Tuesday, February 7, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह राष्ट्रिय

कर्मचारीमा संक्रमणपछि सेवा बन्द

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • October 6, 2020
  • 9:56 AM
  • No Comments
भित्र राष्ट्रिय
189 2
A A
Share on FacebookShare on Twitter

काठमाडौँ — सर्वोच्च अदालतका एक न्यायाधीश र केही कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि आइतबारदेखि इजलास प्रभावित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित सर्वोच्च अदालतका १६ जना न्यायाधीश होम क्वारेन्टाइनमा बसेका छन् ।

त्यस्तै त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई कोरोना भएपछि पाँच दिनदेखि सम्पूर्ण सेवा बन्द छ । प्रधानमन्त्री केपी शर्मा ओलीका निजी सचिवालयका सदस्यसहित ७० भन्दा बढी संक्रमित भएपछि बालुवाटारमा नेकपाको सचिवालय बैठकदेखि अन्य भेटघाट बन्द गरिएको छ ।

प्रधानमन्त्री निवासमा कोरोना संक्रमण देखिए पनि आधिकारिक विवरण सोमबार साँझसम्म सार्वजनिक गरिएको छैन । सचिवालयका केही सदस्यले आफूलाई कोरोना लागेको भन्दै अरूलाई सचेत हुन सामाजिक सञ्जालमा भने सार्वजनिक गरेका छन् । बालुवाटारमा १ सय ६४ जनाको पीसीआर परीक्षण गरिएकामा ७६ जनामा पोजिटिभ देखिएको स्रोतले जनाएको छ । बालुवाटारमा सुरक्षाकर्मी संक्रमित देखिएपछि उनीहरूलाई आइसोलेसनमा पठाएर अर्को टोली पठाइसकेको सुरक्षा स्रोतले जनाएको छ ।

बालुवाटारमा व्यवस्थापन तत्काल भयो तर सीमित कर्मचारीलाई कोरोना देखिएपछि बन्द भएको कार्यालयमा दैनिक सेवा कसरी सञ्चालन गर्ने भन्ने सरकारसँग ठोस योजना र निर्णय छैन । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का सचिव महेन्द्र गुरागाईंले कोरोना देखिएपछि कार्यालय नै बन्द गर्ने प्रवृत्ति सुरु भएकाले कसरी व्यवस्थापन गर्ने भन्ने योजना नभएको बताए । ‘यो समस्या कसरी समाधान गर्ने भनेर सीसीएमसी सचिवालयमा सोमबार पनि छलफल भएको थियो,’ उनले भने, ‘यो विषय स्वास्थ्यसँग जोडिने भएकाले कार्यालयका कर्मचारीलाई कोरोना देखिए पालना गर्नुपर्ने प्रोटोकल स्वास्थ्य मन्त्रालयले जारी गर्नुपर्ने देखिन्छ ।’

सेवा प्रवाह गर्ने कार्यालयले सीमित कर्मचारीलाई कोरोना संक्रमण देखिँदा कार्यालय नै बन्द गर्न थालेका छन् । निषेधाज्ञा खुलेसँगै काठमाडौंमा संक्रमण झन् बढिरहेको छ । प्रधानमन्त्री निवासदेखि कर्मचारी प्रशासनसम्म कतै पनि स्वास्थ्य मापदण्ड पालना भएको छैन । सर्वोच्च अदालतमा संक्रमण देखिएका न्यायाधीशसमेत सहभागी भएर बैठक भएको थियो । उनलाई कोरोना देखिएपछि १९ मध्ये १६ जना आइसोलेसनमा बसेका हुन् ।

बैठकमा सहभागी नभएका बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा मात्रै सोमबार सर्वोच्च अदालतमा उपस्थित थिए । उनीहरूले एकल र संयुक्त इजलास भने राखेका थिए । यसअघि जसरी इजलास बसेर न्यायको पर्खाइमा बसेकाको सहजै छिनोफानो हुन्थ्यो, आइतबारदेखि त्यो ठप्पजस्तै छ । ‘स्वास्थ्य मापदण्ड अपनाएको भए यसरी बैठकमा बस्दैमा डराउनुपर्ने थिएन,’ स्वास्थ्य मन्त्रालयका एक चिकित्सकले भने ।

सर्वोच्च अदालतमा जस्तै त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय पनि पाँच दिनदेखि बन्द छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई कोरोना देखिएपछि कार्यालयको सेवा बिहीबारदेखि बन्द भएको हो । ‘मलाई पोजिटिभ देखिएपछि कर्मचारीहरू कार्यालयमै पस्न डराइरहेका छन्, मेरो सम्पर्कमा भएका १२ जनाले सोमबार स्वाब दिएका छन्, मंगलबारदेखि नियमित काम हुन्छ,’ नियन्त्रक जोशीले भने । उनी होम आइसोलेसनमा छन् ।

आईओएमकी डिन डा. दिव्या सिंहलाई कोरोना देखिएपछि जोशीको पनि स्वाब परीक्षण गर्दा पोजिटिभ देखिएको थियो । ‘अब कार्यालयमा कर्मचारीलाई पोजिटिभ देखियो भने कसरी सेवा प्रवाह गर्ने भनेर योजना बनाउनुपर्ने देखियो,’ उनले भने, ‘यस्तो अवस्था आउला भनेर सोचेकै थिएनौं ।’ आफू कोरोनामुक्त भएलगत्तै आगामी दिनमा कार्यालयको सेवा बन्द नहुने गरी योजना बनाउने उनले बताए ।

सर्वसाधारणको भीड हुने यातायात कार्यालयका कर्मचारीलाई पनि कोरोना लागेपछि कार्यालय बन्द गरेर कर्मचारीहरू आइसोलेसनमा बसेका छन् । भक्तपुरको जगातीस्थित यातायात कार्यालय सोमबारदेखि बन्द गरिएको छ । जगातीस्थित चालक अनुमतिपत्र कार्यालयले कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अर्को सूचना नआएसम्म सबै सेवा बन्द गरिएको सूचना टाँस गरेर त्यसको जानकारी यातायात व्यवस्था विभागमा समेत पठाएको छ । यातायात व्यवस्था विभागका सूचना अधिकारी लोकनाथ भुसालले भक्तपुर र ठूलो भर्‍याङ कार्यालयका कर्मचारीलाई कोरोना देखिएपछि सेवा बन्द रहेको जानकारी आएको बताए ।

कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि सेवा बन्द भएको अर्को कार्यालय हो– कर्मचारी सञ्चय कोषको ठमेलस्थित कार्यालय । यो कार्यालय पनि आइतबार र सोमबार बन्द गरिएको थियो । त्यहाँ कार्यरत केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएकाले कर्मचारी र सञ्चयकर्तामा हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न असोज १८ र १९ गते कार्यालय बन्द गरिएको सूचना नै जारी गरिएको छ । बालुवाटारमा कोराना देखिएकै दिन कांग्रेसका सात केन्द्रीय सदस्यसहित १७ जनामा संक्रमण देखिएको थियो । यसकै कारण कांग्रेसको सोमबारका लागि बोलाइएको बैठकसमेत सारिएको छ ।

अस्पतालमा नियमित सेवा

लकडाउनको सुरुवातमा काठमाडौं उपत्यकामा कोरोना संक्रमित देखिँदा स्थानीय तहका जनप्रतिनिधि र प्रहरीले संक्रमित बस्ने घर मात्रै होइन, टोल नै सिल गर्थे । त्यस्तै उपचारका क्रममा कुनै व्यक्ति संक्रमित भएको पुष्टि भएमा अस्पताल बन्द गरिन्थ्यो ।

पछिल्लो समय एउटै अस्पतालमा ७० प्रतिशतभन्दा बढी कर्मचारी र स्वास्थ्यकर्मी संक्रमित हुँदा पनि स्वास्थ्य सेवा नियमित सञ्चालन भइरहेको छ । यसमध्येका हुन्– वीर अस्पताल, ट्रमा सेन्टर, वीरगन्जको नारायणी र महाराजगन्जस्थित शिक्षण अस्पताल । ‘अस्पतालमा अधिकांश स्वास्थ्यकर्मी संक्रमित हुँदा पनि हामीले सेवा बन्द गरेनौं,’ वीर अस्पतालका निर्देशक केदार सेन्चुरीले भने, ‘जुन विभागका कर्मचारीलाई समस्या भयो, त्यो विभागलाई केही दिन बन्द गरेर सरसफाइ गरेपछि सेवा सुरु गर्‍यौं ।’

धुलिखेल अस्पतालमा कोरोनाले पहिलो पटक संक्रमित महिलाको मृत्यु भएपछि उपचार भएको इमर्जेन्सी कक्ष सरसफाइका लागि २४ घण्टा बन्द गरेको अस्पताल प्रशासनले जनाएको छ । ‘केही दिनअघि पनि स्टाफहरूलाई कोरोना देखियो तर सेवा बन्द गरेका छैनौं,’ एक कर्मचारीले भने । पछिल्लो समय संक्रमित हुनेमा स्वास्थ्य संस्थाका कर्मचारी र स्वास्थ्यकर्मीको संख्या उल्लेख्य भए पनि कुनै पनि अस्पतालको सेवा बन्द नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ‘कर्मचारीलाई कोरोना देखिएपछि कार्यालय बन्द गरेजस्तै अस्पताल बन्द भयो भने अवस्था के होला ?’ स्वास्थ्य मन्त्रालयका एक कर्मचारीले भने, ‘सबै सेवा बन्द गर्नेभन्दा पनि निश्चित शाखा बन्द गरेर संक्रमितको सम्पर्कमा भएका कर्मचारीलाई मात्रै आइसोलेसनमा राख्न सकिन्छ ।’

अधिकांश अस्पतालले कर्मचारीलाई समूह–समूहमा विभाजन गरेर सिफ्टअनुसार काममा लगाइरहेका छन् । केहीले एक साता काम एक साता आइसोलेसन, केहीले १४ दिन काम गरेपछि १४ दिन घरमै आइसोलेसनमा बस्नुपर्ने नियम बनाएका छन् । ‘एक समूहका कर्मचारी र स्वास्थ्यकर्मीलाई अर्को समूहसँग भेटसमेत गराउँदैनौं,’ सशस्त्र प्रहरी अस्पताल बलम्बुका कोभिड कोअर्डिनेटर डा. प्रविन नेपालले भने, ‘यस्तो हुँदा एउटा समूहलाई कोरोना देखिए पनि अर्को सुरक्षित हुन्छ ।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले केही कार्यालयका कर्मचारीलाई संक्रमण देखिएपछि सेवा बन्द भएको सञ्चारमाध्यमबाट थाहा पाएकाले कर्मचारी व्यवस्थापन गरेर कार्यालयको सेवा प्रवाहलाई दुरुस्त पार्ने योजना बनाउनुपर्ने देखिएको बताए । ‘कुनै कार्यालयका कर्मचारीलाई पोजिटिभ देखियो भने दैनिक सेवा बन्द नहुने गरी कसरी कार्यालय सञ्चालन गर्न सकिन्छ भनेर योजना बनाउनुपर्छ,’ उनले भने, ‘सीसीएमसी र स्वास्थ्य मन्त्रालयले पनि केही निर्णय गर्लान्, हाम्रो मन्त्रालयमा पनि कर्मचारी व्यवस्थापनसम्बन्धी योजना बनाउन छलफल अघि बढाउँछौं ।’

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा पदभार ग्रहण
मुख्य समाचार

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा पदभार ग्रहण

February 7, 2023
राष्ट्रिय सभाका उपाध्यक्ष अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
मुख्य समाचार

राष्ट्रिय सभाका उपाध्यक्ष अर्यालद्वारा पद तथा गोपनीयताको शपथ

February 7, 2023
अवैध रुपमा नदी उत्खनन गर्ने सवारी साधन कारबाहीमा : दशदिनमा दुईलाख रुपैयाँ बढी राजस्व जम्मा
मुख्य समाचार

ठेक्कादारद्वारा नगरपालिका कार्यालयमा तालाबन्दी

February 7, 2023
कानून / अपराध

लोक सेवाले स्थगित गर्‍यो शाखा अधिकृतको परीक्षा

February 7, 2023
जेष्ठ नागरिक समितिद्वारा उत्कृष्ट सासुबुहारीलाई सम्मान
प्रदेश-१

जेष्ठ नागरिक समितिद्वारा उत्कृष्ट सासुबुहारीलाई सम्मान

February 6, 2023
मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित
अर्थ / वाणिज्य

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित

February 5, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

प्रदेश ५ को स्थायी राजधानी र नामकरणको प्रस्तावमा मंगलबार मतदान हुँदै

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In