काँकरभिट्टा, २८ चैत ÷ बंगलादेशमा कोभिड १९ संक्रमणका कारण शैक्षिक संस्था धमाधम बन्द हुन थालेपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरु स्वदेश फर्कन थालेका छन् । यो नाकाबाट बंगलादेश अध्ययनका लागि जाने विद्यार्थीको संख्याभन्दा फर्कनेको संख्या ठूलो छ ।
बंगलादेशमा कोभिड १९ का कारण लकडाउन भएपछि र संक्रमणको दर बढ्न थालेपछि नेपाल फर्कने नेपाली विद्यार्थीहरुको संख्या हरेक महिना बढ्दो अवस्थामा रहेको अध्यगमन कार्यालय काँकरभिट्टाले जनाएको छ । लकडाउन घोषणासँगै काँकरभिट्टा नाकामा ढाका छाड्नेहरूको लर्काे देखिने गरेको छ । तर, विदेशी नागरिकको आवगमन यो नाकाबाट शुन्य रहेको छ ।

सरकारले लकडाउन घोषणा गरेसँगै राजधानीबाहिरका सर्वसाधारण र बंगलादेश अध्ययनका लागि गएका नेपाली विद्यार्थीहरु घर फर्कन थालेको बताईएाके छ । सरकारले लकडाउन एक साताका लागि मात्रै भने पनि यो समयावधि अझ बढ्न सक्ने आशंकामा सर्वसाधारण र नेपाली विद्यार्थी घर फर्कन थालेका हुन् । ‘ अहिले बंगलादेशमा लकडाउन छ’ कोइरालाले भन्नुभयो—‘लकडाउन घोषणाका कारण त्यहाँ विद्यालय कलेजलगायत सवैखाले शैक्षिक संस्था बन्दभएसँगै काँकरभिट्टा नाकामा बंगलादेश छाड्ने विद्यार्थीहरूको लर्काे देखिने गरेको छ ।’
अध्यगमन कार्यालय काँकरभिट्टाका कार्यालय प्रमुख जनक कोइरालाका अनुसार सन् २०२१ को जनवरी १ देखि अप्रिल ११ वा आइतबारसम्म ८ सय १७ जना नेपाली विद्यार्थी घर फर्केका छन् । जनवरीमा पूर्वी काँकरभिट्टा नाका भएर ६१ जना विद्यार्थी बंगलादेशबाट नेपाल फर्केका थिए भने फेव्रवरी महिनामा त्यो संख्या बढेर १ सय ४१ मा पुगेको कार्यालयको तथ्याङ्ले देखाएको यसैगरी, मार्चमा सवैभन्दा बढी ३ सय ४८ जना नेपाली विद्यार्थी काँकरभिट्टा नाका भएर घर फर्केका छन् । अप्रिल महिनाको ११ तारिख वा आइतबारसम्म २ सय ६७ जना नेपाली विद्यार्थी घर फर्केको कार्यालयले जनाएको छ ।
काँकरभिट्टा नाका भएर बंगलादेश अध्ययनका लागि जाने नेपाली विद्यार्थीको संख्या शुरु महिनामा उल्लेखिय रहे पनि पछिल्ला महिनामा निक्कै कमि आएको कार्यालय प्रमुख कोइरालाको भनाई छ । कोरोना भाइरसको संक्रमण पुनः बढेपछि बंगलादेशमा लकडाउन घोषणा गरिए पछि त्यता अध्ययनका लागि जाने विद्यार्थीको संख्यामा कमि आएको हो । बंगलादेश सरकारले कोरोना नियन्त्रणका लागि देश्व्यापी लकडाउन गरेपछि नेपाली विद्यार्थी अहिले बंगलादेश जान सकेका छैनन् । अध्यगमन कार्यालय काँकरभिट्टाका अनुसार सन् २०२१ को जनवरी १ देखि अप्रिल ११ वा आइतबारसम्म ६ सय ९४ जना मात्र विद्यार्थी काँकरभिट्टा नाका भएर बंगलादेश गएका छन् ।
सन् २०२१ को शुरु जनवरी महिनामा ४ सय ११ जना नेपाली विद्यार्थी बंगलादेश गएका थिए भने फ्रेव्रवरीमा १ सय ८३, मार्चमा ९४ र अप्रिल ११ तारीव वा आइतबारसम्म ६ जनामात्र नेपाली विद्यार्थी त्यसतर्फ गएका छन् । समाचार स्रोतका अनुसार अप्रिल ५ देखि देशभर एक हप्ताका लागि पूर्ण लकडाउन गरेको छ । सन् २०२० मा बंगलादेशमा ३ महिना लकडाउन गरिएको थियो ।
कारोना भाइरस (कोभिड–१९) संक्रमण बढ्न थालेसँगै बंगलादेशले गएको सोमबारबाट लागू हुने गरी देशभर एक साता लकडाउन घोषणा गरेको छ । यसअघि २६ मार्च २०२० मा बंगलादेशमा कोरोना भाइरस संक्रमणबाट पहिलो व्यक्तिको मृत्यु भएसँगै लकडाउन घोषणा गरिएको थियो । त्यसको वर्षदिनपछि फेरि लकडाउन घोषणा गरिएको छ ।
३६ लाख रुपैयाँ भन्दा बढी राजस्व संकलन
चालु आर्थिक वर्ष २०७७÷ २०७८ बाट कार्यालयले ‘एनआरएन’, ‘टुरिस्ट’, ‘म्यारिज’ र ‘रिलेसन’ भिसा जारी तथा नविकरण गर्ने जिम्मेवारी पाएको छ । जिम्मेवारी प्राप्त गरेयता कार्यालयले विभिन्न खालका २ सय ६० वटा भिसा नविकरण तथा जारी गरेको छ । सो वापत कार्यालयले ३६ लाख रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको कार्यालय प्रमुख कोइरालाको भनाई छ ।




































