महालक्ष्मीको नाफा १७ लाख रुपैयाँ बढी, विभिन्न विधाका १६ जना सम्मान

१८ असोज, मेचीनगर : झापाको मेचीनगर –१० धुलावारीमा रहेको श्री महालक्ष्मी कृषि सहकारी संस्था लि ले मा संस्थाले गत आर्थिक वर्ष २०८०÷०८१ मा १७ लाख २१ हजार एकसय १० रूपैयाँ खुद नाफा गरेको छ ।

शुक्रबार सम्पन्न संस्थाको १६ ओैँ वार्षिक साधारण सभामा अध्यक्ष टीका सुवेदीले कार्यक्रमको अध्यक्षता गदैं उद्घाटन सत्रमा प्रस्तुत वार्षिक प्रतिवेदन २०८१– का अनुसार गत आर्थिक वर्ष २०८०÷०८१ मा संस्थाले १७ लाख २१ हजार एकसय १० रूपैयाँ नाफा गरेको हो ।

कुल दुईहजार छ सय २१ जना शेयर सदस्य रहेको संस्थाको शेयर पूँजी एक करोड ५१ लाख सात हजार रूपैयाँ रहेको छ । २०६४ सालमा ५० महिला तथा चारजना पुरूषगरी ५४ जनाबाट ५४ हजार रूपैयाँ शेयर पूँजी संकलन गरी सञ्चालनमा आएको संस्थामा कार्यसमिति सदस्य, सल्लाहकार समिति , लेखा समिति र कर्मचारी समेत सवै महिला रहेको प्रतिवेदनमा उल्लेख छ । चालू आर्थिक वर्ष ०८१÷०८२ का लागि तयार पारिएका वार्षिक नीति तथा कार्यसमेत अध्यक्ष सुवेदीले प्रस्तुत गर्नुभयो ।

साधारण सभाको मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीले प्रमुख अतिथिको आसनबाट पानसमा दिप प्रज्वलन गरि उद्घाटन गर्नुभयो । प्रमुख अतिथि उप्रेतीले सहकारीले देशको अर्थतन्त्रमा पुर्याएको योगदानको चर्चा गर्दै उच्च प्रशंसासहित सहकारीले छरिएर रहेको पूँजीलाई एकत्रित गर्ने बताउनुभयो । अब महिलाहरू हरेक कुरामा परनिर्भर नभएर आत्मनिर्भर बन्नुपर्नेमा जोड दिदैँ उपप्रमुख उप्रेतीले सहकारीले हरेक महिलाहरूको जीवनस्तर माथि पुर्याउन महत्वपूर्ण योगदान बताउने स्पष्ट पार्नुभयो ।

सहकारीहरू सहकारीका मुल्य, मान्यता र सिद्धान्त अनुसार चल्न नसक्दा बेला बखत दुर्घटना पर्ने हुँदा त्यसतर्फ सञ्चालकहरूले बेलैमा होस पुर्याउनुपर्ने उहाँको सुझाव थियो । महालक्ष्मी कृषि सहकारी संस्था लिले यी कुरालाई आत्मसाथ गरेका कारण नै शिखर चढ्न सकेको विचार राख्नुभयो ।

‘केही सहकारी संस्थाहरु सहकारीका मूल्य, मान्यता र सिद्घान्त अनुसार सञ्चालन हुन नसकेकका कारण असफल भए’ प्रमुख अतिथि उप्रेतीले भन्नुभयो—‘हरेक सहकारी संस्थाहरु आफ्ना उद्घेश्य अनुसार अघि बढ्े सफल हुन्छन् । संस्था सफल बनाउन सदस्यहरुको योगदान महत्वपूर्ण रहेको छ ।’ सहकारी संस्थाहरुको भाग्य र भविष्य वा संस्था बचाउने सहकारी सदस्यहरुले नै भएको भन्दैं उहाँले त्यसको लागि संस्थाका सदस्यहरुले आफ्नो संस्था चिन्नु पर्ने विचार राख्नुभयो । संस्थाले उपलब्ध गराएका सेवाहरुको उपयोग सदस्यहरुले गर्नुपर्ने, आफ्नो कारोवार आफ्नै संस्थामा केन्द्रित गर्नुपर्ने उहाँको भनाई थियो ।

देशको तीनखम्बे अर्थ नीतिभित्र सहकारी पनि एउटा दर्बिलो खम्बाको रुपमा स्थापित हुन सफल भए पनि विश्वव्यापी रुपमा देखा परेको विभिन्न प्रभावहरुका कारण सहकारी क्षेत्रलाई पारेको प्रभाव र केही नीतिगत समस्याहरुले गर्दा सहकारी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परेको नकरात्मक प्रभावका कारण सानो पूँजी संकलन गरी चलिरहेका संस्थाहरु लाई भने प्रत्यक्ष प्रभाव परेको सहभागी वक्ताहरुको भनाई थियो ।

कार्यक्रममा विभिन्न विधाका १६ जनालाई सम्मान गरिएको थियो । नियमित बचतकतातर्र्फ बिरेन राजवंशी र राधिका घिमिरे, खुद्रुके बचतकर्ता खगेन्द्र पोखरेल र चन्द्रकला श्रेष्ठ, बाल बचतकर्ता लोचना निरौला र नयन चौधरी, उत्कृष्ट ऋणितर्फ बिमला राजवंशी र विजयकुमार तामाङ, ज्येष्ठ क्रियाशील सदस्य नैनावती खवास र धनमाया खरेल, पेन्सन बचततर्फ ठाकुरप्रसाद सिटौल र पुनम मलाह, उत्कृष्ट कर्मचारी हिरालक्ष्मी कोइराला, स्वस्थ्यकर्मी इन्द्र क्षेत्री, शिक्षाकर्मी भुवन सुब्बा, उत्कृष्ट कृषक हरिप्रसाद नेपाललाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि उपप्रमुख उप्रेती, विशिष्ट अतिथि मेचीनगर नगरपालिकाका सहकारी शाखाका प्रमुख दीपेन्द्र कार्की, सहकारीकर्मीहरु हरिचरण बानियाँ , दुर्गाप्रसाद सापकोटा, चेतन विष्ट, संस्थाका पूर्व अध्यक्ष दुर्गादेवी खतिवडालगायतले उहाँहरुलाई अविर टिका, माला, दोसल्ला, माला र नगद प्रदान गर्नुभयो । उद्घाटन सत्रमा प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि, सञ्चारकर्मी खगेन्द्र घिमिरेलेलगयातले शुभकामना मन्तव्य राख्नुभयो ।

संस्थाकी व्यवस्थापक प्रेमकुमारी (उर्मिला) सुवेदीले सञ्चालन र संस्थाकी लेखा सुपरिवेक्षण समिति संयोजक लुना भण्डारीले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत र सदस्य पद्माकुमारी भट्टराईले शब्दमार्फत सहभागी सवैलाई स्वागत गर्नुभयो ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.