प्रहरीको आग्रह- हतियार बुझाउनू, पोशाकको दुरुपयाेग नगर्नु

काठमाडौँ: नेपाल प्रहरीले भदौ २३ गतेदेखि २५ गतेसम्म भएको आन्दोलनका क्रममा प्रदर्शनकारीले नियन्त्रणमा लिएका वा लुटिएका प्रहरीका हतियार, सञ्चार साधन, सवारी साधन र पोशाक लगायतका सामग्रीहरू फिर्ता गर्न आग्रह गरेको छ।

आज एक विज्ञप्ति जारी गर्दै प्रहरीले आन्दोलनका क्रममा लुटिएका सामग्रीहरू नियन्त्रणमा लिएको वा कतै फेला पारेमा नजिकको प्रहरी कार्यालय वा सुरक्षा निकायलाई बुझाउन अनुरोध गरेको हो।

प्रहरीका अनुसार, फिर्ता गर्नुपर्ने सामग्रीहरू:

प्रहरीले यी सामग्रीहरू फेला परेमा स्थानीय प्रहरी, जिल्ला प्रहरी कार्यालय वा निम्न सम्पर्क नम्बरहरूमा बुझाउन सकिने जानकारी दिएको छ:

साथै, प्रहरीले प्रदर्शनकारीले नियन्त्रणमा लिएका प्रहरी पोशाकको दुरुपयोग नगर्न र सोसँग सम्बन्धित कुनै पनि सूचना भएमा उपलब्ध गराउन पनि सर्वसाधारणलाई अनुरोध गरेको छ।

Exit mobile version