सञ्चालन हुन नसक्ने भन्दैं उहाँले यसतर्फ सवैजना गम्भीर बन्नुपर्ने बताउनुभयो । हरेक टोल विकास संस्थालाई चलायमान बनाउँदैं आफ्नो जिम्मेवारी बोध गराउनुपर्ने उहाँको तर्क थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्गले उपभोक्ता समिति गठन तथा अन्य संघ संस्थाको चयन ऐन नियम तथा निर्देशिका, आयोजनाको स्थलगत सर्भे, आयोजनाको सम्झौता, आयोजनाको निर्माण गर्ने, खर्चको विवरणको रेकर्ड राख्ने ्, सामाजिक परीक्षण गराउने, बील भर्पाइ पेश गर्ने, भुक्तानी माग गर्ने कार्यलगायतका विषयमा क—कस्को कस्तो कस्तो जिम्मेवारी रहने भन्ने विषयमा चर्चा गर्नुभयो ।

छलफलमा विभिन्न वडा अध्यक्ष, कार्यपालिकाका सदस्य, शाखा प्रमुखहरुले आ आफ्नो विचार राख्नुभएको थियो ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

पूर्वीनाकाबाट रोकिएन अवैध फूलको विरुवाको आयात, तीन दिनमा झण्डै साढे तीनलाखको बरामद

२६ मंसिर, मेचीनगर :  भारतबाट भित्रिएको संयौं फूल तथा वनस्पतिका बिरुवा स—शस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । मेचीनगरका...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.