१८ असोज, मेचीनगर : झापाको मेचीनगर –१० धुलावारीमा रहेको श्री महालक्ष्मी कृषि सहकारी संस्था लि ले मा संस्थाले गत आर्थिक वर्ष २०८०÷०८१ मा १७ लाख २१ हजार एकसय १० रूपैयाँ खुद नाफा गरेको छ ।
शुक्रबार सम्पन्न संस्थाको १६ ओैँ वार्षिक साधारण सभामा अध्यक्ष टीका सुवेदीले कार्यक्रमको अध्यक्षता गदैं उद्घाटन सत्रमा प्रस्तुत वार्षिक प्रतिवेदन २०८१– का अनुसार गत आर्थिक वर्ष २०८०÷०८१ मा संस्थाले १७ लाख २१ हजार एकसय १० रूपैयाँ नाफा गरेको हो ।
कुल दुईहजार छ सय २१ जना शेयर सदस्य रहेको संस्थाको शेयर पूँजी एक करोड ५१ लाख सात हजार रूपैयाँ रहेको छ । २०६४ सालमा ५० महिला तथा चारजना पुरूषगरी ५४ जनाबाट ५४ हजार रूपैयाँ शेयर पूँजी संकलन गरी सञ्चालनमा आएको संस्थामा कार्यसमिति सदस्य, सल्लाहकार समिति , लेखा समिति र कर्मचारी समेत सवै महिला रहेको प्रतिवेदनमा उल्लेख छ । चालू आर्थिक वर्ष ०८१÷०८२ का लागि तयार पारिएका वार्षिक नीति तथा कार्यसमेत अध्यक्ष सुवेदीले प्रस्तुत गर्नुभयो ।
साधारण सभाको मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीले प्रमुख अतिथिको आसनबाट पानसमा दिप प्रज्वलन गरि उद्घाटन गर्नुभयो । प्रमुख अतिथि उप्रेतीले सहकारीले देशको अर्थतन्त्रमा पुर्याएको योगदानको चर्चा गर्दै उच्च प्रशंसासहित सहकारीले छरिएर रहेको पूँजीलाई एकत्रित गर्ने बताउनुभयो । अब महिलाहरू हरेक कुरामा परनिर्भर नभएर आत्मनिर्भर बन्नुपर्नेमा जोड दिदैँ उपप्रमुख उप्रेतीले सहकारीले हरेक महिलाहरूको जीवनस्तर माथि पुर्याउन महत्वपूर्ण योगदान बताउने स्पष्ट पार्नुभयो ।
सहकारीहरू सहकारीका मुल्य, मान्यता र सिद्धान्त अनुसार चल्न नसक्दा बेला बखत दुर्घटना पर्ने हुँदा त्यसतर्फ सञ्चालकहरूले बेलैमा होस पुर्याउनुपर्ने उहाँको सुझाव थियो । महालक्ष्मी कृषि सहकारी संस्था लिले यी कुरालाई आत्मसाथ गरेका कारण नै शिखर चढ्न सकेको विचार राख्नुभयो ।
‘केही सहकारी संस्थाहरु सहकारीका मूल्य, मान्यता र सिद्घान्त अनुसार सञ्चालन हुन नसकेकका कारण असफल भए’ प्रमुख अतिथि उप्रेतीले भन्नुभयो—‘हरेक सहकारी संस्थाहरु आफ्ना उद्घेश्य अनुसार अघि बढ्े सफल हुन्छन् । संस्था सफल बनाउन सदस्यहरुको योगदान महत्वपूर्ण रहेको छ ।’ सहकारी संस्थाहरुको भाग्य र भविष्य वा संस्था बचाउने सहकारी सदस्यहरुले नै भएको भन्दैं उहाँले त्यसको लागि संस्थाका सदस्यहरुले आफ्नो संस्था चिन्नु पर्ने विचार राख्नुभयो । संस्थाले उपलब्ध गराएका सेवाहरुको उपयोग सदस्यहरुले गर्नुपर्ने, आफ्नो कारोवार आफ्नै संस्थामा केन्द्रित गर्नुपर्ने उहाँको भनाई थियो ।
देशको तीनखम्बे अर्थ नीतिभित्र सहकारी पनि एउटा दर्बिलो खम्बाको रुपमा स्थापित हुन सफल भए पनि विश्वव्यापी रुपमा देखा परेको विभिन्न प्रभावहरुका कारण सहकारी क्षेत्रलाई पारेको प्रभाव र केही नीतिगत समस्याहरुले गर्दा सहकारी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परेको नकरात्मक प्रभावका कारण सानो पूँजी संकलन गरी चलिरहेका संस्थाहरु लाई भने प्रत्यक्ष प्रभाव परेको सहभागी वक्ताहरुको भनाई थियो ।
कार्यक्रममा विभिन्न विधाका १६ जनालाई सम्मान गरिएको थियो । नियमित बचतकतातर्र्फ बिरेन राजवंशी र राधिका घिमिरे, खुद्रुके बचतकर्ता खगेन्द्र पोखरेल र चन्द्रकला श्रेष्ठ, बाल बचतकर्ता लोचना निरौला र नयन चौधरी, उत्कृष्ट ऋणितर्फ बिमला राजवंशी र विजयकुमार तामाङ, ज्येष्ठ क्रियाशील सदस्य नैनावती खवास र धनमाया खरेल, पेन्सन बचततर्फ ठाकुरप्रसाद सिटौल र पुनम मलाह, उत्कृष्ट कर्मचारी हिरालक्ष्मी कोइराला, स्वस्थ्यकर्मी इन्द्र क्षेत्री, शिक्षाकर्मी भुवन सुब्बा, उत्कृष्ट कृषक हरिप्रसाद नेपाललाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि उपप्रमुख उप्रेती, विशिष्ट अतिथि मेचीनगर नगरपालिकाका सहकारी शाखाका प्रमुख दीपेन्द्र कार्की, सहकारीकर्मीहरु हरिचरण बानियाँ , दुर्गाप्रसाद सापकोटा, चेतन विष्ट, संस्थाका पूर्व अध्यक्ष दुर्गादेवी खतिवडालगायतले उहाँहरुलाई अविर टिका, माला, दोसल्ला, माला र नगद प्रदान गर्नुभयो । उद्घाटन सत्रमा प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि, सञ्चारकर्मी खगेन्द्र घिमिरेलेलगयातले शुभकामना मन्तव्य राख्नुभयो ।
संस्थाकी व्यवस्थापक प्रेमकुमारी (उर्मिला) सुवेदीले सञ्चालन र संस्थाकी लेखा सुपरिवेक्षण समिति संयोजक लुना भण्डारीले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत र सदस्य पद्माकुमारी भट्टराईले शब्दमार्फत सहभागी सवैलाई स्वागत गर्नुभयो ।