Wednesday, April 21, 2021
- बिज्ञापन -
गृह अपराध / कानून४० ग्राम खैरो हिरोइनसहित दुई युवा पक्राउ

४० ग्राम खैरो हिरोइनसहित दुई युवा पक्राउ

काँकरभिट्टा, २ चैत | झापाको मेचीनगर नगरपालिका–६ स्थित न्यून बिशाल होटलबाट भारीमात्रामा लागूऔषध अफिम सहित दुई जना भारतिय नागरिक पक्राउ परेको एकसाता वित्न नपाउदैं सोमबार दुई नेपाली युवा लागूऔषधसहित पक्राउ परेका छन् ।

नेपालमा प्रतिवन्धित लागूऔषध ४० ग्राम खैरो हिरोइन सहित सुनसरीका दुई युवा सोमबार काँकरभिट्टामा पक्राउ परेका हुन् । पश्चिम बंगालको पानीट्याँकी नाका भएर काँकरभिट्टा नेपालतर्फ आउदैं गरेका सुनसरी महेन्द्रनगरका २४ वर्षीय लोकनाथ भण्डारी र ईटहरी उपमहानगर पालिका ४ —का २३ वर्षीय अशिष चौधरीलाई लागूऔषध नियन्त्रण व्युरो शाखा काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले मध्यान्ह पक्राउ गरेको हो ।

भारततर्फबाट नेपाल आउदैं गर्दा उनीहरुको गतिविधिमा शंका लागि चेकजाँच गर्ने क्रममा भण्डारीले कालो प्लाष्टिकमा पोको बनाएर सम्वेदनशील अंगमा लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध फेला परेको थियो ।

भारतीय ७० हजार मुल्यमा आफुहरुले भारतबाट खरिद गरि ल्याएको बयान प्रहरी समक्ष दिएका छन् । दुवैलाई आवश्यक अनुसन्धानका लागि र इलाका प्रहरी कार्यालय काँकरभिट्टामा बुझाईएको र थप अनुसन्धान शुरु गरिएको प्रहरीले बताएको छ ।

गएको बुधबारमात्र लागूऔषध नियन्त्रण व्युरो कोटेश्वर काठामाण्डौं र ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारत मनिपुर बस्ने ३० बर्षीया लक्ष्मी क्षेत्री र भारत दार्जिलिङ बस्ने ३८ बर्षीया गायत्री देवी क्षेत्रीलाई प्रतिबन्धित लागूऔषध दुई किलो अफिमसहित पक्राउ गरेको थियो ।

लागूऔषध खरिद गर्नकै लागि दुवै जना सँगै भारत पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । लागूऔषध एैन २०३३ मा लागूऔषध उत्पादन, भण्डार, बेचबिखन तथा ओसारपसारमा संलग्नलाई दुईबर्षदेखि १५ बर्षसम्म कैद वा दुईलाख रुपैयाँसम्म जरिवाना तथा प्रयोगकर्तालाई एकमहिनाको कैद तथा दुईहजार रुपैयाँ जरिवानाहुने वा सुधार केन्द्र पठाउन सकिने कानुनी व्यवस्था छ ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु