प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज हुने

७ पौंष, काठमाडौँ : प्रतिनिधिसभाका सदस्यको शपथ ग्रहण बिहीबार दिउँसो हुँदैछ।

संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले संसद् भवन नयाँ बानेश्वरमा दिउँसो दिनको १ बजेका लागि तय भएको जानकारी दिए।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सा‌ंसदलाई सपथ गराउने छन्। सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथ खुवाउने व्यवस्था छ।

राष्ट्रिय पोशाक वा आ–आफ्नो साँस्कृतिक पहिचान झल्किने पोशाकमा उपस्थित हुन सचिवालयले आग्रह गरेको छ। यो पटक २६ सांसदले नेपालीबाहेक अन्य मातृभाषामा सपथ लिने सचिवालयले जनाएको छ। २६ जनाले नेपालीबाहेक अन्य १४ भाषामा सपथ लिनेछन्।

सचिवालयले शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउनसमेत अनुरोध गरेको छ। सपथग्रहणअघि मध्याह्न १२ बजेका लागि सर्वदलीय बैठक आह्वान भएको गौतमले जानकारी दिए।

मंसिर ४ गते सम्पन्न निर्वाचनबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १६५ र समानुपातिक निर्वाचन प्रणालीद्वारा १०९ गरी २७४ प्रतिनिधिसभा सदस्यले शपथ लिने कार्यक्रम तय भएको छ।

२७५ सदस्यीय प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ लिइसकेका छन्।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.