एमाले महाधिवेशन : सुरु भयो मतदान

२ पुस, काठमाडौं : नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान सुरु भएको छ।

अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओली मतदानस्थल भृकुटीमण्डप आइपुग्दा नै मतदान प्रक्रिया सुरु भएको हो। अध्यक्ष पदका अर्का उम्मेदवार ईश्वर पोखरेलले पनि मतदान गरेर प्रक्रिया आरम्भ गरेका छन्। ओलीले ७७ नम्बरको भोटिङ मेसिनबाट मत हालेका छन् भने पोखरेलले ७६ नम्बरको मेसिन प्रयोग गरेका हुन्।

मंगलबार साँझ हुने भनिएको मतदान केही प्राविधिक समस्याका कारण आज बिहान सारिएको थियो। बिहान ८ बजेदेखि मतदान सुरु हुने योजना भए पनि भृकुटीमण्डपमा केही ढिला गरी प्रक्रिया सुरु भएको छ। यद्यपि प्रतिनिधिहरु बिहानैदेखि मतदानका लागि लाइनमा बसेका थिए।

Exit mobile version