५ पौंष, काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा राजेन्द्र लिङ्देन चयन भएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार बसेको राप्रपाको संसदीय दलको बैठकले अध्यक्ष लिङ्देनलाई सर्वसम्मत दलको नेतामा चयन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
मंसिर ४ गते भएको निर्वाचनमा राप्रपाले १४ सिट जितेको थियो । उसले प्रत्यक्षतर्फ ७ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ७ सिट पाएको थियो ।