२८ असार, धुलावारी : रोट्रयाक क्लब अफ इटाभट्टा म्यूनिसिपल झापाको छैठौं पदहस्तान्तरण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
मेचीनगर— १० धुलावारीस्थित होटल रोयल निर्माणमा आयोजित कार्यक्रमका प्रमुख अतिथि रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ नेपाल —भुटान अन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्ष उदयकुमार श्रेष्ठले पानसमा दिप बालेर विधिवत उद्घाटन गरेका थिए ।
कार्यक्रमसँगै सन् २०२५-२६ को नयाँ नेतृत्वले आफ्नो पदभार ग्रहण गरेको छ । प्रमुख अतिथि अध्यक्ष श्रेष्ठले सन् २०२५-२६ का अध्यक्ष पुजा संग्रौलालाई प्रेसिडेन्ट कलर पहिर्याएका थिए । क्लबको चार्टर सर्टिफिकेट, ग्यवल र गन प्रदान गरी विधिवत रूपमा पद हस्तान्तरण गराईएको थियो ।

रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ रिजन ७ का सहसचिव सुजन प्रधान र जोनल रोट्रयाक जोन १ का प्रतिनिधि आरआइडी सावन अधिकारीले क्रमस चार्टर सर्टिफिकेट र ग्यवल र गन अध्यक्ष संग्रौलालाई प्रदान गरेका थिए ।

त्यस लगत्तै जोनल रोट्रयाक जोन १ का प्रतिनिधि आरआइडी सावन अधिकारीले नवनिर्वाचित अध्यक्ष संग्रौलालाई पद तथा गोपनियताको सपथ ग्रहण गराए ।
अध्यक्षको सपथ ग्रहण पश्चात सन् २०२५-२६ का अध्यक्ष संग्रैलाले मिटिङ कल गरी आफ्नो टिमको परिचय गराउँदैँ भावी योजना प्रस्तुत गरीन् । उनले आफ्नो कार्यकालका पदाधिकारीहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउँदैं क्लबका सदस्यहरूलाई रोटरी पिन प्रदान गरिएको थियो । कार्यक्रममा रोट्रयाक क्लबका कोषाध्यक्ष अंकिता प्रसाईले नवनिर्वाचित अध्यक्ष संग्रौलाको जीवनीमाथि प्रकाश पारीन ।

कार्यक्रममा बोल्दैं प्रमुख अतिथि श्रेष्ठले रोट्रयाकका हरेक हरेक क्रियाकलापहरुमा आफ्नो व्यक्तिगततर्फबाट साथ सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले आफ्नो कार्यकालमा रोट्रयाकलाई आफू सँगसँगै हिडाउने भन्दैं पाएका अवसरहरु नगुमाउन आग्रह गरे ।

रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ रिजन ७ का सहसचिव सुजन प्रधान र जोनल रोट्रयाक प्रतिनिधि जोन १ का आरआइडी सावन अधिकारीलगायतले बोलेका थिए ।कार्यक्रममा रोट्रयाक प्रज्ञासिन्धु खनालले सहभागी सवैलाई धन्यवाद ज्ञापन गरेकी थिईन् । टोस्ट प्रपोजलसन् २०२५-२६ का अध्यक्ष पुजा संग्रौलाले गरीन् । कार्यक्रमको सञ्चालन सचिव दीपक खतिवडाले र स्वागत उपाध्यक्ष दिपेश राजवंशीले गरेका थिए ।




























