देउवालाई गगनको आग्रह- शान्त मनले उम्मेदवारी फिर्ता लिनुस्, काँग्रेसमा नयाँ उत्साह थपिनेछ

५ पौंष, काठमाडौँ : नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताका लागि दिएको उम्मेदवारी फिर्ता लिएर ऐतिहासिक निर्णय गर्नुपर्ने बताएका छन् ।

मंगलवार काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर पार्टीको संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएपछि महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री देउवाले उम्मेदवारी फिर्ता लिनेमा आफू विश्वस्त रहेकोसमेत बताए । सभापति देउवाको उम्मेदवारी फिर्ताको निर्णयले सबै काँग्रेसहरुमा खुशी र उत्साह हुने उनले बताए ।

महामन्त्री थापाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि काँग्रेसको भविष्यप्रति चिन्ता गर्न आग्रह गरे । उनले संसदीय दलको निर्वाचन पार्टीको आन्तरिक निर्वाचन नभएकाले जनताले खोजेको प्रतिनिधिलाई संसदीय दलमा जिताउन आग्रह गरे ।

उनले भने- ‘यो क्षणमा विश्वास,अपेक्षा र अनुरोध गर्छु पार्टी सभापति सम्माननिय प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले श्रद्धाका साथमा आग्रह छ । अबको दुई घण्टा पछाडि उम्मेदवारी फिर्ताको समय राखेका छौं । उहाँले शान्त मनले मनन गरेर उम्मेदवारी फिर्ता लिनेकुरा नेपाली काँग्रेसको जीवनमा एउटा ऐतिहासिक दिन हुनेछ । यसले नेपाली काँग्रेस भित्र एउटा नयाँ उत्साहको तरंग ल्याउनेछ भन्ने विषयमा मनन गर्न आग्रह गर्दछु । रामचन्द्र पौडेललाई पनि नेपाली काँग्रेसको भविष्यप्रति चिन्ता गरेर लोकतन्त्रको बारेमा उहाँले गर्नुभएको चिन्तालाई मनन गर्दै काँग्रेसको भविष्यमा निम्ति काँग्रेस भित्रको परिवर्तनको लागि मनन गर्न आग्रह गर्न चाहन्छु । काँग्रेस नेता प्रकाशमान सिंहलाई पनि अहिलेको क्षणमा विचार गर्न आग्रह गर्नु चाहन्छु ।’

महामन्त्री थापाको संसदीय दलको नेताका लागि प्रस्तावकमा डा. शेखर कोईराला रहेका छन् भने समर्थनमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेल, उपसभापति धनराज गुरुङ छन् । संसदीय दलको निर्वाचन बुधवार बिहान ८ बजेबाट १० बजेसम्म हुनेछ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.