काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु भएको छ । बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा साढे ११ बजेपछि बैठक सुरु भएको हो ।
यसअघि बुधबारका लागि तय भएको बैठक केन्द्रीय सदस्यहरु उपत्यकाबाहिर रहेकाले सारिएको थियो । एमालेभित्रको एकता र भावी रणनीतिका विषयमा छलफल गर्न नेपालले केन्द्रीय सदस्यहरूको बैठक बोलाएको एक नेताले बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल समूहको बैठक अनधिकृत भएकोले सहभागी नहुन भनेका छन् ।