२२ मंसिर, काठमाडौँ : नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ ।
बैठक शुक्रबार दिउँसो १ बजेका लागि पार्टी केन्द्रीय कार्यालय च्यासलमा बोलाइएको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए । समानुपातिक सांसदको टुंगो लगाउन बैठक बोलाइएको उनले बताए ।
“भोलि दिउँसो १ बजेका लागि सचिवालय बैठक आह्वान भएको छ । समानुपातिक सांसद टुंगो लगाउँछौँ,” उनले बाह्रखरीसँग भने ।
एमालेले प्रतिनिधिसभाको समानुपातिकतर्फ ३४ सांसद पाएको छ । निर्वाचन आयोगले समानुपातिक सांसदको सूची क्लष्टरअनुसार मिलाएर पठाउनका लागि पत्र पठाएपछि एमालेले बैठक बोलाएको हो ।