काँकरभिट्टा, १२ फागुन | नेपाल टेलिकमको मुख्यः सिस्टममा आएको प्राविधिक खरावीका कारणले १ नम्बर प्रदेशका तीनवटा जिल्लामा दुईदिनदेखि ल्याण्डलाईन अवरुद्घ बनेको छ ।
नेपाल टेलिकम कार्यालय विर्तामोडका उपप्रवन्धक प्रशान्तबाबु तिवारीले दिएको जानकारी अनुसार सिस्टममा अचानक समस्या आएपछि १ नम्बर प्रदेशका झापा, इलाम र पाचथरका १८ देखि २० हजार ल्याण्डलाईन अवरुद्घ बनेका हुन् ।
समस्या पहिचान गरी चाडै सेवा सञ्चालनमा कार्यालय जुटे पनि अझै सम्म मर्मत हुन नसकेको तिवारीको भनाई छ । सिस्टममा देखिएको समस्या पहिचान गरी तत्काल मर्मत हुन नसके वैक्लपिक माध्यमबाट सेवा सञ्चालन गरिने तयारीमा टेलिकम जुटेको छ ।
तर, कहिलेदेअि ल्याण्डलाइन सेवा सञ्चालनमा आउने हो कुनै टुङ्गो नभएको कार्यालयले जनाएको छ । पुरानै सिस्टमलाई समयमै मर्मत तथा सम्भार गर्न सके १ ÷ २ दिनभित्रमा सेवा सञ्चालन गर्न सकिने तर, वैक्लपिक माध्यमबाट सेवा सञ्चालन गर्दा अझ बढि समय लाग्ने कार्यालयले जनाएको छ ।