Tuesday, February 7, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह मुख्य समाचार

सरकार र पार्टी एकताको विषयबारे एकीकृत समाजवादीभित्र तीन धार

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • January 2, 2023
  • 10:10 PM
  • No Comments
भित्र मुख्य समाचार, राजनीति, राष्ट्रिय
188 1
A A
Share on FacebookShare on Twitter
सरकार र पार्टी एकताको विषयबारे एकीकृत समाजवादीभित्र तीन धार

१८ पौंष, काठमाडौँ : सरकार र पार्टी एकताको विषयमा नेकपा एकीकृत समाजवादीभित्र तीन धार देखिएको छ । शनिबारदेखि सोमबारसम्म भएको स्थायी समिति र पोलिटब्युरो बैठकमा नेता तीन धारमा विभाजित भएका हुन् ।

एमाले, माओवादी, स्वतन्त्र पार्टी, जसपासहित सात दलको समीकरण बनेपछि वामपन्थी दलहरूबीच एकता हुनुपर्ने, सरकारमा जानुपर्ने, गठबन्धन कसरी अघि बढ्छ, त्यसलाई पर्खिने र हेर्ने तीन प्रकारको धारणा रहेको वरिष्ठ नेता मुकुन्द न्यौपाने बताए ।

‘अहिले पार्टीभित्र तीन प्रकारको धारणा छ । अहिले सरकार वामपन्थीको हो, यसलाई समर्थन गर्नुपर्छ, सरकारमा जानुपर्छ र पार्टी एकता पनि गर्नुपर्छ भन्ने छ । एकथरी समर्थन गर्नुपर्छ र सरकार जानुपर्छ भन्ने छन्,’ न्यौपानेले भने, ‘यो सरकार लामो समय टिक्छ कि टिक्दैन वा मैले केही पाउँछु कि पाउँदिनँभन्ने पनि धारणा रहेको छ । सबै बैठकमा यसै प्रकारको धारणा बैठकमा आउने गरेका छन् । बाहिर जे भने पनि ।’

न्यौपानेले पछिल्लो राजनीतिक अवस्थालाई समीक्षा गरी सही निष्कर्षमा पुग्नु पर्ने बताए । ‘विगतमा जे भयो भयो त्यसलाई समीक्षा गर्ने र एकता भएर जाने हो उपलब्धिपूर्ण हुने, नभए समाप्त हुनेछ,’ उनको भनाइ छ ।

न्यौपानेले यसअघि नै एमाले, माओवादी केन्द्रसँग पार्टी मिल्नुपर्ने धारणा राख्दै आएका छन् । स्थानीय निर्वाचनभन्दा पनि कमजोर प्रदर्शन प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावमा भएपछि सो दलभित्र अन्य वामपन्थी दलसँग एकताको विषयमा जोडसाग उठ्न थालेको हो ।

गत भदौमा एकीकृत समाजवादीले माओवादीसँग एकताका लागि संयुक्त कार्यदल बनाए पनि त्यस विषयमा खासै प्रगति देखिएन । पछिल्लो समयमा एमालेसँग एकता गर्नुपर्ने धारणा प्रमुख रूपमा उठ्न थालेको छ ।

चुनावी समीक्षा र सरकारको विषयमा धारणा बनाउन एकीकृत समाजवादीका एकपछि अर्को बैठक भएका छन् । पार्टी एकता र सरकारमा सहभागिताको विषयमा फरक–फरक धारणा आएपछि एकीकृत समाजवादी निर्णयमा पुग्न सकेको छैन । यो विषयमा शनिबार र आइतबार स्थायी कमिटीमा पनि त्यस विषयमा समेत छलफल भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा सहभागी हुन समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग वार्ता गरे । वार्तामा नेपालले पार्टीको बैठकपछि निष्कर्षमा पुग्ने बताइसकेका छन् ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले सोमबारको बैठकमा प्रस्तुत गरेको दस्ताबेज ‘देशको वर्तमान परिस्थिति र हाम्रो दृष्टिकोण’मा दलसँग एकतामा भन्दा पार्टी संगठनलाई मजबुत बनाउनु पर्नेमा जोड दिएका छन् । उनले वैचारिक रुपमा सहमति नभएरसम्म अन्य दलसँग एकता गर्न नसक्ने बताएका छन् । खनालले चुनावी परिणामपछि पार्टी चल्न नसक्ने, एमाले वा माओवादीसँग मिल्नु पर्ने धारणा राख्ने ‘पलायनवादी’ र ‘विसर्जनवादी’ भएको बताएका छन् ।

‘यो पार्टी अघि बढ्न सक्दैन भन्ने चिन्तन यो पलायनवादी र विसर्जनवादी चिन्तन हो,’ खनालले भनेका छन् ‘दोस्रोखाले चिन्तन देखिन्छ अब अलग ढंगले पार्टी चल्न नसक्ने हुनाले हामीले कि एमालेमा फर्किनुपर्छ कि माओवादी पार्टीमा विलय हुनुपर्छ । यो पनि अन्तिम विश्लेषणमा पलायनवादी र विसर्जनवादी चिन्तन नै हो ।’

मंसिर ४ गते भएको निर्वाचनमा एकीकृत समाजवादीले ३ प्रतिशत पनि मत ल्याउन नसक्दा राष्ट्रिय पार्टी बन्नबाट वञ्चित भएको छ । प्रत्यक्षतर्फ १० सिट जिते पनि भविष्यको विषयमा नेता तथा कार्यकर्ता तहमा चिन्ता व्यक्त हुँदै आएको छ । पार्टीले एकपछि अर्को गर्दै चुनावमा खासै आएको धक्काको कारण उत्पन्न भएको चिन्तालाई खनालले ‘निम्न पुँजीवादी हतासा’बाट उत्पन्न भएको चिन्ता भनी व्याख्या गरेका छन् ।

खनालले अहिले पार्टी यही अवस्थामा सञ्चालन भए पार्टी अझ बढी खुम्चिँदै जाने र अन्त्यमा चल्नै नसक्ने अवस्थामा पुग्ने बताएका छन् । ‘विगत डेढ वर्षको यात्राले त्यतैतिर संकेत गरेको छ,’ उनले भनेका छन् । २०७८ भदौ २ मा एमालेबाट विभाजित भएर एकीकृत समाजवादीको गठन भएको थियो । खनालको प्रतिवेदनमा संगठन निर्माण विषयलाई प्राथमिकतामा दिनुपर्ने धारणा छ । अहिले एकीकृत समाजवादीको त्यही धार मूल धार भएको दाबी प्रतिवेदनमा गरेका छन् ।

नेता न्यौपानेले वामपन्थी दलहरूबीच एकता हुने समयको माग भएकोले यसलाई बुझ्न नसक्ने दण्डित हुने बताए । ‘अहिलेको समयमा दिएको निर्देशन भनेको वामपन्थी दलहरूबीचको एकता नै हो । समयले दिएको यो निर्देशनलाई जसले पालना गर्दैन, त्यसलाई समयले नै दण्डित गर्छ,’ न्यौपानेले भने ।

सोमबारको पोलिटब्युरो बैठक सुरु गर्दै अध्यक्ष नेपालले सरकारमा सहभागी हुनेबारे सरकार र सात दलीय गठबन्धनको औपचारिक धारणा माग गरेका थिए । नयाँ गठबन्धन निर्माण गर्ने विषयमा दाहालले आफूसँग सल्लाह नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका अध्यक्ष नेपालले सरकारले समर्थन गर्ने विषयमा औपचारिक रूपमा प्रस्ताव आउनु पर्ने बताउन थालेका छन् । चुनावलगत्तै एमालेका विभिन्न नेताहरूले अध्यक्ष नेपालसँग भेट गर्दै एकताको विषयमा छलफल गरेको जानकारी सञ्चारमाध्यमलाई बताएका थिए ।

पार्टीका प्रवक्ता खतिवडाले पछिल्लो समयको बैठकमा सरकारमा सहभागिताको बारेमा भन्दा पनि सरकारलाई हेर्ने दृष्टिकोणको बारेमा छलफल केन्द्रित रहेको बताएका छन् ।

‘सरकारमा जाने विषयमा औपचारिक प्रस्ताव कसैले राखेका छैनन् । प्रस्ताव आए त्यस विषयमा छलफल गर्ने हो । अहिले सरकारलाई हेर्ने दृष्टिकोणको विषयमा छलफल भइरहेको छ,’ खतिवडाले भने, ‘औपचारिक प्रस्ताव आए त्यो त्यो लायक छ कि छैन छलफल हुन्छ । औपचारिक प्रस्ताव नआई सरकारमा जाने विषयमा छलफल हुँदैन ।’ उनले प्रधानमन्त्री दाहालप्रति व्यक्तिगत रूपमा सद्भाव रहे पनि राजनीति रुपमा औपचारिक प्रस्ताव आउनुपर्ने बताए ।

इकान्तिपुरबाट

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित
अर्थ / वाणिज्य

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित

February 5, 2023
भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा
धर्म / संस्कृति

भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा

February 5, 2023
एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम
प्रदेश-१

एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम

February 4, 2023
शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड
मुख्य समाचार

शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड

February 3, 2023
चैत ५ गते स्ववियू निर्वाचन
मुख्य समाचार

त्रिभुवन विश्वविद्यालयमा फागुनदेखि अनिवार्य विद्युतीय हाजिरी

February 3, 2023
असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया
कानून / अपराध

असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया

February 3, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

आजको राशिफल (मिति २०७९ साल पौंष १९ गते मंगलबार)

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In